24th June 2018, Sunday

E-budhabar

कमरेड योगेश ! नेपालका कम्युनिस्टहरूले ठूलो सफलता पाएकै हुन्



कमरेड योगेश ! नेपालका कम्युनिस्टहरूले ठूलो सफलता पाएकै हुन्

केही दिनअघि एउटा कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले नेपालका कम्युनिस्टहरूले अहिले विश्वकै लागि उदाहरण बन्न सक्ने काम गरेको बताए । तर, त्यसको महŒवलाई भने नेपाली कम्युनिस्टहरूले नै राम्रोसँग बुझ्न नसकेको पनि उनले उल्लेख गरे । इतिहासमा भएका कामहरूको महŒव इतिहासका विश्लेषकहरूले औंल्याइदिएपछि मात्र बुझ्न सजिलो हुन्छ तर आफू बाँचिरहेको समयमा भएका कामहरूको महŒव तत्कालै बुझ्न सबैले सक्दैनन् । यसर्थमा अहिले यहाँका कम्युनिस्टहरूले गरेको कामको महŒव बुझ्नेहरू कम हुनु अस्वाभाविक होइन । त्यसैले, एमाले नेता भट्टराईको त्यो भनाइलाई वर्तमानमा आफैंले गरेका कामहरूको अलि माथिबाट मूल्यांकन गरेको ठान्नु उपयुक्त हुन्छ ।
विदेश र इतिहासमा भएका कामलाई महान् र नेपालमा तथा आफ्नै पुस्ताले गरेको कामलाई मामुली ठान्ने समस्या एमालेभन्दा माओवादी पंक्तिमा बढी देखिएको छ । रौंचिराबराबरका फरकलाई सिद्धान्त र विचारको विषय बनाएर फरक पार्टी बनाउने तथा वैचारिक मात्र नभएर भौतिक रूपमै आपसमा भिड्ने कम्युनिस्ट संस्कृति रहेकोमा दुई नितान्त भिन्न पृष्टभूमि भएका कम्युनिस्ट पार्टीबीच एकता गर्ने घोषणासहित चुनावी गठबन्धन गर्नु चानचुने विषय होइन । समाजको तल्लो तहमा रहेको वर्ग र समुदायको पक्षमा लाग्ने मूल उद्देश्य छाडेर अहिले नगर्दा पनि हुने बहसमा उत्रिन रमाउने चरित्र र प्रवृत्तिलाई त्याग्नु कसरी चानचुने कुरा हुन सक्छ ? र, त्यो गठबन्धनलाई झन्डै दुई तिहाइ बहुमतनजिक पु¥याउनु झन् ठूलो सफलता हो । यत्रो सफलता प्राप्त गर्न बनाइएका नीति, योजना, नेतृत्व सबै उदाहरणीय र प्रशंसनीय छन् । र, यी सबैै भावी पुस्ता र नेपालको राजनीतिक घटनाक्रम अध्ययन गर्न चाहने विदेशका लागि पनि अध्ययन र अनुकरणका विषय बनेका छन् ।
लेनिन र माओका सैद्धान्तिक र वैचारिक योगदान त्यहाँको क्रान्तिलाई नेतृत्व गर्ने क्रममा लिएका नीति, विचार, योजना कार्यान्वयन गर्ने क्रममै निर्माण भएका हुन् । ती नीति, विचार र योजनाले क्रान्तिलाई सफलतामा पु¥याएकाले नै सही साबित भए तथा त्यहाँका लागि मात्र नभएर हाम्रा लागि समेत ती अध्ययन र मननका विषय बने । ती योगदान पुस्तकमा अभिलेखीकृत भएका छन्, त्यसैले हामीलाई पढ्न र बुझ्न सजिलो छ । यहाँ समाजवादोन्मुख संविधान निर्माणदेखि लिएर, सदियौंदेखि नेपाललाई दबाउँदै आएको दक्षिणी छिमेकीसँग स्वाभिमानका साथ प्रस्तुत हुने साहस गर्नु र अहिले उसका सारा प्रयास असफल पारेर चुनावमा विजय प्राप्त गर्नुको महŒव पनि त्यसरी नै अभिलेखीकृत भएपछि मात्र बुझ्न सकिन्छ ।
खासमा यो सफलता यहीको नेतृत्वले लिएका सही फैसलाका कारण सम्भव भएको हो । नीति निर्माण र कार्यान्वयन सही नेतृत्वबिना सम्भव हँुदैन भन्ने सत्यलाई स्वीकार गर्नैपर्छ । यो बेग्लै हो कि, विश्व कम्युनिस्ट आन्दोलनको इतिहास रक्तरञ्जित भएका कारण, कम्युनिस्ट स्कुलिङलाई चुनावबाट प्राप्त यो सफलता हतियारको बलमा सत्ता प्राप्त हुँदा जस्तो गौरवपूर्ण नलागेर मामुली लाग्न सक्छ । असल उद्देश्य राखेर राजनीति गर्नेहरूका लागि सत्ता भनेको आफ्ना उद्देश्य र योजना कार्यान्वयन गर्ने हतियारभन्दा अरू हुन सक्दैन, त्यसैले शोषित, पीडित तल्लो वर्ग र समुदायको पक्षमा काम गर्ने हतियार अर्थात् सत्ता नेपालका कम्युनिस्टहरूले प्राप्त गरेका छन् । सत्ता प्राप्त भएपछि पनि उद्देश्यअनुसार काम गर्न योग्यता र तत्परता चाहिने तथा त्यो नहुँदा सत्ता गुम्ने कुरा लेनिनको रुसमै देखियो । त्यसैले, यहाँ पनि प्राप्त सत्तालाई अयोग्यता र आलश्य प्रदर्शन गरेर खेर फाल्नु अर्कै कुरा हो, नभए २००६ सालदेखि नेपाली कम्युनिस्टहरूले देखेको सत्ता प्राप्त गरेर न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने सपना पूरा हुुने अवस्था आएको छ ।
र, यस्तो अवस्था त्यत्तिकै निर्माण भएको होइन । हजारौं जीवनहरूको बलिदान, यातना, दुःखकष्ट, संघर्षको बदलामा प्राप्त भएको हो । तर, जनआधारित पार्टी निर्माण, जनताको मतबाट मात्रै सत्तामा जाने प्रतिबद्धता र मानव समाजले राजनीति प्रणालीको क्षेत्रमा प्राप्त गरेको सर्वाेत्तम लोकतन्त्र पद्धति सैद्धान्तिक रूपमै अंगीकार नगरेको भए यो सफलता सम्भव थियो ? जननेता मदन भण्डारीको नेतृत्वले लोकतन्त्रको च्याम्पियन बन्न मार्गदर्शन गरेकाले नै अहिले हामी यो शिखरमा पुगेका होइनांै र ? अनि, कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद हामीसँग हुँदैनथ्यो भने हाम्रो यात्रा बीचमै अल्मलिँदैनथ्यो र ?
यी र यस्ता अनेक कारण संसारका कमै कम्युनिस्टहरूले प्राप्त गरेको सफलता अहिले नेपाली कम्युनिस्टहरूले प्राप्त गरेको सत्य हो । यो सत्यलाई समयले प्रमाणित गरेरै छाड्नेछ भन्नेमा पनि कुनै विवाद छैन ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा