विदा भए निष्ठा र सादगीको पर्याय बर्धन
उनको वास्तविक नाम अर्धेन्दु भूषण बर्धन थियो । तर, सिंगो भारतभरि र विश्वका कम्युनिस्ट कार्यकर्ताहरूले उनलाई एबी बर्धनका नामले चिने । सबैको मुखमा उनी ‘एबी’ नै ठहरिए । भारतीय कम्युनिस्ट आन्दोलनमा निरन्तर क्रियाशील एक अथक योद्धा, चिन्तक र सामाजिक अभियन्ता बर्धनको शनिबार रातसँगै भौतिक अस्तित्व समाप्त भएको छ । जीवनका ९२ हिउँद–वर्षा संघर्ष र वामपन्थी बहसमा खर्चिएका उनी केही समयदेखि मस्तिष्काघातका कारण अस्पतालको शरणमा थिए । स्वास्थ्य स्थिति खस्किूदै गएपछि उनलाई नयाँ दिल्लीस्थित जीबी पन्त अस्पतालमा भर्ना गरिएको थियो । नाजुक स्वास्थ्यस्थिति पछिल्ला दिनहरूमा तीव्र रूपमा खस्किूदै गएपछि अन्तत: शनिबार राति बर्धनले अन्तिम सास फेरे ।
जीबी पन्त अस्पतालका निर्देशक विनोद पुरीले बर्धनको निधनको पुष्टि गरेपछि भारतीय कम्युनिस्ट पार्टीले उनी यस संसारमा नरहेको औपचारिक सन्देश प्रवाहित गरेको थियो । पछिल्लो समय मस्तिष्कको धमनीमा अवरोध उत्पन्न भएको कारण उनलाई मस्तिष्कघात हुन पुगेको थियो । मस्तिष्कघातपछि बर्धनलाई सोही अस्पतालको कोमामा राखिएको थियो । तर, कोमामा पुगेका उनी फर्केनन् र शनिबार रातको साढे आठ बजे निधन भयो । बर्दनको अस्ति सोमबार दिल्लीको निगमबोध घाटमा अन्तिम संस्कार गरिएको छ ।
राजनीतिक चेतना घनीभूत नहुूदै आन्दोलनमा ओर्लिएका बर्धनको जन्म सन् १९२४ मा अहिले बंगलादेशमा रहेको तत्कालीन ब्रिटिस साम्राज्यको बंगाल प्रान्तको बरिसालमा भएको थियो । पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा ओर्लिएका उनको राजनीतिक जग–प्रारम्भ भने सन् १९४० मा नागपुर विश्वविद्यालयमा अध्ययन गर्न सुरुवात गरेदेखि भएको हो । विद्यार्थी राजनीतिमा सक्रिय रहेसँगै उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यतिबेला सिंगो भारतभर कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको हुूदा उनले विद्यार्थी आन्दोलनबाटै कम्युनिस्ट राजनीतिलाई अगाडि बढाए । त्यसपछि उनले राजनीतिमा आफूलाई फर्केर हेर्नु परेन । अध्ययनलाई तिखार्दै गरिब र सर्वहारा वर्गको पक्षपोषण गर्ने आन्दोलनमा उनले आफूलाई जीवनपर्यन्त क्रियाशील राखे ।
विद्यार्थी हुूदै राजनीतिक गोरेटामा पाइला टेकेका उनले पछि भने मजदुरहरूका बीचमा रहेर आन्दोलनलाई गति दिन भूमिका खेले । उनले टेक्सटाइल, गार्मेन्ट, विद्युत् र रेलवे क्षेत्रमा रहेर संगठन निर्माण गरे । भारतको मजदुर आन्दोलनलाई गति दिनुका साथै महाराष्ट्रमा कम्युनिस्ट आन्दोलनलाई उँचो स्थानमा पुर्याउन बर्धनले महत्त्वपूर्ण भूमिका निभाएका थिए । सन् १९९७ मा उनी महाराष्ट्रको विधानसभामा निर्दलीय प्रत्यासीका रूपमा निर्वाचित भएका थिए । अर्थशास्त्र र कानुनमा स्नातक रहेका उनले लामो समय क्षेत्रीय तहको राजनीतिमा आफूलाई सक्रिय तुल्याए पनि नब्बेको दशकपछि भने राष्ट्रिय राजनीतिमा उदाए । सन् १९९४ मा अखिल भारतीय ट्ेरड युनियनको महासचिव रहेका उनले सन् १९९५ मा कम्युनिस्ट पार्टी अफ इन्डियाको उपमहासचिवको जिम्मेवारी सम्हाल्न पुगे । सो पार्टीका तत्कालीन महासचिव इन्द्रजीत गुप्ताले संयुक्त गठबन्धन सरकारमा प्रतिनिधित्व गरेपछि उनले महासचिवको जिम्मेवारी पाए । उक्त जिम्मेवारी उनले सन् १९९६ देखि २००२ सम्म सफलतापूर्वक सम्हालेका थिए । उनी निरन्तर रूपमा चार पटकसम्म महासचिव भएका थिए ।
हिन्दू धर्मका नाममा राजनीति गर्दै आएको भारतीय जनता पार्टी र त्यसका नेतृत्वकर्ता लालकृष्ण आडवानीको रवैयाप्रति बर्धनले जहिल्यै पनि कडा प्रतिक्रिया जनाए । हुन त, भारतको कम्युनिस्ट पार्टी जन्मजात नै धर्मनिरपेक्षताको पक्षमा उभिूदै आएको छ । जहिल्यै पनि धर्मनिरपेक्षताको पक्षमा उभिएको कम्युनिस्ट पार्टी र त्यसका घाघडान नेता/कार्यकर्ताहरूलाई उग्र हिन्दू धर्मभीरु र त्यसका अभियन्ताहरूको अभियान मन पर्ने प्रश्नै रहेन । त्यही कारण पनि, बर्धनले आडवानीले हिन्दू धर्मको प्रचारका निम्ति चलाएको रथयात्राको जमेरै विरोध गरेका थिए । भारतमा लामो समयसम्म सत्तासीन संयुक्त प्रगतिशील गठबन्धन निर्माण गर्नमा पनि बर्धनको मुख्य भूमिका रह्यो । यसबाहेक उनले राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने अरू थुप्रै निर्णयहरूमा पनि उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
सिद्धान्त, त्याग, निष्ठा र समर्पणको राजनीति गर्नेहरूले व्यक्तिगत सम्पत्ति र सुखसयललाई सदैव पन्छाउँदै आएको देखिन्छ । सत्ताभोग र सुखसयलको राजनीतिमा निर्लिप्त रहनेहरूले सिंगो भारतमा ढाकिरहेका बेला भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीले भने एउटा उच्च उदाहरण पेस गरेका थिए । सत्तरीको दशकताका सांसदमा निर्वाचित भए पनि वाजपेयी पार्टी कार्यालयकै एउटा कोठामा बस्थे । एबी बर्धन पनि त्यही कोटीका नेता थिए । उनी दिल्लीस्थित भारतीय कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमै बस्दथे । लामो समयदेखि पार्टी कार्यालयमै बस्दै आएका उनी गत डिसेम्बर ७ तारिखका दिन शारीरिक अस्वस्थता उत्पन्न भएपछि बेहोस हुन पुगेका थिए ।
एबी बर्धन नेपालका एकजना शुभचिन्तक र असल मित्र थिए । नेकपा (एमाले) सँग भाइचारा सम्बन्ध रहेका भाकपाका नेता बद्र्धनले विभिन्न समयमा नेपाल भ्रमण गरेका थिए । भारत पुग्दा एमालेका नेताहरुले पनि बद्र्धनलाई नछुटाई भेट्ने गरेका थिए ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply