एमालेमा प्रवेशको लर्को
काठमाडौं । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रल्हाद गिरी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । गिरीसँगै एमाओवादीका केन्द्रीय सल्लाहकारद्वय जितेन्द्र यादव र दिनेश गिरी पनि एमालेमा प्रवेश गरेका छन् ।
आइतबार एमाले अध्यक्ष झलनाथ खनालले रातो टीका लगाएर नवप्रवेशीलाई एमालेमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य विष्णु भट्टराई पनि एमालेमा प्रवेश गरेका थिए ।
२०२८ सालमा वामपन्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेका गिरी ०३२ सालमा राजकाज मुद्दा लागेर नौ महिना जेल पनि परेका थिए । ०४९ मा जिल्ला विकास समिति पर्साको उपसभापति तथा ०५१ र ०५६ सालमा पर्सा–३ बाट संसद्का उम्मेदवार बनेका उनी एमाओवादीको हेटौंडा महाधिवेशनको १० दिनअघि मात्र सो पार्टीमा प्रवेश गरेका थिए । एमाओवादीको केन्द्रीय सदस्यमा निर्वाचित भए पनि त्यसको कार्यशैली र पार्टीमा देखिएको वैचारिक विचलनप्रति वाक्क भएका उनी पुन: आफ्नो मूलघर एमालेमा फर्कन पाउँदा निकै प्रफुल्लित देखिन्थे ।
सो कार्यक्रममा एमाओवादी पार्टीका विभिन्न कमिटीमा कार्यरत १ सय नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । एमाओवादीका राज्य समिति, जिल्ला कमिटी, पर्सा जिल्लाका भातृ संस्थाका प्रमुख तथा पदाधिकारी र स्थानीय पूर्व जनप्रतिनिधीहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी गिरीले एमाओवादी वैचारिक र सांगठनिक रूपमा खिया लाग्दै गएको र अबको विकल्प एमाले मात्र भएको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply