अनि किन भेट्थे त कमरेडले ?
काठमाडौं । अचेल राजनीतिमा पूरै निष्क्रिय रहेका कुनै बेलाका चर्चित व्यक्तित्व पद्मरत्न तुलाधरलाई त्यस दिन एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रिय हितसित गा“सिएको एउटा विषयमा ‘लबिङ’ गर्ने तीव्र इच्छा रहेछ । तर, उनको इच्छा प्रचण्ड–पुत्र प्रकाश दाहालले आफ्ना पितालाई समयमै सूचित नगरेका कारण त्यत्तिकै तुहिन पुगेको छ ।
मानवअधिकार संरक्षण मञ्चका अध्यक्षसमेत रहेका तुलाधरलगायतको समूह माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिन नहुने पक्षमा लबिङ गर्न गत बिहीबार प्रचण्डलाई भेट्न तयार थियो । मञ्चका महासचिव प्रमोद काफ्लेले प्रचण्डसित त्यस दिनको भेटघाटका लागि छोरा प्रकाशसित पहिल्यै समय मिलाएका थिए । र, तुलाधर, काफ्ले र नेकपा–माओवादीका पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलालगायतका व्यक्तिहरू प्रचण्डसित भेटघाट गर्ने हेतुले एकै थलोमा जम्मा पनि भए । जब, काफ्लेले प्रकाशलाई फोन गरेर ‘कति बजे समय आऊ“ ?’ भनी सोधे, तब प्रकाशले कुनै धक नै नमानी ‘ए, मैले त भन्नै बिर्सेछु’ भनी जवाफ फर्काए । तर, प्रकाशले जे–जस्तो भने पनि प्रचण्ड स्वयम्ले भेट्न नचाहेका कारण उक्त भेट नभएको बताइन्छ ।
सुशील कोइराला प्रधानमन्त्री निर्वाचित भएपछि माथिल्लो कर्णाली भारतीय पक्षलाई सुम्पिने आशंकासहित प्रचण्डलाई भेटेर रोक्नका लागि दबाब दिन तुलाधरलगायतकाले गरेको प्रयत्न सफल नभए पनि माथिल्लो कर्णालीको पक्षमा लबिङ गर्न एउटा टोली आज सुर्खेततिर जा“दैछ ।
मञ्चका महासचिव काफ्ले र बास्तोलासहितको टोलीले स्थानीय जनतालाई सुसूचित गराउने हेतुले सुर्खेतलगायतका ठाउ“मा कार्यक्रम गर्ने बताइएको छ । सुरुमा ३ सय मेगावाट जलविद्युत् निकाल्ने भनिए पनि स्थानीय दबाबका कारण अहिले ९ सय ५० मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य रहेको माथिल्लो कर्णालीको उत्पादन क्षमता भने ३ हजार मेगावाट रहेको बताइन्छ । यो परियोजनाको लाइसेन्स जीएमआरले पाएको छ । चिसापानीमा निर्माण हुन लागेको १२ हजार मेगावाटको जलविद्युत्लाई कब्जा गर्नका लागि भारतीय कम्पनीले माथिल्लो कर्णालीमा समेत चासो राखेको लबिङ गरिरहेका उक्त टोलीको बुझाइ छ । किनकि, कुनै पनि नदीमा पहिलो आयोजनामा जुन कम्पनीले लगानी गर्न पाउ“छ, दोस्रो आयोजनाको दाबेदार पनि त्यही कम्पनी नै हुन्छ । माथिल्लो कर्णालीमा भारतीय कम्पनीको लगानी रहेको खण्डमा सिंगो कर्णाली नै भारतीय कब्जामा पर्ने पनि उक्त टोलीको बुझाइ छ । नेपालको कुल प्राकृतिक स्रोत र सम्पदामध्ये ३७ प्रतिशत कर्णालीले नै ओगट्छ । त्यसलाई सदुपयोग गर्न सके नेपालले अपार फाइदा उठाउन सक्ने भएको हु“दा माथिल्लो कर्णाली कुनै पनि हालतमा भारतीय कम्पनीलाई दिन नहुने उक्त टोलीको भनाइ छ । साथै, माथिल्लो कर्णाली भारतीय पक्षलाई दिन नहुनेमा नेकपा–माओवादीले पनि भित्रभित्रै लबिङ गरिरहेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply