यसरी उठाउँदैछन् बामदेवले पैसा
२७ असार, काठमाडौं । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा प्रतिनिधि खरिदका लागि सत्ताको व्यापक दुरुपयोग भएको छ । केपी ओली समूवाट उपाध्यक्षका उम्मेद्वार बनेका गृहमन्त्री बामदेब गौतमले पैसा संकलनका लागि कार्यवाहक प्रधानमन्त्री भएकोे मौकाछोपी सक्दो मनपरी गर्दै आएका छन् ।
आज मात्रै गौतमले करोडौं रुपैया लिएर एसएसपी विजयलाल कायस्थलाई निमित्त प्रमुुख बनाएर एयरपोर्ट सरुवा गरेका छन् । नियमत एयरपोर्टपस्तो संवेदनशील ठाऊँमा निमित्ति बनाएर पठाउन मिल्दैन । गौतमले महाधिवेशनका लागि खर्च भएको रकम उठाउनकै लागि महानगरीय प्रहरी अपराध महाशाखामा रहेका कायस्थलाई त्यहाँ सरुवा गरेको स्रोतको दावी छ । उनी सुडान घोटला प्रकरणमा समेत मुछिएका थिए । एयरपोर्टमा कार्यरत् डिआईजी यादव अधिकारी सहितको टोलीलाई प्रहरी प्रधान कार्यलय नक्सालमा तानिएको छ । जगेडामा राखिएका पीआरधारी भरत सुवेदीलाई गत हप्ता मात्र गौतमले अर्थमन्त्रालय मा ल्याउने विादास्पद निर्णय गरेका थिए । त्यसमा पनि उनले मोटो रकमको चलखेल गरेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply