बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
१४ कात्तिक, काठमाडौं । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या विहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । हिजो (सोमबार) दिनदहाडै रुपेशलाई गोली हानी गरिएको हत्याको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विहेत्तर प्रेम सम्बन्धमा थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् । विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एक जना पुरूषसँग पनि रिलेसनसीपमा रहेको अनुसन्धानमा पाइएको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जनाएका छन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न पटक–पटक दवाव दिएको पनि पाइएको छ । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।
एसपी काफ्लेका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका देखिएको बताएका छन् । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।
घटना संलग्न दुई जना पुरूष र एक जना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाको परिचय अहिले खुलाइएको छैन । आज (मंगलबार) दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply