यी हुन् आशालाग्दा उम्मेदवारहरू
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन संघारमै उभिएका छन् । आगामी मंसिर १० र २१ गते हुने दुवै निर्वाचनको प्रचार–प्रसार अभियान तीव्र बन्दै गइरहेको छ र उम्मेदवारहरू जनताको घर–आँगनमा मत माग्न पुगिरहेका छन् ।
यसपटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ठूला दलहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबाट पुराना र नयाँ दुवै पुस्ताका उम्मेदवारहरू मैदानमा छन् । तर, अबको चुनावपछि देश संघीय संरचनाअनुरूप अगाडि बढ्ने र आर्थिक समृद्धिका खुट्किलाहरू निर्धारित हुने भएको हुँदा पनि निर्वाचनमा प्रत्यासी युवा उम्मेदवारहरूप्रति सबैको ध्यान तानिएको छ । कुन युवा नेताले यो चुनावमा बाजी मार्लान् र कसको स्थिति कमजोर छ ? अहिले उत्सुकतापूर्वक हेर्न थालिएको छ ।
स्थानीय तहको निर्वाचनपछि सबैभन्दा ठूलो दलका रूपमा देखिएको एमालेले आशालाग्दा उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेको छ । अहिले एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई आफ्नो गृहजिल्ला ताप्लेजुङबाट उठेका छन् । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा जातीय आधारमा मत तलमाथि पर्ने काठमाडौं–६ बाट पराजित भए पनि यसपटक भने भट्टराईले निःसंंकोच रूपमा विजयको माला पहि¥याउने देखिएको छ । हरेकजसो निर्वाचनमा एमालेलाई पत्याउँदै आएको ताप्लेजुङका मतदाताले वाम गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताउने निश्चितप्रायः रहेको देखिन्छ ।
एमालेकै अर्का आशालाग्दा उम्मेदवार हुन्, डा. राजन भट्टराई । काठमाडौं–४ बाट उम्मेदवार बनेका डा. भट्टराईका प्रत्यासी चानचुने भने छैनन् । सो क्षेत्रबाट नेपाली कांग्रेसले युवा नेता गगन थापालाई उठाएको छ । अब बन्ने प्रतिनिधिसभामा थापा र डा. भट्टराई दुवैको उपस्थिति हुनु अनिवार्य ठान्ने गरिएको छ । तर, डा. भट्टराईलाई वाम गठबन्धनले उठाएको हुँदा थापाले कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । पहिलोपटक निर्वाचनमा भिडेका मोरङ–३ का एमाले उम्मेदवार भानुभक्त ढकाल पनि अर्का आसलाग्दा नेता हुन् । आन्तरिक कलह र उचित व्यवस्थापनको अभावमा स्थानीय तहको निर्वाचनमा मोरङमा एमालेले आफ्ना केही गढ गुमाए पनि सो क्षेत्रबाट ढकालको जित भने सुनिश्चित रहेको छ । संसदीय दलका प्रमुख सचेतकसमेत रहिसकेका ढकालको कांग्रेस उम्मेदवारसँग खासै प्रतिस्पर्धा नरहेको बताइन्छ ।
यज्ञराज सुनुवार अर्का आशालाग्दा उम्मेदवार हुन् । विद्यार्थी राजनीतिबाट भूगोलको राजनीतिमा हामफालेका सुनुवार ओखलढुंगाबाट उठेका छन् । उनका प्रत्यासी छन्, रामहरि खतिवडा । यसअघि सुनुवार र खतिवडा दुवै ओखलढुंगाबाट सांसद भए पनि यसपटक एउटा मात्रै क्षेत्र रहेको र सुनुवारको लोकप्रियता बढ्दै गएको हुँदा उनले विजय प्राप्त गर्नेमा दुईमत रहेको देखिँदैन ।
प्रतिनिधिसभामा मात्र होइन, प्रदेशसभामा भिडेका एमालेका केही युवा अनुहार पनि आशालाग्दा मानिन्छन् । सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट उठेका अरुण नेपाल पनि आशालाग्दा उम्मेदवार हुन् । त्यस्तै, भोजपुरबाट प्रदेशसभामा उठेका राजेन्द्र राईलाई आशालाग्दा नेताका रूपमा लिइन्छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रदेशसभा ‘क’का उम्मेदवार वसन्त मानन्धर पनि आशालाग्दा उम्मेदवार हुन् । नेपाल, राई र मानन्धर सबैको जित सुनिश्चित रहेको छ ।
कांग्रेसका पनि केही आशालाग्दा अनुहार चुनावी मैदानमा उत्रिएका छन् । झापा–१ बाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा कांग्रेसका सीमित आशालाग्दा युवा नेतामा पर्दछन् । उनको वाम गठबन्धनका राम कार्कीसँग कडा टक्कर पर्दै छ । २०७० को संविधानसभाको निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित भएका शर्मा फेरि सोही क्षेत्रबाट उठेका छन् । तनहुँबाट प्रदेशसभामा उठेका प्रदीप पौडेललाई पनि आशालाग्दा उम्मेदवारका रूपमा हेरिन्छ । तर, आशालाग्दा युवा नेता भए पनि धनराज गुरुङलाई भने टिकट नदिएकोमा कांग्रेसको एउटा पंक्ति असन्तुष्ट रहँदै आएको छ । संविधानसभामा हुँदा गुरुङले खेलेको भूमिका कारण उनलाई टिकट दिइनुपर्ने आवाज बुलन्द भए पनि कांग्रेसभित्रको गुटबन्दीका कारण उनले टिकट पाउन सकेनन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply