एमालेमा प्रवेशको लर्को
काठमाडौं । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रल्हाद गिरी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । गिरीसँगै एमाओवादीका केन्द्रीय सल्लाहकारद्वय जितेन्द्र यादव र दिनेश गिरी पनि एमालेमा प्रवेश गरेका छन् ।
आइतबार एमाले अध्यक्ष झलनाथ खनालले रातो टीका लगाएर नवप्रवेशीलाई एमालेमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य विष्णु भट्टराई पनि एमालेमा प्रवेश गरेका थिए ।
२०२८ सालमा वामपन्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेका गिरी ०३२ सालमा राजकाज मुद्दा लागेर नौ महिना जेल पनि परेका थिए । ०४९ मा जिल्ला विकास समिति पर्साको उपसभापति तथा ०५१ र ०५६ सालमा पर्सा–३ बाट संसद्का उम्मेदवार बनेका उनी एमाओवादीको हेटौंडा महाधिवेशनको १० दिनअघि मात्र सो पार्टीमा प्रवेश गरेका थिए । एमाओवादीको केन्द्रीय सदस्यमा निर्वाचित भए पनि त्यसको कार्यशैली र पार्टीमा देखिएको वैचारिक विचलनप्रति वाक्क भएका उनी पुन: आफ्नो मूलघर एमालेमा फर्कन पाउँदा निकै प्रफुल्लित देखिन्थे ।
सो कार्यक्रममा एमाओवादी पार्टीका विभिन्न कमिटीमा कार्यरत १ सय नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । एमाओवादीका राज्य समिति, जिल्ला कमिटी, पर्सा जिल्लाका भातृ संस्थाका प्रमुख तथा पदाधिकारी र स्थानीय पूर्व जनप्रतिनिधीहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी गिरीले एमाओवादी वैचारिक र सांगठनिक रूपमा खिया लाग्दै गएको र अबको विकल्प एमाले मात्र भएको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply