नेम्वाङ सभामुखमा निर्वाचित

काठमाडौं । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङ सभामुख निर्वाचित हुनुभएको छ । हिजो बसेको संविधानसभाको बैठकले उहा“लाई सभामुख चयन गरेको हो । उहा“को नाममा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रस्ताव र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समर्थन गर्नुभएको थियो । हिजो १० देखि २ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएकोमा नेम्वाङको नाम मात्र परेको थियो ।
सभामुखमा संसद्को तेस्रो दल एनेकपा (माओवादी)ले दाबी गरे पनि अन्ततः उसले नेम्वाङलाई नै सघाउने निर्णय गरेको थियो । एमाओवादीले नेता कृष्णबहादुर महरालाई अघि सारेको थियो । तर नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरुले समेत नेम्वाङलाई समर्थन गर्ने भएपछि एमाओवादी पछि हटेको हो । कांग्रेसले भने एमाले र कांग्रेसबीचको सहमतिअनुरुप प्रधानमन्त्रीमा सुशील कोइरालालाई सघाए बापत सभामुखमा एमालेलाई सघाउने निर्णय गरेको थियो । ठूलादेखि साना दलसम्मले रुचाएपछि विगतदेखि नै संसद्मा सन्तुलित भूमिका निर्वाह गर्दै आइरहनुभएका नेम्वाङलाई तेस्रो पटक सभामुख हुने बाटो सहज रुपमा खुलेको थियो । लगातार तेस्रो पटक सभामुख हुने सौभाग्य पाउनुभएका नेम्वाङ यसअघि २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभामा पहिलो पटक सभामुख हुनुभएको थियो भने ०६४ को पहिलो संविधानसभाको निर्वाचनपछि दोस्रो पटक सभामुख बन्नुभएको थियो । ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको नेम्वाङ ०५६ सालमा इलाम–२ बाट निर्वाचित हुनुहुन्थ्यो भने ०४८ सालमा राष्ट्रिय सभामा निर्वाचित हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply