निजी काम, सरकारी दाम
काठमाडौँ । नेपाली सेनाका एक जना मेजर सरकारी तलब खाँदै आफ्नै संलग्नतामा सञ्चालित निजी कन्सल्ट्यान्ट कम्पनीमा मात्र ध्यान दिन्छन् भन्दा अचम्म लाग्न सक्छ तर भएको छ यस्तै । राज्यले लाखौँ खर्च गरेर विभिन्न तालिम तथा देश विदेशबाट ज्ञानगुनका कुरा सिक्न मौका दिए पनि उनले भने त्यो सीप आफ्नै व्यवसायमा लगाइरहेका छन् ।
ती व्यक्ति सेनाको प्राविधिक विभागमा कार्यरत इन्जिनियर मंगलप्रसाद श्रेष्ठ हुन् । उनलाई अहिले सेनाको विभिन्न योजना–आयोजना तथा जंगी अड्डामा कमै मात्र भेटिन्छ । उनलाई आफ्नै श्रीमती तथा छोरा गौरव श्रेष्ठका नाममा दर्ता भएको कन्सल्टेन्सी कम्पनी जीओईसी, गिडा नेपाल तथा बीडीए नेपालका नाममा ठेक्का पार्न विभिन्न व्यक्तिसँग डिलिङ गर्नमा नै भ्याइनभ्याई छ । ‘यही मेसोमा उनी हरेक सरकारी कार्यालयमा पुग्छन् र आफू सेनाको कर्णेल भएकाले कामको गुणस्तरमा पूरै विश्वस्त हुन आग्रह गर्छन्’–स्रोतले भन्यो ।
लामो समयदेखि सरकारी सेवामा रहेर लगभग अवकाश हुने चरणमै पुगिसकेका उनी प्राय:जसो बुद्धनगरको ह्याम्स अस्पतालनजिकै रहेको आफ्नै कन्सल्ट्यान्सीको कार्यालयमा भेटिन्छन् । उनलाई अहिले पनि नेपालगन्ज, बुटवल तथा भैरहवालगायत देशका विभिन्न स्थानमा करोडौँको काम ठेक्का परेको छ । मुलुकका विभिन्न पुराना नगरपालिकाहरू पुन:व्यवस्थित गर्नेलगायतका विभिन्न परामर्श सेवाको काम गरिरहेका उनी संलग्न कम्पनी मुलुककै ठूलो काम लिने कम्पनीमा पर्छ ।
उनले सरकारी सेवामा रहँदा रहँदै पेसागत काम छाडेर निजी कम्पनीको सेवा गर्न थालेकामा न सेनाभित्र कसैले प्रश्न उठाएको छ, न कसैले पदीय दुरुपयोग गर्दै हिँडेकामा सचेत गराएको छ । यसले गर्दा उनलाई नेपाली सेनाको माथिल्लो तहबाटै संरक्षण त छैन भन्ने प्रश्न उठेको छ । यस सम्बन्धमा सेनाको प्रतिक्रिया लिन सैन्य प्रवक्ता जगदीशचन्द्र पोखरेललाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन भने मेजर श्रेष्ठले यसबारे अनभिज्ञता प्रकट गर्दै बनिबनाउ जवाफ दिए । ‘म बहालवाला त हँु तर कन्सल्ट्यान्ट कम्पनीमा संलग्न छैन र यसबारे मलाई केही थाहा छैन’– उनले ‘बुधबार’लाई प्रतिक्रिया दिए । तर, उनी कार्यरत रहे पनि कार्यालयमा नआउने, धेरै अधिकारीहरूसँगै चिरपरिचित नै नभएको र सधैँजसो निजी काममा मात्र केन्द्रित भई तलब सुविधा बुझ्न मात्र जंगी अड्डा जाने गरेको सैन्य स्रोतले पुष्टि गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply