भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
१५ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितका कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालतले गरेको फैसला, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूविरूद्ध अभियोग दर्ता गरेकाले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै चार करोड बढी रकम जरिवाना गरेको थियो । त्यस्तै आइतबार मात्रै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । झापाको दमक नगरपालिका– १३ र १४ स्थित ‘बालुवाटार’ को ३८४ रोपनी जग्गा निजीकरण गरेको आरोपमा नौं सरकारी कर्मचारीसहित १८७ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले गगन पुरीविरूद्ध तीन करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ जरिवाना माग गरेको थियो । उनले लिएको जग्गा पनि जफत गर्न अख्तियारले मागेको छ । यी दुई मुद्दामा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
दमकको जग्गा प्राप्तीबारे उनले विज्ञप्तिमार्फत प्रष्टिकरण समेत दिएका छन् । उनका बुबा भगवान पुरीले २००२ सालदेखि जंगल फडानी गरी करिब ६० बिगाहा जमिन जोतभोग गरेको, २०२१ सालमा बुवाको नाममा २४ बिगाहा र आमा रुपादेवी पुरीको नाममा ४–१४–१० गरी जम्मा २९ बिगाहा १४ कट्ठा १० धुर जग्गाको धनीपुर्जा तत्कालीन श्री ५ को सरकारबाट प्राप्त गरेको पुरीको दाबी छ ।
त्यसरी प्राप्त गरेको पैत्रिक जमिनमाथि कानुनी अड्चन पैदागरी विभिन्न मिडिया र सामाजिक सञ्जालहरूमा गलत प्रचारबाजी भइरहेको उनले आरोप समेत लगाएका छन् । आफूले गैरकानुनी काम नगरेको पनि उनले दावी गरेका छन् । ‘हामी सबै जना निर्दोष छौं र अन्यायमा परेका छौं । यस घटनाबारे सत्यतथ्य छानबिन हुन जरुरी छ,’ उनले भनेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply