प्रमाणपत्र लिन गोखरपुर -कमल कोइराला

मोहनविक्रम सिंह, निर्मल लामा, जयगोविन्द साह सम्मिलित चौथो महाधिवेशनबाट बनाइएको केन्द्रीय कमिटीमा दुई स्थान पछिसम्म रिक्त राखिएको थियो । यसरी ०३० फागुनको पहिलो सातापछि उहा“हरूस“ग लामो समय भेटघाट भएन ।
फेरि त्यसको ४÷५ वर्षपछि विद्यार्थी आन्दोलनको जोडबलले ०३६ मा राजा वीरेन्द्रद्वारा बहुदलीय र निर्दलीय व्यवस्था रोज्न जनमत संग्रह गर्ने घोषणा भएपछि मेरो दरभंगामा जयगोविन्द साह, निर्मल लामास“ग जनमत संग्रहका लागि पा“च पूर्वाधार माग गर्ने संयुक्त आह्वान मस्यौदा गर्ने सिलसिलामा कुरा गर्न जा“दा भेट भयो । त्यस समय नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेस“ग पनि दरभंगामा भेट भएको थियो । सीपी गजुरेलले मलाई जयगोविन्द साहको डेरामा पु¥याउनुभएको थियो जस्तो लाग्छ । यो विषय फेरि ०३५÷३६ सालतिर पुग्दा लेखौंला ।
अहिले फेरि ०३१ सालतिरै फर्कौं । मोहनविक्रम सिंहले आयोजना गर्नुभएको चौथो महाधिवेशनबाट हामी यसरी अलग्गै रहन पुग्यौं । ०१९ सालमा त्यही वाराणसीमै १२ वर्षपहिले आयोजित तेस्रो महाधिवेशनद्वारा निर्मित केन्द्रीय कमिटीमा म, पुष्पलाल, मोहनविक्रम, मनमोहन, तुलसीलाल, निर्मल लामा, जयगोविन्द साह, भरतमोहन अधिकारी, सिद्धिलाल सिंहलगायत १७ जनामध्ये ०३१ मा बनेको केन्द्रीय कमिटीमा १७ मध्ये केवल तीन जना हुनुभयो ।
०३१÷३२ तिर हाम्रो पूर्व कोसीको संगठन एकातिर दमनको सिकार भयो भने अर्कोतिर केही पलायन पनि भए । जनार्दन आचार्य, मोहन पोखरेलहरू जस्ता आफ्नो समयका चर्चित विद्यार्थी नेताहरूले कम्युनिस्ट राजनीति छाड्नुभयो ।
विराटनगरकै नगेन्द्रप्रसाद रिजाल ०३० मा राजा वीरेन्द्रद्वारा प्रधानमन्त्री बनाइए । राजा वीरेन्द्रको राज्याभिषेक ०३१ सालमा अनेकौं तामझामका साथ सम्पन्न भयो ।
छिमेकी भारतमा पनि ०३२ सालमा झन्डै तानाशाही शासनजस्तै प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा राष्ट्रपतिलाई संकटकाल घोषणा गर्न लगाइएको थियो । जयप्रकाश नारायण, मोरारजी देसाईलगायत हजारौं राजनीतिक नेताहरू पक्राउ गरिएका थिए । ०३२ मा नेपालमा छिटो राजनीतिक परिवर्तन हुने आशा र सम्भावना पनि देखापरिरहेको थिएन । देशभित्र हाम्रो राजनीति पनि बेला–बेला व्यक्तिगत नामले संयुक्त वक्तव्यहरू दिने र भूमिगत सम्पर्कहरूमा सीमित थियो ।
मेरी पत्नी विराटनगरको आदर्श बालिका विद्यालयमा शिक्षिका भएकी हु“दा केही पैसा आउ“थ्यो । घरको खेतीपातीबाट खान, लाउन, बस्न समस्या थिएन । मैले वकालत (एलएलबी) पास गरेको १० वर्ष भइसकेको थियो । विराटनगरमा त्यस समय कानुन व्यवसायीहरूको संख्या सीमित थियो । वकालत सरकारी जागिर नभई स्वतन्त्र पेसा पनि हु“दा राजनीतिलाई सोझै बाधा पनि नपर्ने हु“दा मैले पत्नी र साथीभाइहरूस“ग सल्लाह गरें ।
वि.सं ०२२ (सन् १९६५) मा वाराणसीको हरिश्चन्द्र डिग्री कलेजबाट एलएलबी गरेको दस वर्षपछि ०३२ सालमा प्रमाणपत्र लिन गए“ । तर, वाराणसी सहरभन्दा एक स्टेसनअगावै सारनाथमा उत्रें । त्यसबखत बीपी कोइराला आफ्नो परिवार र अरूहरूको साथ त्यहा“ बस्नुहुन्थ्यो । वाराणसी रिक्सा, बस, टे«न जेले गए पनि
सजिलै थियो ।
काठमाडौं र भक्तपुरबीचको दूरीलाई त्यतिबेला ट्रलिबसले छोट्याएको थियो । त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रलिबस गुड्दा अहिलेजस्तो सडकका दाया“–बाया“ विशाल भवनहरू बनिसकेका थिएनन्, बरु खेतका गह्राहरूमा परिश्रमी हातहरू सल्बलाइरहेका देखिन्थे । त्यही ट्रलिबसमा यात्रुहरू उकाल्ने र
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply