कोही चिल्ला गाडीमा, कोही पैदल
‘ड्रेस किन नलगाएको ?’
दौरा–सुरुवालको सट्टा सर्ट–पाइन्टमा संविधानसभा भवन छिर्दै गर्दा नेकपा (एमाले)का सभासद् गोकुल घर्तीले पीडा मिश्रित प्रतिक्रिया दिए– ‘आफ्नै गाडी हुनेहरू त पार्टीले तोकेको ड्रेस लगाउँदैनन्, हामी त सार्वजानिक बसमा आउनुपर्छ । सभासद् भनेपछि यात्रुले पनि कुरा काट्न थाल्छन । लोगो पनि खल्तीमा हाल्नुपर्छ । गेटबाट पस्ने बेलामा लगायो, निस्कने बेलामा फेरि फुकाल्यो ।’
सार्वजानिक यातायातमा आहोर–दोहार गर्नुपर्ने बाध्यता भएका सभासद् संख्या ठूलो छ तर अहिलेको संविधानसभामा गाडीवाल सभासद् पनि कम भने छैनन् । उनीहरूलाई सार्वजनिक गाडीमा हिँड्ने सभासद्का पीडा पनि थाहा छैन । संविधानसभाभित्र सबै सभासद्को हैसियत समान छ तर बैठक कक्षबाट बाहिरिनासाथ हैसियत पनि विभाजित हुने गर्दछ । कोही लुरुलुरु पैदल बाटो तताउँछन् भने कोही चिल्ला गाडीमा हुइँकिन्छन् । ०५२ सालमा तोकेको १ सय ५० रुपियाँ ट्याक्सी भाडाले अहिले बानेश्वरबाट सिंहदरबारसम्म पुग्न नसकिने गुनासो सभासद्हरूको छ ।
ठूला राजनीतिक दलका शीर्ष नेतासँग गाडी हुनु नौलो कुरा भएन । व्यावसायिक पृष्ठभूमि भएका सभासद्सँग पनि गाडी हुनु सामान्य नै भयो । तर, धेरै यस्ता सभासद् छन् जसलाई न त राज्यले यस्तो सुविधा प्रदान गरेको छ, न त उनीहरूको राजनीतिबाहेक अरू कुनै पेसा–व्यवसाय छ ।
नेपाली कांग्रेसका अधिकांश सभासद् आफ्नै गाडीमा संविधानसभामा आउँछन् । उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्कासँग मात्र होइन् विकट जिल्लाबाट चुनाव जितेर आएकाहरूसँग पनि निजी गाडी छन् । ओखलढुंगा–२ का सभासद् रामहरि खतिवडा हरेक दिनजसो गाडी फेरी–फेरी संविधानसभामा आउने सभासद्का रूपमा चिनिन्छन् । उनी प्राय: चढ्ने गाडी आई ट्वान्टी हो । काठमाडौं–१० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हराएर चर्चामा आएका राजन केसी बा६च ३५ नम्बरको कोरोला गाडी चढ्छन् भने ललितपुर–३ का सभासद् मदन अमात्य बा२च ७८३८ नम्बर पजेरो चढ्छन् । सोलुखुम्बुका सभासद् बलबहादुर केसी बा२च ९४५१ नम्बरको प्राडो चढ्छन् भने समानुपातिकतर्फका सभासद् दिलबहादुर घर्ती बा७च ४६०७ नम्बरको हाइलक्स चढ्छन । त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्की बा६च २४३८, कुलबहादुर गुरुङ बा६च १२६, सीता गुरुङ बा१०च १५७ र राजीव शाही बा६च ६१०० नम्बरको ल्यान्डक्रुजर चढ्छन् । पहिलोचोटी सभासद् बनेका शंकर भण्डारीसमेत महँगो ल्यान्डक्रुजर चढ्छन् । यीबाहेकका कांग्रेसका सभासद्हरू अर्जुननरसिंह केसी, शशांक कोइराला, शेखर कोइराला, पदमनारायण चौधरी, डा. चन्द्रमोहन यादव, भीमसेनदास प्रधान, उदयशमशेर जबरा, मोहनबहादुर बस्नेत, बालकृष्ण खाँड, रमेश लेखक, लीला कोइराला, गोपालमान श्रेष्ठ, नरेन्द्रकुमार नेम्वाङ, प्रदीप गिरी, सुजाता कोइराला, डा. प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुंगाना, कमला पन्त, अम्बिका बस्नेत, सूर्यमान गुरुङ, तारिणीदत्त चटौत, आरजु देउवा, दीपशिखा शर्मालगायत पनि कांग्रेसका गाडीवाल सभासद् हुन् ।
नेकपा (एमाले)मा पार्टीको पदाधिकारी रहेका बाहेक तुलनात्मक रूपमा थोरै सभासद् गाडीवाल छन् । पाल्पा–२ का सभासद् सोमप्रसाद पाण्डे बा२च ९१७७ नं को ल्यान्डक्रुजर चढ्छन् । एमालेका अरू गाडीवाल सभाद्हरूमा इच्छाराज तामाङ, राजलक्ष्मी गोल्छा, डा. दुमनसिंह थापा, भीष्मनाथ अधिकारी, जनार्दन ढकाल, महेन्द्र शेरचन, पार्वत गुरुङ, राजेन्द्रप्रसाद पाण्डे, सुरेन्द्रप्रसाद पाण्डे, ताराकान्त चौधरीलगायत छन् । यीमध्ये अधिकांश व्यावसायिक पृष्ठभूमिका छन् । सभासद् केशव बडाल भने राष्ट्रिय सहकारी बोर्डको गाडीमा आउ–जाउ गर्छन् । आफ्नो नभए पनि कहिलेकाहीँ अरू आफन्तको गाडी चढेर आउने सभासद् पनि छन् एमालेमा । गत शुक्रबार संसद् बैठकमा भाग लिन आएका ज्ञानबहादुर भुजेल ५९९७ नम्बरको इन्डिका गाडीमा थिए भने रन्जना सरकार बा८च १२११ र शत्रुघन महतो बा८च २३९० नम्बरको गाडीमा पुगेका थिए ।
माओवादीमा पनि गाडीवाल सभासद कम छैनन् । शीर्ष नेताबाहेक अग्नि सापकोटा बा९च ७४३० नम्बरको गाडी चढ्छन् भने राम कार्कीको बा९च ३१२९ नम्बरको अल्टो कार छ । गणेशमान पुन बा३च ९४०९, भक्ति पाण्डे लु१च ४८१२, पूर्व प्रहरी महानिरीक्षक समेत रहेका रवीन्द्रप्रताप शाह बा७च ५९५९ नम्बरको गाडीमा संविधानसभा परिसरमा प्रवेश गर्छन् । मधेसी पार्टीका सर्वेन्द्रनाथ शुक्ल, बाबुराम पोखरेल, गीता राणा, सरोज शर्मा महँगा गाडीमा चढ्ने सभासद् हुन् । शुक्लसँग बा१०च १४४ नम्बरको चेरोभोल्ट, पोखरेलसँग बा४च ३६२९ नम्बरको सोरेन्टो, रानासँग बा६च ५२८० नम्बरको हाइलक्स र शर्मासँग बा२च ८९०४ नम्बरको पजेरो गाडी छ । राप्रपाका दीपक बोहरा, सुनिल थापा, जयन्त चन्द, विक्रम पाण्डे, विराज विष्ट पनि महँगा गाडीवाल सभासद् हुन् । अरू त अरू सभासद् संख्याको हिसाबले पनि सानो पार्टी समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह बा५च ४६४७ र अखण्ड नेपाल पार्टीका कुमार खड्का बा१च ५७५७ नम्बरको गाडी चढ्छन् ।
कोही मोटरसाइकलमा
कतिपय सभासद् आफ्नै मोटरसाइकल चढेर संविधानसभामा आउँछन् भने अरूको स्कुटरमा लिफ्ट मागेर आउने सभासद् पनि छन् । कांग्रेसका जगदेव नरसिंह केसी, एमालेका मोहनसिंह राठौर, अम्मरबहादुर थापा, विनोद श्रेष्ठलगायतका सभासद् मोटरसाइकल प्रयोग गर्छन् । जनमोर्चाका चित्रबहादुर केसी प्राय: स्कुटरको पछाडि बसेर संविधानसभा बैठकमा आउने गर्छन् ।
बक्स
महँगा गाडीवाल केही सभासद्
बलबहादुर केसी प्राडो
डा. राजीव शाही ल्यान्डक्रुजर
शंकर भण्डारी ल्यान्डक्रुजर
सोम पाण्डे ल्यान्डक्रुजर
गीता राणा हाइलक्स
दिल बहादुर घर्ती हाइलक्स
सर्बेन्द्रनाथ शुक्ला चेरोभोल्ट
सरोज शर्मा पजेरो
मदन अमात्य पजेरो
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply