नेम्वाङ सभामुखमा निर्वाचित
काठमाडौं । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङ सभामुख निर्वाचित हुनुभएको छ । हिजो बसेको संविधानसभाको बैठकले उहा“लाई सभामुख चयन गरेको हो । उहा“को नाममा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रस्ताव र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समर्थन गर्नुभएको थियो । हिजो १० देखि २ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएकोमा नेम्वाङको नाम मात्र परेको थियो ।
सभामुखमा संसद्को तेस्रो दल एनेकपा (माओवादी)ले दाबी गरे पनि अन्ततः उसले नेम्वाङलाई नै सघाउने निर्णय गरेको थियो । एमाओवादीले नेता कृष्णबहादुर महरालाई अघि सारेको थियो । तर नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरुले समेत नेम्वाङलाई समर्थन गर्ने भएपछि एमाओवादी पछि हटेको हो । कांग्रेसले भने एमाले र कांग्रेसबीचको सहमतिअनुरुप प्रधानमन्त्रीमा सुशील कोइरालालाई सघाए बापत सभामुखमा एमालेलाई सघाउने निर्णय गरेको थियो । ठूलादेखि साना दलसम्मले रुचाएपछि विगतदेखि नै संसद्मा सन्तुलित भूमिका निर्वाह गर्दै आइरहनुभएका नेम्वाङलाई तेस्रो पटक सभामुख हुने बाटो सहज रुपमा खुलेको थियो । लगातार तेस्रो पटक सभामुख हुने सौभाग्य पाउनुभएका नेम्वाङ यसअघि २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभामा पहिलो पटक सभामुख हुनुभएको थियो भने ०६४ को पहिलो संविधानसभाको निर्वाचनपछि दोस्रो पटक सभामुख बन्नुभएको थियो । ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको नेम्वाङ ०५६ सालमा इलाम–२ बाट निर्वाचित हुनुहुन्थ्यो भने ०४८ सालमा राष्ट्रिय सभामा निर्वाचित हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply