22nd June 2018, Friday

E-budhabar

वाम एकता : आवश्यकता र चुनौती



वाम एकता : आवश्यकता र चुनौती

एमाले, माओवादी केन्द्र र नया“ शक्तिबीच चुनावमा तालमेल गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढ्ने सहमति भएको छ । यसका निम्ति पार्टी एकता संयोजन समिति निर्माण गर्ने, एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न दस्तावेज मस्यौदा समिति गठन गर्ने, पार्टी एकीकरणको वैचारिक र संगठनात्मक काम पूरा नभएसम्म आ–आफ्ना विचारका आधारमा स्वस्थ बहस गर्न सकिने कुरा सहमतिपत्रमा उल्लेख गरिएको छ । यस सहमतिबाट नेपालको कम्युनिस्ट आन्दोलन मात्र होइन, सिंगो नेपाली राजनीति नै तरंगित भएको छ । नेपाली कांगे्रस बृहत् लोकतान्त्रिक मोर्चा निर्माणका निम्ति सक्रिय भएको छ । मधेसी दलहरूमा पनि यसको प्रभाव परेको छ । आउ“दा दिनहरूमा यो अझ तीव्र हुनेछ । वाम धु्रवीकरणप्रति अन्तर्राष्ट्रिय चासो पनि बढेको छ ।
चुनावी तालमेल र पार्टी एकताको यस प्रयासलाई अस्वाभाविक, आकस्मिक, अपरिपक्व र लोकतन्त्रका निम्ति अनिष्टको संकेतका रूपमा टिप्पणी गर्नेहरू पनि छन् । अधिनायकवाद र साम्यवादतर्फको प्रस्थानका रूपमा पनि यसको व्याख्या गरिँदै छ । ससाना कम्युनिस्ट पार्टीहरूबाट पनि यसको तीखो आलोचना भएको छ । यसलाई अन्तर्राष्ट्रिय ‘डिजाइन’ भन्नेहरू पनि छन् । यस्ता टिप्पणीहरू आउ“दा दिनहरूमा अझ बढी हुनेछन् । एकता प्रयासका विरुद्ध भ्रमहरूको डरलाग्दो खेती मात्र गरिनेछैन, षड्यन्त्र पनि रचिनेछ । पार्टी एकता प्रक्रिया यी सबैको प्रतिवाद गर्दै अघि बढ्नुपर्नेछ । आजसम्म एकताका निम्ति सहमतिको निर्माण नै चुनौतीको विषय थियो । अबको सबैभन्दा ठूलो चुनौती यसलाई टुंगोमा पु¥याउनु हुनेछ । यसका निम्ति सम्पादन गरिने सार्थक भूमिकामै नेतृत्वको सामथ्र्य, सुझबुझ र दूरदर्शिता पनि देखिनेछ ।
पार्टी एकताका निम्ति सहमति निर्माणको प्रयास अलि पहिलेदेखि भए पनि विविध कारणले त्यसले ठोस रूप ग्रहण गर्न सकेको थिएन । कठिन परिश्रमपछि चुनावी तालमेल र एकता प्रयास आरम्भ भएको छ । सहमति न अस्वाभाविक छ न त आकस्मिक र अपरिपक्व नै । यसले लोकतन्त्रलाई कमजोर होइन बलियो बनाउनेछ । यो लोकतन्त्रका निम्ति अनिष्टको होइन, शुभको संकेत हो । न यो अधिनायकवादतर्फको प्रस्थान हो न त साम्यवादतर्फको । कम्युनिस्ट धु्रवीकरणलाई नकारात्मक रूपमा लिने समस्याबाट नेपाली कांगे्रसजस्ता राजनीतिक शक्तिहरू मुक्त हुनुपर्छ । स्वस्थ धु्रवीकरणले अस्थिरताको राजनीतिलाई मात्र समाप्त गर्नेछैन, लोकतान्त्रिक अभ्यासलाई पनि बलियो एवं सार्थक बनाउनेछ । चुनावी गठबन्धन र एकताको यो प्रयास अन्तर्राष्ट्रिय ‘डिजाइन’को परिणाम त झन् हु“दै होइन ।
सरकारमा नगई न संविधानको कार्यान्वयनको सम्भव हुनेछ न त मुलुकलाई परिवर्तन र समृद्धिको बाटोतर्फ नै डो¥याउन सकिनेछ । प्रतिस्पर्धा कम्युनिस्ट शक्ति र नेपाली कांगे्रसकै बीचमा हुनेछ । कम्युनिस्ट शक्तिहरू नमिलिकन संसद्मा स्पष्ट बहुमत प्राप्त गर्न सजिलो छैन । प्रदेश सभाहरूको यथार्थ पनि यही हो । संघीयदेखि प्रादेशिक सरकारसम्मको नेतृत्व गर्न सक्दा नै मुलुकलाई अग्रगामी दिशा प्रदान गर्न सकिनेछ । सत्तामा अलि लामो समय रह“दा नै मुलुकको परिवर्तन र समृद्धिको स्वप्नलाई साकार पार्न सम्भव हुनेछ । नेपालले प्राप्त गरेको राजनीतिक परिवर्तन अपूर्व त्याग र बलिदानको परिणाम हो । नेपालमा आफ्नै विशेषतासहितको पु“जीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ । संविधानमा समाजवादलगायत समानता, सामाजिक न्याय, धर्मनिरपेक्षता, समावेशिता आदिको जुन व्यवस्था गरिएको छ, यसले यस यथार्थलाई स्पष्ट गर्छ । अबको दायित्व नेपाली समाजको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपान्तरणसहित समाजवादतर्फको यात्रामा अघि बढ्नु हो । कम्युनिस्ट शक्तिहरू एउटै ठाउ“मा नउभिई यो कार्य सम्भव छैन । नेपाली समाजको समग्र रूपान्तरण, समृद्धि र समाजवादी क्रान्तिको पहिलो सर्त, सामन्तवादका अवशेषहरूको पूर्ण अन्त्य, समकालीन भूमण्डलीय पु“जीवादको प्रतिवाद र नया“ उत्पादक शक्तिको विकास हो । दलाल पु“जीको वर्चस्वको अन्त्य, राष्ट्रिय पु“जीको विकास, स्वतन्त्र रूपमा निर्णय गर्न सक्ने क्षमताको निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, समानता र सामाजिक न्यायको स्थापना आजका आवश्यकता हुन् । यिनैबाट समाजवादी क्रान्तिको दिशातर्फ अघि बढ्न सकिनेछ । यसका निम्ति संविधानलाई अझ बढी लोकतान्त्रिक र जनमुखी पनि बनाउनुपर्नेछ । कम्युनिस्ट शक्तिहरू नमिलीकन यो ऐतिहासिक अभिभारा पूरा गर्न सम्भव छैन ।
संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण रूपमा यसतर्फ बढ्दा पनि विभिन्न व्यवधान आउनेछन् । यथास्थितिवादी एवं पुनरुत्थानवादी शक्तिहरू यसका विरुद्धमा उभिनेछन् । नवउदारवादले स्वाधीन अर्थतन्त्रको निर्माण र समाजवादतर्फको यात्रामा अजंगका पर्खालहरू खडा गर्नेछ । उदारवादी शक्तिहरू पनि वामपन्थी एजेन्डाका विरोधमा उभिनेछन् । बलियो पार्टी, जनाधार र सरकारबिना यी सबैस“ग जुझ्न सकिनेछैन । यी सबैस“ग नजुझी परिवर्तन र समृद्धि पनि सम्भव छैन । परिवर्तन र समृद्धिबिना न स्वाधीन राष्ट्रको निर्माण नै हुनेछ न त समाजवादतर्फ नै प्रस्थान गर्न सकिनेछ । पार्टी एकताको सहमतिमा यसलाई गम्भीर ध्यान दिइएको छ । आजको अवस्था मुलुकले धेरै दिन थेग्न सक्दैन । संसदीय शासन व्यवस्थाभित्रबाट परिवर्तन र समृद्धि, समानता र सामाजिक न्यायका पक्षमा कार्य गर्दै अघिल्तिर बढ्न चाहने कम्युनिस्ट शक्तिहरू एकै ठाउ“मा उभिनु र आफ्नो हस्तक्षेपलाई सार्थक बनाउनु आजको खा“चो हो । यस यथार्थलाई नबुझे ढिलोचा“डो उनीहरूको सान्दर्भिकता नै समाप्त हुनेछ । नेपालको समाजवादतर्फको यात्रा आफ्नै विशिष्टतामा आधारित हुनेछ र यसको स्वरूप पनि आफ्नै खालको हुनेछ । वर्गसंघर्ष र परिवर्तनको प्रक्रियामा प्रतिस्पर्धात्मक रूपमा शान्तिपूर्ण ढंगले अघि बढ्न चाहने नेपाली कम्युनिस्टहरूले यस यथार्थलाई हेक्का राख्न जरुरी छ ।
चुनावी तालमेल र पार्टी एकताको सहमतिका अगाडि गम्भीर चुनौतीहरू पनि छन् । चुनौतीहरू भित्र र बाहिर दुवैतिरबाट छन् । यी चुनौतीहरूको सामना कसरी गरिनेछ, एकीकृत पार्टी निर्माणको सफलता पनि त्यसमै निर्भर रहनेछ । नेपालको कम्युनिस्ट आन्दोलन विभाजन र एकताको प्रक्रियाबाट गुज्रिएको छ । विभाजनका कारण यसले गम्भीर क्षति उठाउनुपरेको छ । विभाजनका कारण सैद्धान्तिक र वैचारिक मात्र छैनन्, व्यक्तित्व बीचका द्वन्द्व, अहं र पदीय आकांक्षाहरू पनि छन् । कतिपयले यसलाई जुँगाको लडाइँका रूपमा चित्रण गर्ने गरेको पनि पाइन्छ । ‘इगो’को व्यवस्थापन गर्न नसक्दा पनि कम्युनिस्टहरू विभाजित भएका छन् र त्यसलाई राजनीतिक ब्यानर प्रदान गर्ने गरिएको छ । चुनावी तालमेल नै सोचे जस्तो सजिलो छैन । ६०ः४० का आधारमा समाधान गर्न खोजिए पनि तालमेलका क्रममा दुवै पार्टीका निकै नेता–कार्यकर्ता टिकटबाट वञ्चित हुनेछन् । यसबाट उत्पन्न हुने प्रतिक्रियाको व्यवस्थापन गर्न सजिलो हुनेछैन । कम्युनिस्ट आदर्श कमजोर भएका बेला यस्ता विषयहरू अझ धेरै जटिल बन्छन् । आ–आफ्ना पार्टीभित्रका गुटबन्दी त आफ्ना ठाउ“मा छन् । अहिले पनि सहमतिलाई मन नपराउनेहरू दुवै पार्टीभित्र छन् ।
सिद्धान्त र विचार पार्टी एकताको मूल आधार हो र हुनुपर्छ । सैद्धान्तिक र वैचारिक एकताबिनाको पार्टी एकता न टिकाउ हुन्छ न त अर्थपूर्ण नै । एमाले र माओवादी दुई भिन्न स्कुलिङबाट निर्माण भएका पार्टी हुन् । यिनीहरूका बीचमा वैचारिक, राजनीतिक असमानताहरू छन् । द्वन्द्व, कटुता र प्रतिस्पर्धाको तिक्त इतिहास छ । भिन्न मनोविज्ञान, प्रवृत्ति र बुझाइहरू छन् । आ–आफ्नै हिँडाइ, अनुभव र संश्लेषणहरू छन् । यी सबैका बीचबाट वैचारिक एकताको आधार निर्माण गर्नुपर्नेछ । बाबुराम भट्टराईले माक्र्सवादबाट विरक्तिएर नया“ व्याख्यासहित नया“ शक्ति पार्टीको निर्माण गरेका हुन् । उनको पार्टी माक्र्सवादी सिद्धान्तको जगमा उभिएको छैन । यस यथार्थले पार्टी एकताका अगाडि गम्भीर अवरोधहरू रहेको देखाउ“छ । तर, पार्टीहरूका बीचमा सैद्धान्तिक, वैचारिक समानताका पक्षहरू पनि छन् । यसै आधारमा असहमतिका विषयहरूमा रचनात्मक र सार्थक बहस चलाउनुपर्नेछ । कम्युनिस्ट सिद्धान्त, विचार, लक्ष्य र संस्कृतिलाई जीवित राख्दै एक नया“ पार्टीको निर्माण गर्नुपर्नेछ । पार्टी एकता एउटा अर्कोमा विलय होइन । यस्तो स्थितिको निर्माण भयो भने पार्टी एकता नै सम्भव हुनेछैन । पार्टी एकता प्रयासलाई मूर्त रूप दिन नेता–कार्यकर्ताको समुचित व्यवस्थापनमा पनि गम्भीर ध्यान दिनुपर्नेछ । यी सबै कुरामा इमानदारीपूर्वक अघि बढ्न सक्दा नै पार्टी एकताले मूर्त रूप लिन सक्नेछ ।
पार्टी एकताका अगाडि बाह्य चुनौतीहरू पनि छन् । नेपालका वामपन्थीहरूलाई आपसमा मिल्नै नदिने, मिले विभाजनका निम्ति भूमिका निर्वाह गर्ने कार्य बाह्य शक्तिहरूबाट इतिहासदेखि नै हु“दै आएको छ । अहिले नै यसका पछि चीनको हात रहेको टिप्पणी गर्दै यसविरुद्ध प्रहारको आधार निर्माण गरिँदै छ । कम्युनिस्टविरोधी बाह्य शक्तिहरू नेपालको कम्युनिस्ट आन्दोलनदेखि तर्सन्छन् र यसलाई कमजोर बनाउन चाहन्छन् । यस्ता शक्तिहरूले एकता प्रयासलाई भा“ड्न सकेजति प्रयत्न गर्नेछन् । सूत्रहरू भन्छन्, यस्तो प्रयास सुरु भइसकेको छ । यसबाट पार्टी एकता प्रयासलाई बचाउनुपर्नेछ । एकता प्रक्रियामा समाहित दलहरूमा जति बढी कमजोरीहरू रहनेछन्, बाह्य शक्तिलाई खेल्ने अवसर पनि त्यति नै प्राप्त हुनेछ ।
एकीकृत कम्युनिस्ट पार्टीको निर्माण ऐतिहासिक आवश्यकता हो । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी, पार्टी एकता सहमतिपत्रमा भनिएजस्तै ‘वर्ग संघर्ष, विचारधारात्मक संघर्ष र व्यावहारिक प्रयोगका अनेक शृंखला पार गर्दै’ यहा“सम्म आइपुगेको छ । प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादका आधारहरूको निर्माण गर्ने दायित्व निर्वाह गर्न एकता अपरिहार्य छ । माक्र्सको द्विशतवार्षिकी र अक्टुबर क्रान्तिको शतवार्षिकी मनाउ“दै गरेको बेला एकीकृत कम्युनिस्ट पार्टीको निर्माण आरम्भ गरिएको छ । एकता प्रयास सकारात्मक टुंगोमा पुग्नुपर्छ । यसो हुन सकेन भने यो नेपालको कम्युनिस्ट आन्दोलनका निम्ति सोचेभन्दा बढी प्रत्युत्पादक हुनेछ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा