शीर्षले नरुचाएको समितिमा रमिता
काठमाडौ । संविधानसभाअन्तर्गतका सबै समितिका आ–आफ्नै विशेषता हुन्छन् । सबै समितिका बेग्लाबेग्लै काम, कर्तव्य र अधिकार तोकिएका पनि छन् । राजनीतिकर्मीको प्रत्यक्ष सम्बन्ध जनतासँग हुन्छ । तर, जनताबाट चुनिएरै ‘ठूला’ नेताको हैसियत बनाएका नेताहरू जनतासँग घुलमिल हुने कुरामा कति अनिच्छुक हुन्छन् भन्ने कुराको गतिलो उदाहरण संविधानसभाको नागरिक सम्बन्ध तथा सुझाव संकलन समितिलाई हेरे मात्रै पुग्छ । नयाँ र ‘लो प्रोपाइल’ का सभासद्हरूलाई थन्क्याउने समितिका रूपमा यो समितिलाई चित्रित गर्ने गरेको पाइन्छ ।
देशभर जनतासँग जाने र संविधानमा राख्नुपर्ने जनताका सुझाव संकलन गरेर ल्याउने जिम्मेवारी पाएको यो समितिमा शीर्ष तहका मात्र होइन, दोस्रो तहका नेतासमेत छैनन् । १ सय ९१ सदस्यीय यो समितिले अझै पूर्णता पाएको छैन । हाल यो समितिमा १ सय ७८ सदस्य छन् । संविधानसभामा मनोनीत गर्नुपर्ने २६ जनाको काम पूरा नभएकाले समितिले पूर्णता नपाएको बताइन्छ । अपूर्ण भए पनि आफ्नो सभापति छान्न सोमबार नयाँ बानेश्वरस्थित लोत्से हलमा आइतबार बसेको बैठक सभापति छान्न त परै जाओस् अनेक चर्तिकला र होहल्लामा नै सीमित रह्यो ।
सभापतिलाई र्याखर्याख्ती
समितिमा रहेका सदस्यमध्ये सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतले नेपाली कांग्रेसकी सभासद् लीला कोइरालाले बैठकको अध्यक्षता गरेकी थिइन् । सो पहिलो बैठकको एउटै एजेन्डा समितिको सभापति छान्ने थियो । बोल्न इच्छुक सभासद्हरूको को नाम पहिल्यै मागिएको थियो । उपलब्ध नामअनुसार बोल्नका लागि कोइरालाले नाम क्रमश: बोलाउँदै गइन् । तर, नाम दिएकामध्ये १९ जनाले बोल्न बाँकी रहेपछि कोइरालाले स्वास्थ्यका कारण आफूले बैठक सञ्चालन गर्न असमर्थ भएको भन्दै अर्को दिन बैठक गर्न आग्रह गरिन् । करिब डेढ घन्टा बैठक चलेपछि कोइरालाले भनिन्–‘माननीयज्यूहरू, मेरो स्वास्थ्यका कारण पनि अब अरू समय बस्न सक्तिनँ, बाँकी माननीयज्यूहरूले भोलिको बैठकमा आफ्नो कुरा राख्नुहोला, आजलाई स्थगित गरौं, हुन्न ?’ यति मात्र भन्न के भ्याएकी थिइन्, सभासदहरू हो–हल्ला गर्दै जर्याजुरुक उठे, कोही टेबुल ठोक्न थाले । ‘म आजै आफ्ना कुरा नराखी यहाँबाट जाँदै जान्न’– एमाले सभासद् रामहरि सुवेदी कड्किए । त्यसो हो भने अर्को कोही माननीयलाई सभापतित्व गर्न दिऊँ, मेरो कुनै आपत्ति छैन तर म चाहिँ सक्तिन भन्दै कोइरालाले पुन: स्वास्थ समस्या दोहोर्याइन् । तर, कस्तो समस्या भने, उनीपछिको ज्येष्ठ सदस्यको भन्ने निक्र्यौल निस्कनै सकेन । अन्तत: केही नलागेपछि आधा घन्टाका लागि ‘टी ब्रेक’ गरेर पुन: बस्ने भनेर बैठक स्थगित गरियो तर चिया खाएपछि सबै सभासद् घर–घर लागे ।
दल फरक परेकोमा आपत्ति
संसद् सचिवालको लापर्बाही कतिसम्म रहेछ भने एउटा राजनीतिक दलको सभासद्को नाम अर्कैै राजनीतिक दलमा राखिएको थियो । त्यसमा पनि सभासद्हरूले कडा आपत्ति जनाएका थिए । समितिका सदस्यहरूलाई बाँडिएको सदस्यहरूको नामावलीसमेतको नेपाली कांग्रेसका सभासद् मोहन बरालको पार्टीको नाम नेकपा (एमाले) लेखिएको थियो भने कांग्रेसकै सभासद् महेन्द्रकुमारी लिम्बूलाई एनेकपा माओवादी भनेर उल्लेख गरिएको छ । लिम्बूले आफ्नो नाम सच्याउन आफैंले आग्रह गरेकी थिइन् तर बरालको नाम सच्याउन कांग्रेसकै सभासद् रामहरि खतिवडा चर्को स्वरमा कुर्लिएका थिए ।
यहाासम्म पु्रफ
‘मुर्कुटो संविधानसभा’
बैठकमा बोल्ने अधिकांश सभासदले संविधान सभाले २६ सभासदलाई मनोनित गरेर समितिलाई समेत पुर्णता नदिएसम्म सभापति चयन गर्न नहुने बताए थिए । राप्रपा नेपालका सभासद् रेशम लामाले यो संविधानसभालाई ‘मुर्कुटो संविधानसभा’ को संज्ञा दिए । उनले भने–‘ यो अंग नपुगेको मुर्कुटो संविधानसभा हो, मुर्कुटोले सबैलाई खान्छ, त्यसैले सबै अंग पुर्ण नभएसम्म यो बैठक स्थगित गरौं ।’ बैठकमा बोल्ने सभासद्हरू डिल्ली काफ्ले, मिलन कुमारी राजबंशी, काशिमाली सिदिकी, कृपासुर शेर्पा, बवीना लावती, रत्नदेवी गुरुङ, आङदी शेर्पा, रामहरी खतिवडा, रामचन्द्र शाह तेली, राजन केसी, विन्दादेवी आले, आशा कोइराला, लाल बहादुर रावल लगायत सबैले समितिले पुर्णता नपाएसम्म सभापनि चयन गर्नु नहुने धारणा राखेका थिए । त्यस्तै बैठकमा बोल्ने प्राय सभासद्ले संविधानसभा बाहिर गएर उच्च स्तरिय राजनीतिक संयन्त्र गठन गर्न नहुनेमा पनि खवरदारी गरेका थिए ।
‘तीनबटा कुरा मात्र सिक्यौं’
काठमाडौ १० वाट एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई हराएर चर्चामा आएका नेपाली काँग्रेसका सभासद् राजन केसीले संविधानसभामा आएर आफूले तीनवाटा कुरा मात्र सिकेको बताए । उनले भने–‘ अहिले सम्म ढ्याप ढ्याप, शुन्य र विशेष गरि तीन थरी समय हुन्छ भन्ने कुरा मात्र सिकियो ।’ पाँच महिना वितिसक्यो, अब अरु चार महिना घाम तापेर बिताउनु पर्छ, यसरी कसरी संविभान लेखिएला र–केसीको भनाई थियो । मस्यौदा समितिले मस्यौदा ल्याएपछि मात्र यो समितिको काम शुरु हुन्छ । मस्योदा सििमतिलाई मस्यौदा निमार्णका लागि अशोज १५ गते सम्मको समय तालिका दिईएको छ । त्यस बेलासम्म आफूहरूले घाम तापेरै बस्नु पर्ने हो कि भन्दै यो समितिका सदस्यहरूले चिन्ता प्रकट गरेका थिए ।
नियमावली माग
बैठकमा सभासद्हरूले संसद नियामावली नपाएको मा पनि गुनासो पोखेका थिए । नियमावली आएको हप्तौ भईसक्दा पनि आफ्नो हातमा नपरेको भन्दै सभासद् काशीमाली सिद्धिकिले सचिवालयको ढीलासुस्तीप्रति प्हार गरेकि थिईन् । मैथलीमा बोल्दै उनले भनिन्– ‘ अझै सम्म नियमावली हात परेको छैन, कुन दफामा के छ केही थाहा छैन । कुरा केही थाहा नपाई यहाँ बैठक गरेर हाीले के बोल्नु ?’
क्यामेराप्रति सचेत
संविधानसभाका बैठकमा सभासद्हरू निदाएको, टाउको कन्याउको , साउती मारेको आदी तश्वीर सार्वजानिक हुने गरेपछि अहिले सभासद्हरू क्यामेरा वाट विशेष सजग हुन थालेका छन् । सोमवारको नागरिक सम्वन्धन तथा सुझाव संकलन समितिको बैठकमा पनि एउटा यस्तै रमाईलो दृष्य देखियो । आफूलाई अरु भन्दा ‘हिरो’ देखाउन तम्सिने काँग्रेसका सभासदद्धय चीनकाजी श्रेष्ठ र रामहरी खतिवडा बैठक चलिरहँदा छिन छिनमा सीट फेरी फेरी गफिनमा नै व्यस्त थिए । श्रेष्ठ आफू सँगै बसेका अर्का सभासल् राजन केसीसँग गफिदै गर्दा एक टेलिभिजनले को क्यामेरा त्यतैतिर तेर्सियो । क्यामेराले आफूहरूलाई खिचेको केसीले पत्तो पाईहाले । केसीले श्रेष्ठलाई कोट्याएर ‘क्यामेराले खिच्दैछ, चुप लाग्नुस’् भनेपछि श्रेष्ठ कक्रक्क परेका थिए ।
कोष रकम बढाउन लविङ
आफ्नो समितिको सभापति चयन गर्न बैठकमा आएका केही सभासदहरू बैठककक्ष बाहिर सभासद् कोषको रकम बढाउने कुरामा लविङ गरिरहेका थिए । एक सभासद् भन्दै थिए–अहिले पनि १० लाख नै दिने कुरा आईरहेको छ, हामीले सशक्त ढंगले अहिल्यै १ करोड माग गऱ्यौ भने हामे माग पुरा हुन्छ ।’ आज बस्ने संसद बैठकमा यहि मुद्धा उठाएर माग पुरा नभएसम्म सदन नै चल्न नदिने गरि विभिन्न राजनीतिक पार्टीवाट प्रत्यक्षमा निर्वाचित सभासद्हरूले लविङ गरेको बुझिएको छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply