ज्येष्ठ सदस्यको भरमा संसदीय समितिसदस्यलाई नै थाहा छैन– बैठक कसले चलाउँछ
काठमाडौँ । नेकपा (एमाले)की सभासद् जीवनकुमारी घिमिरे व्यवस्थापिका संसद अन्तर्गतको वातावरण संरक्षण समितिमा छिन् । दुई–तीनपटक सो समितिको बैठक पनि बसिसकेको छ । तर, बैठकको अध्यक्षता कसले गरेको थियो भन्ने उनी बताउन सक्दिनन् । उनी दलको नाम र व्यक्तिको जीउडाल, आकार, प्रकार त बताउँछिन् तर नाम भन्न सक्दिनन् ।
घिमिरे मात्र होइन, अहिले धेरैजसो सभासद् यस्तै छ । ‘तपाईंको समितिको बैठकको अध्यक्षता कसले गरेको छ ?’ भनेर सोधियो भने धेरैको जवाफ घिमिरेको जस्तै आउँछ । सुरक्षा विशेष समितिमा रहेका सभासद् गणेशमान गुरुङले भने– ‘हाम्रो समितिको बैठक जम्मा एकचोटि बसेको थियो, सभामुखकै अध्यक्षतामा बसेको जस्तो लाग्छ, घर गएर डायरी नहेरी ठ्याक्कै भन्न सक्दिनँ ।’
व्यवस्थापिका–संसद् अन्तर्गत अहिले १२ वटा समिति छन् । तर, समिति गठन भएको चार महिना बितिसक्यो कुनै पनि समितिले सभापति चयन गर्न सकेका छैनन् । सभापति चयन गर्न नसक्दा ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गर्दै आएका छन् । ज्येष्ठ सदस्य भएकाले आफ्नो समितिको अध्यक्षता गर्ने व्यक्ति ‘अलिक बूढो–बूढो हुनुहुन्छ नि †’ त सबैले भन्छन् तर ठ्याक्कै नाम भन्न सक्दैनन् । सभासद् घिमिरेले भनिन्– ‘कांग्रेसको अलिक बूढो बूढो हुनुहुन्छ नि †’ को मानबहादुर विश्वकर्मा भन्ने प्रश्नमा उनले फेरि भनिन्– होइन, अर्कै गोरो, गोरो हुनुहुन्छ, सभासद् राजाराम स्याङ्तानलाई सोध्नूस् न †’ सभासद् स्याङ्तानले पनि आफ्नो समितिको अध्यक्षको नाम बताउन सकेनन् । फेरि सभासद् हरि उप्रेतीलाई सोधियो । उनले पनि भन्न सकेनन् । उप्रेतीले भने– ‘ज्येष्ठताका आधारमा अध्यक्षता गर्ने भनिएको थियो, यी पनि दुईवटा बैठकमा अनुपस्थित रहे, कसले गरेको छ भन्ने ठ्याक्क थाहा भएन ।’ उनले पनि सभासद् स्याङ्तानलाई नै सोध्नू भन्दै अप्ठ्यारो टारे ।
संसद् अन्तर्गत विधायन, सामाजिक न्याय तथा मानव अधिकार, कृषि तथा जलस्रोत, विकास, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण, राज्य व्यवस्था, वातावरण संरक्षण, सार्वजनिक लेखा, सुशासन तथा अनुगमन, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध, संसदीय सुनुवाइ र सुरक्षा विशेष गरी १२ वटा समिति छन् । अधिकांश समिति गत चैत २६ गते गठन भएका हुन् । सार्वजनिक लेखा समिति भने वैशाख १ गते गठन भएको हो । चैत २६ मा गठित समितिहरू पनि विभिन्न मितिमा गरी पटक–पटक पुन:गठित भइसकेका छन् । विधायन तथा जलस्रोत, विकास, वातावरण संरक्षण समिति दुई–दुईपटक पुन:गठित भइसकेका छन् भने राज्य व्यवस्था, सुशासन तथा अनुगमन, अर्थजस्ता अलिक महत्त्वपूर्ण मानिने समिति तीन–तीनपटक पुन:गठित भइसकेका छन् । तर पनि सभापतिको टुंगो लगाउन कुनै समितिले सकेका छैनन् ।
कुन समितिमा को ज्येष्ठ ?
सभापति चयन नभएसम्मका लागि सबै समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिरहेका छन् । अहिले विधायन समितिको सूर्यबहादुर थापा, कृषि तथा जलस्रोतको अमृतकुमार बोहरा, विकास समितिको केशवबहादुर बुढाथोकी, राज्य व्यवस्था समितिको चित्रबहादुर केसी, सार्वजनिक लेखा समितिको कुलबहादुर गुरुङ, अर्थसमितिको भरतमोहन अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको नारायणमान विजुक्छें, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सुवर्ण ज्वारचन, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याणको लक्ष्मण राजवंशी र संसदीय सुनुवाइ विशेष समितिको कुलबहादुर गुरुङले बैठकमा अध्यक्षता गर्ने गरेका छन् । सुरक्षा विशेष समितिको बैठक जम्मा एकपटक बसेको र त्यो बैठकको अध्यक्षता प्रधानमन्त्री सुशील कोइरालाले नै गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply