परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
२४ कात्तिक, काठमाडौं । मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ १३ दिनपछि परेका व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गर्ने भएको छ । पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका–३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको हो ।
उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । स्रोतका अनुसार शाही मृतकका आफन्त हुन् । हत्यामा उनीसँगै अर्का एक जनाको पनि संलग्नता रहेको अनुमान प्रहरीको छ । यसबारे अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ ।
अनुसन्धानका लागि आइतबार मात्रै सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा एउटा टोली मुगु पुगेको थियो । कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।
हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए । घटना भएको पर्सीपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन् । सामुहिक हत्या भएको लामो समयसम्म पनि आरोपित पक्राउ नगर्दा प्रहरीको आलोचना भइरहेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply