निजी काम, सरकारी दाम

काठमाडौँ । नेपाली सेनाका एक जना मेजर सरकारी तलब खाँदै आफ्नै संलग्नतामा सञ्चालित निजी कन्सल्ट्यान्ट कम्पनीमा मात्र ध्यान दिन्छन् भन्दा अचम्म लाग्न सक्छ तर भएको छ यस्तै । राज्यले लाखौँ खर्च गरेर विभिन्न तालिम तथा देश विदेशबाट ज्ञानगुनका कुरा सिक्न मौका दिए पनि उनले भने त्यो सीप आफ्नै व्यवसायमा लगाइरहेका छन् ।
ती व्यक्ति सेनाको प्राविधिक विभागमा कार्यरत इन्जिनियर मंगलप्रसाद श्रेष्ठ हुन् । उनलाई अहिले सेनाको विभिन्न योजना–आयोजना तथा जंगी अड्डामा कमै मात्र भेटिन्छ । उनलाई आफ्नै श्रीमती तथा छोरा गौरव श्रेष्ठका नाममा दर्ता भएको कन्सल्टेन्सी कम्पनी जीओईसी, गिडा नेपाल तथा बीडीए नेपालका नाममा ठेक्का पार्न विभिन्न व्यक्तिसँग डिलिङ गर्नमा नै भ्याइनभ्याई छ । ‘यही मेसोमा उनी हरेक सरकारी कार्यालयमा पुग्छन् र आफू सेनाको कर्णेल भएकाले कामको गुणस्तरमा पूरै विश्वस्त हुन आग्रह गर्छन्’–स्रोतले भन्यो ।
लामो समयदेखि सरकारी सेवामा रहेर लगभग अवकाश हुने चरणमै पुगिसकेका उनी प्राय:जसो बुद्धनगरको ह्याम्स अस्पतालनजिकै रहेको आफ्नै कन्सल्ट्यान्सीको कार्यालयमा भेटिन्छन् । उनलाई अहिले पनि नेपालगन्ज, बुटवल तथा भैरहवालगायत देशका विभिन्न स्थानमा करोडौँको काम ठेक्का परेको छ । मुलुकका विभिन्न पुराना नगरपालिकाहरू पुन:व्यवस्थित गर्नेलगायतका विभिन्न परामर्श सेवाको काम गरिरहेका उनी संलग्न कम्पनी मुलुककै ठूलो काम लिने कम्पनीमा पर्छ ।
उनले सरकारी सेवामा रहँदा रहँदै पेसागत काम छाडेर निजी कम्पनीको सेवा गर्न थालेकामा न सेनाभित्र कसैले प्रश्न उठाएको छ, न कसैले पदीय दुरुपयोग गर्दै हिँडेकामा सचेत गराएको छ । यसले गर्दा उनलाई नेपाली सेनाको माथिल्लो तहबाटै संरक्षण त छैन भन्ने प्रश्न उठेको छ । यस सम्बन्धमा सेनाको प्रतिक्रिया लिन सैन्य प्रवक्ता जगदीशचन्द्र पोखरेललाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन भने मेजर श्रेष्ठले यसबारे अनभिज्ञता प्रकट गर्दै बनिबनाउ जवाफ दिए । ‘म बहालवाला त हँु तर कन्सल्ट्यान्ट कम्पनीमा संलग्न छैन र यसबारे मलाई केही थाहा छैन’– उनले ‘बुधबार’लाई प्रतिक्रिया दिए । तर, उनी कार्यरत रहे पनि कार्यालयमा नआउने, धेरै अधिकारीहरूसँगै चिरपरिचित नै नभएको र सधैँजसो निजी काममा मात्र केन्द्रित भई तलब सुविधा बुझ्न मात्र जंगी अड्डा जाने गरेको सैन्य स्रोतले पुष्टि गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply