बाबुरामलाई बाटो खुला

काठमाडौं । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग सिधै जुध्न पनि डराउने, पछिल्तिर सिँगौरी खेल्न पनि नछाडन्े एमादोवादी नेता बाबुराम भट्टराईका लागि विस्तारै पार्टी विभाजनको बाटो खुला बन्दै आएको छ । उनले नयाँ शक्तिको आवश्यकता भन्दै बहस चलाइरहेका बेला पार्टी अनुसशासन उलंघन गरेको भन्दै नेतृत्वले उनीनिकट केही नेतालाई कारबाही गरेपछि सो समूह अब के गर्ने भन्ने छलफलमा जुटेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई पार्टी अनुशासन उल्लंघन गर्दै जिल्लामा समानान्तर कमिटी बनाएको भन्दै केन्द्रीय सदस्यबाट निलम्बन गरेको छ । भट्टराई प्रधानमन्त्री हुँदा श्रेष्ठ उनका प्रमुख स्वकीय सचिव थिए भने यादव प्रेस सल्लाहकार थिए । दुई नेताको कारबाहीपछि सो समूहबाट आउने प्रतिक्रिया हेरेर संस्थापन समूहले भट्टराईनिकट अरू नेतामाथि पनि कारबाही गर्ने तयारी गरेको स्रोतले बतायो । अबको कारबाहीको निशानामा सचिव टोपबहादुर रायमाझी र स्थायी समिति सदस्य देवेन्द्र पौडेल पर्ने बताइन्छ । उनीहरू दुवैलाई विधान स्मरण गराइसकिएको छ । पार्टी विधानमा लगातार तीन पटकसम्म बैठकमा उपस्थित नभएमा स्वत: पदमुक्त हुने व्यवस्था छ । तर, यी दुवै नेताले लगातार स्थायी समितिको बैठक बहिष्कार गर्दै आएका छन् ।
आफूनिकट नेताहरूमाथि भटाभट सुरु भएको कारबाहीले फुटको लागि बाटो खुला गरे पनि भट्टराई समूह कुनै निर्णयमा भने पुगिसकेको छैन । कारबाहीमा परेका नेता श्रेष्ठले बुधबारसित भने– ‘यसले हामीलाई निकै गम्भीर बनाएको छ, हामी छलफलकै क्रममा छांै, के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं ।’ पार्टी फुटको दिशामा गएको हो ? भन्ने प्रश्नमा उनले भने– ‘जे भएको छ, त्यो दु:खद् भएको छ, अरू कुरा पछि छलफल भएपछि भनांैला ।’
माओवादीमा दाहाल र भट्टराईको सम्बन्धलाई नजिकैबाट बुझेका वाम विश्लेषक मणि थापा माओवादी पार्टी नफुट्ने दाबी गर्छन् । पार्टी फुटाएर जाँदा पनि भट्टराईका लागि कुनै वैचारिक ‘स्पेस’ नहुने भएकाले पार्टी नफुट्ने उनको तर्क छ । थापाले भने– ‘पुँजीवाद आयो भन्ने बाबुरामको स्पेस एमालेले लिन्छ ।’ त्यसमाथि एक त ओरालो लागेको एमाओवादी त्यसमा झन् फुटेको पार्टी भनेपछि कोही पछि नलाग्ने थापाको ठम्याइ छ । यी दुई नेताको सम्बन्ध जहिल्यै पनि मिल्नका निम्ति चर्काउने खालको भएकाले यस पटक पनि त्यस्तै हुने उनी बताउँछन् । यिनको गनगन कति सुनिरहने ? अलिक बढी नै सम्झौं गरेर गए कि भनेर प्रचण्डले यस पटक पार्टीभित्र एउटा नियम र पद्घति बसाल्न कारबाहीको कदम चालेको हुनसक्ने थापा बताउँछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply