२१ आश्विन २०८०, आईतवार ०४:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
२१ आश्विन,काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् । आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
निर्वाचन समितिका अनुसार उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन् । त्यस्तै सचिवमा मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएका छन् ।
एमालेमा भूगोलतर्फ सात र गैरभूगोलतर्फ एक गरी ८ वटा प्रदेश कमिटी रहेका छन् । अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ । सुदूरपश्चिम प्रदेश अधिवेशन भने आजबाट सुरू हुँदैछ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply