25th September 2017, Monday

E-budhabar

एमालेकोे इतिहास कायम राख्छौं



एमालेकोे इतिहास कायम राख्छौं

० चुनावी माहोल कस्तो छ ?

– निर्वाचनको मिति नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा चुनावी रौनक बढेदै गएको छ । हाम्रो पार्टीकोे स्थायी समितिले मेयरमा उपमेयरमा उम्मेदवारी टुंगो लगाएपछि चुनावी रौनक बढेको हो । एमालेको लालकिल्ला मानिएको धरानमा एमालेलाई इतिहास दोहो¥याउन कुनै समस्या सायदै नपर्ला । अहिले आमकार्यकर्ता साथीहरू पनि एमालेको पुरानो बिरासत हामी कायमै राख्छौं भनिरहनुभएको छ । त्योभन्दा पनि महŒवपूर्ण कुरा आमजनताको अपार माया र सद्भाव हामीप्रति रहेको पाइरहेको छु । वामपन्थीहरूको गढका रूपमा परिचित पूर्वाञ्चलको सुन्दर सहर धरानको नेतृत्व २०४६ सालयताका सबै निर्वाचनमा कहिल्यै नहारेको एमाले आफ्नो बिरासत कायम राखेरै अघि बढ्छ ।

० धरान समृद्ध पार्ने के–के छ त योजना ?

– धरानलाई जनसहभागिताको नमुना सहर भनेर नेपालमै चिनाउने काम नेकपा (एमाले) ले गरेको हो । धरानमा २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा जित हासिल गरेपछि लिएको नीति र कार्यक्रमले नै आधुनिक धरानको जग बसालेको हो । एमालेको नेतृत्वमा नगरपालिकाले ६०÷४० को जनसहभागिताको नीति लियो र मृत सहरबाट समृद्ध सहरको बाटोमा डो¥यायो ।’ धरानमा सफा पक्की सडकको निर्माण, सडकको मापदण्ड तोक्नेजस्ता काम एमालेकै नेतृत्वमा भएको हो । व्यवस्थित नगर बनाउन घर नम्बरिङ पनि एमाले नेतृत्वकै पालामा लागू भएको थियो । एमालेका नेताकै पहल र नेतृत्वमा घण्टाघर बन्यो । भानुचोकको बसपार्कको विकल्पमा तीनकुने सुन्दर बस्ती विकास आयोजना र डाँडाघोपामा एयरपोर्ट निर्माणको प्रक्रिया एमालेका मेयर मनोजकुमार मेन्याङ्बोको नेतृत्व रहँदा नै नगरपालिकाले सुरु गरेको हो । म मेयरमा निर्वाचित भएपछि खानेपानीको दीर्घकालीन समाधानका लागि विगतमा पार्टीले समिति नै बनाएर अध्ययन गरेको थियो, त्यसलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
धरानमा हाल खानेपानी परियोजना ल्याउन पनि एमालेले नै निर्णायक भूमिका खेलेको हो । नेकपा (एमाले) ले धरानलाई कस्तो नगर बनाउने भनेर दीर्घकालीन रूपमा भिजन नै तयार गरेको छ । स्थानीय तहको निर्वाचन हुनुअघि त्यही भिजनको आधारमा नेकपा (एमाले) ले धरानमा जित हासिल गरेपछि स्थानीय सरकार बनाएर के–कस्तो नीति अपनाउने र कार्यहरू गर्ने भनेर प्रतिबद्धतापत्र तयार गरिसकेको छ ।
धरानलाई संस्कृति, पर्यटनसँगै महिलामैत्री सहरका रूपमा विकास गर्ने हाम्रोे धोको छ । समाजका हरेक क्षेत्रमा प्रभावकारी महिला सहभागिता र विकास अभियानमा महिलाको निर्णायकत्व स्थापित गर्ने हाम्रो अभियान हो ।
सन्तुलित विकास, अन्तर्राष्ट्रिय जगत्सँग धरानको सम्पर्क र सम्बन्ध स्थापना गर्न बाह्य देशका नगरबीच धरानको भगिनी सम्बन्ध, महिला सशक्तीकरण, समतामूलक समाज निर्माणमा योगदान गर्ने जनप्रतिनिधिको खोजीमा धरानका मतदाता रहेका छन् । हामी त्यो चाहना पूरा गर्ने अभियानमा छौं ।

० मतदाताले जातीयताको प्रभाव पनि हेर्लान् नि त ?

– हुन त हामी एकल जातीय पहिचानवाला होइनौं । यो समाजमा बहुपहिचान स्थापित हुनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो । धरानमा लिम्बूको संख्या १६ हजार ६१, नेवारको १५ हजार २ सय ३७ र क्षत्रीको १४ हजार ६ सय ९२ छ भने कुल मतदाता ७९ हजार २ सय ८२ रहेको छ । हाम्रो उम्मेदवारी जातीय सन्तुलनका हिसाबले पनि साह्रै सन्तुलित छ ।

० अन्य योजना के छन्, किन जनताले तपाईंलाई नै भोट दिने ?

– मेरा पर्यटन प्रवद्र्धनका विषेष योजनाहरू छन्, किनकि अब धरानलाई पर्यटकको सहरका रूपमा परिचित गराउने हाम्रो योजना छ ।
उपमहानगर पालिकामा पर्यटन शाखा स्थापना गरी पर्यटकीय विकास व्यवस्थापन गरिनेछ भने पर्यटकीय धार्मिक, सांस्कृतिक, मनोञ्जनात्मक क्षेत्रको विकास र संवद्र्धनका लागि अधिकार सम्पन्न बृहत्तर विजयपुुर विकास समिति गठन गरिनेछ । त्यति मात्र होइन, पर्यटकीय गन्तव्य भेडेटारको विकासका लागि गुुरुयोजना निर्माण गरी विकसित गरिनेछ । नगरपालिकाका पहाडी क्षेत्रका उपयुुक्त स्थानलाई आन्तरिक गन्तव्यका रूपमा विकास गर्दै दृश्यावलोकनका लागि भ्यु टावर निर्माण गरिनेछ । त्यस्तै पदमार्गतर्फ धरानबाट धनकुटाको राजारानीसम्म, धनकुुटाको तमोरदेखि आहालेसम्म, विष्णुपादुकातर्फ शूलीकोट, भालुुढुुंगा हुुँदै सूूर्यकुुण्ड तथा आहाले गोलखाडी र बराह क्षेत्रसम्मका क्षेत्रमा छोटो दूुरीको पदमार्ग विस्तार तथा होमस्टे प्रवद्र्धन गरिने, लोपोन्मुख अवस्थामा पुुगेका ऐतिहासिक, सांस्कृतिक तथा पुराताŒिवक महŒवका स्थानहरू (किरातकालीन विजयपुुर दरबार, भीमसेन स्थान, गादीगणेश, सिंहदेवी (जाल्पादेवी) सिद्धपोखरी शंखधारा तथा गौधारा ( कोकाहाको शिर), बराहकाली, पाँचकन्या पत्रंगबारी, गढी मन्दिर दानाबारी, सखी मन्दिर, विष्णुुपादुका, ठिंगे ढुुंगा तथा शिवजट्टालगायतका क्षेत्रहरूको संरक्षण र विकास गरिनेछ भने सबै जातजाति, धर्म र सम्प्रदायका मठमन्दिर, चैत्य, गुुम्बा विहार, साकेला थान, मस्जिद, चर्च आदिको विकास तथा संरक्षण गर्ने योजना बनाइएको छ ।
यसैगरी सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार उपयुुक्त स्थानमा केवलकार सेवा सञ्चालन गर्ने, सामुुदायिक वन क्षेत्रमा जंगल सफारीको प्रवद्र्धन गरिनेछ । साथै खेल पर्यटन प्रवद्र्धन गरिने, किराँतकालीन विजयपुुर दरवार, साँगुरीगढी, शूलीकोट, गढीथुम्कीजस्ता ऐतिहासिक क्षेत्रहरूको संरक्षण र विकास गरी पर्यटकीय गन्तव्य बनाउने, सम्भाव्यता अध्ययन गरी उपयुक्त स्थानमा स्काई ब्रिज निर्माण गर्ने, सप्तरंगी पार्कको स्तरोन्नति गरी आकर्षक आन्तरीक पर्यटकीय गन्तव्य बनाउने र उपयुक्त स्थानमा चिनारी पार्क निर्माण गर्ने हाम्रो सोच छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा