दूरसञ्चार प्राधिकरणलाई अल्मल्याएर अर्बौं लुट
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्ताबाट एक वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी अवैध ढंगले लिएको पुष्टि भएको छ । दूरसञ्चार प्राधिकरणलाई समेत अल्मल्याएर सेवाप्रदायकले यसरी उपभोक्ता ठगी गरेका हुन् । प्राधिकरणको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा मात्रै इन्टरनेट सेवाप्रदायकले नियमविपरीत मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठूलो परिमाणमा शुल्क असुल गरे । इन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी गरेका थिए । तर, यो कानुनविपरीत भए पनि सो निर्णयलाई सञ्चार मन्त्रालयले सदर गरेको थियो । केही लाभ लिएर मात्र सो निर्णय गरेको बुझिएको छ । इन्टरनेट सेवाप्रदायकले उपभोक्ताबाट गैरकानुनी रूपमा असुल्दै आएको शुल्कलाई वैधानिकता दिन नियमावली नै संशोधन गर्ने सरकारको तयारीरहेको मन्त्रालय स्रोतले बतायो । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष विनय बोहोराले सबैसँग पैसा उठाएर मन्त्रालय तहमा च्यानल मिलाएको बताइएको छ ।
विद्यमान कानुनअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन । तर, सेवाप्रदायकले १ अर्ब रुपैयाँभन्दा बढी मर्मतसम्भारका नाममा उठाई ठगी गरेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । यही अनुपातमा इन्टरनेट सेवाप्रदायकले अघिल्ला वर्षहरूमा समेत उपभोक्ता ठगी गरेको उनीहरूको भनाइ छ ।
यसरी उठाएको आम्दानी स्वतः गैरकानुनी हुने हुँदा प्राधिकरणले २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र ४ प्रतिशत रोयल्टी गरी ६ प्रतिशत करसमेत लिएको छैन । अवैध आम्दानीमा कर लगाउँदा स्वतः वैधानिकता दिएको हुने र नलगाउँदा करोडौं गुम्ने स्थिति देखिएकाले समस्यामा परेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । त्यसो त प्रायजसो इन्टरनेट सेवाप्रदायकले मनिटरिङ, सपोर्टिङ, मेन्टिनेन्स, सपोर्ट सर्भिस, नेटवर्किङलगायत शीर्षकमा कुल बिलिङमा ५० प्रतिशतभन्दा बढी शुल्क लिने गरेको पाइएको छ ।
इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएको सरकारले मूल्य समायोजनका नाममा यसअघि निःशुल्क भनिएको मर्मतसम्भार शीर्षकमा ५० प्रतिशतसम्म शुल्क लगाउन पाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताइएका छ ।
स्मरणीय छ, अघिल्लो साता मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार नियमावली संशोधन गर्न प्राधिकरणलाई पत्राचार गरिसकेको छ । सो नियमावलीमा उक्त ठगि रकमलाई वैधता दिने तयारी गरिएको बताइन्छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply