१३ माघ २०७२, बुधबार ०८:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
खेलाडीलाई बधाई
ढाकामा सम्पन्न भएको बंगबन्धु गोल्डकपको उपाधि नेपाली फुटबल टिमले जित्न सफल भएको समाचारले हाम्रो सिंगो पार्टीलाई हर्षित बनाएको छ । खुसीको यो क्षणमा अथक मेहनतका साथ सफलता हासिल गर्ने सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । अभियानमा संलग्न प्रशिक्षक, व्यवस्थापकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिन चाहन्छौं । खेलाडीहरूलाई निरन्तर हौसला प्रदान गर्ने दर्शक तथा समस्त नेपाली जनतालाई समेत धन्यवाद ज्ञापन गर्दछौं । आगामी प्रतिस्पर्धामा समेत उपाधि प्राप्त गर्नका लागि नेपाली खेलाडीहरूलाई थप प्रोत्साहन गर्न नेपाल सरकार तथा सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछौं ।
– योगेश भट्टराई
प्रमुख, प्रचार विभाग, नेकपा (एमाले)
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply