अनि किन भेट्थे त कमरेडले ?
काठमाडौं । अचेल राजनीतिमा पूरै निष्क्रिय रहेका कुनै बेलाका चर्चित व्यक्तित्व पद्मरत्न तुलाधरलाई त्यस दिन एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रिय हितसित गा“सिएको एउटा विषयमा ‘लबिङ’ गर्ने तीव्र इच्छा रहेछ । तर, उनको इच्छा प्रचण्ड–पुत्र प्रकाश दाहालले आफ्ना पितालाई समयमै सूचित नगरेका कारण त्यत्तिकै तुहिन पुगेको छ ।
मानवअधिकार संरक्षण मञ्चका अध्यक्षसमेत रहेका तुलाधरलगायतको समूह माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिन नहुने पक्षमा लबिङ गर्न गत बिहीबार प्रचण्डलाई भेट्न तयार थियो । मञ्चका महासचिव प्रमोद काफ्लेले प्रचण्डसित त्यस दिनको भेटघाटका लागि छोरा प्रकाशसित पहिल्यै समय मिलाएका थिए । र, तुलाधर, काफ्ले र नेकपा–माओवादीका पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलालगायतका व्यक्तिहरू प्रचण्डसित भेटघाट गर्ने हेतुले एकै थलोमा जम्मा पनि भए । जब, काफ्लेले प्रकाशलाई फोन गरेर ‘कति बजे समय आऊ“ ?’ भनी सोधे, तब प्रकाशले कुनै धक नै नमानी ‘ए, मैले त भन्नै बिर्सेछु’ भनी जवाफ फर्काए । तर, प्रकाशले जे–जस्तो भने पनि प्रचण्ड स्वयम्ले भेट्न नचाहेका कारण उक्त भेट नभएको बताइन्छ ।
सुशील कोइराला प्रधानमन्त्री निर्वाचित भएपछि माथिल्लो कर्णाली भारतीय पक्षलाई सुम्पिने आशंकासहित प्रचण्डलाई भेटेर रोक्नका लागि दबाब दिन तुलाधरलगायतकाले गरेको प्रयत्न सफल नभए पनि माथिल्लो कर्णालीको पक्षमा लबिङ गर्न एउटा टोली आज सुर्खेततिर जा“दैछ ।
मञ्चका महासचिव काफ्ले र बास्तोलासहितको टोलीले स्थानीय जनतालाई सुसूचित गराउने हेतुले सुर्खेतलगायतका ठाउ“मा कार्यक्रम गर्ने बताइएको छ । सुरुमा ३ सय मेगावाट जलविद्युत् निकाल्ने भनिए पनि स्थानीय दबाबका कारण अहिले ९ सय ५० मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य रहेको माथिल्लो कर्णालीको उत्पादन क्षमता भने ३ हजार मेगावाट रहेको बताइन्छ । यो परियोजनाको लाइसेन्स जीएमआरले पाएको छ । चिसापानीमा निर्माण हुन लागेको १२ हजार मेगावाटको जलविद्युत्लाई कब्जा गर्नका लागि भारतीय कम्पनीले माथिल्लो कर्णालीमा समेत चासो राखेको लबिङ गरिरहेका उक्त टोलीको बुझाइ छ । किनकि, कुनै पनि नदीमा पहिलो आयोजनामा जुन कम्पनीले लगानी गर्न पाउ“छ, दोस्रो आयोजनाको दाबेदार पनि त्यही कम्पनी नै हुन्छ । माथिल्लो कर्णालीमा भारतीय कम्पनीको लगानी रहेको खण्डमा सिंगो कर्णाली नै भारतीय कब्जामा पर्ने पनि उक्त टोलीको बुझाइ छ । नेपालको कुल प्राकृतिक स्रोत र सम्पदामध्ये ३७ प्रतिशत कर्णालीले नै ओगट्छ । त्यसलाई सदुपयोग गर्न सके नेपालले अपार फाइदा उठाउन सक्ने भएको हु“दा माथिल्लो कर्णाली कुनै पनि हालतमा भारतीय कम्पनीलाई दिन नहुने उक्त टोलीको भनाइ छ । साथै, माथिल्लो कर्णाली भारतीय पक्षलाई दिन नहुनेमा नेकपा–माओवादीले पनि भित्रभित्रै लबिङ गरिरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply