बाबुरामलाई बाटो खुला
काठमाडौं । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग सिधै जुध्न पनि डराउने, पछिल्तिर सिँगौरी खेल्न पनि नछाडन्े एमादोवादी नेता बाबुराम भट्टराईका लागि विस्तारै पार्टी विभाजनको बाटो खुला बन्दै आएको छ । उनले नयाँ शक्तिको आवश्यकता भन्दै बहस चलाइरहेका बेला पार्टी अनुसशासन उलंघन गरेको भन्दै नेतृत्वले उनीनिकट केही नेतालाई कारबाही गरेपछि सो समूह अब के गर्ने भन्ने छलफलमा जुटेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई पार्टी अनुशासन उल्लंघन गर्दै जिल्लामा समानान्तर कमिटी बनाएको भन्दै केन्द्रीय सदस्यबाट निलम्बन गरेको छ । भट्टराई प्रधानमन्त्री हुँदा श्रेष्ठ उनका प्रमुख स्वकीय सचिव थिए भने यादव प्रेस सल्लाहकार थिए । दुई नेताको कारबाहीपछि सो समूहबाट आउने प्रतिक्रिया हेरेर संस्थापन समूहले भट्टराईनिकट अरू नेतामाथि पनि कारबाही गर्ने तयारी गरेको स्रोतले बतायो । अबको कारबाहीको निशानामा सचिव टोपबहादुर रायमाझी र स्थायी समिति सदस्य देवेन्द्र पौडेल पर्ने बताइन्छ । उनीहरू दुवैलाई विधान स्मरण गराइसकिएको छ । पार्टी विधानमा लगातार तीन पटकसम्म बैठकमा उपस्थित नभएमा स्वत: पदमुक्त हुने व्यवस्था छ । तर, यी दुवै नेताले लगातार स्थायी समितिको बैठक बहिष्कार गर्दै आएका छन् ।
आफूनिकट नेताहरूमाथि भटाभट सुरु भएको कारबाहीले फुटको लागि बाटो खुला गरे पनि भट्टराई समूह कुनै निर्णयमा भने पुगिसकेको छैन । कारबाहीमा परेका नेता श्रेष्ठले बुधबारसित भने– ‘यसले हामीलाई निकै गम्भीर बनाएको छ, हामी छलफलकै क्रममा छांै, के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं ।’ पार्टी फुटको दिशामा गएको हो ? भन्ने प्रश्नमा उनले भने– ‘जे भएको छ, त्यो दु:खद् भएको छ, अरू कुरा पछि छलफल भएपछि भनांैला ।’
माओवादीमा दाहाल र भट्टराईको सम्बन्धलाई नजिकैबाट बुझेका वाम विश्लेषक मणि थापा माओवादी पार्टी नफुट्ने दाबी गर्छन् । पार्टी फुटाएर जाँदा पनि भट्टराईका लागि कुनै वैचारिक ‘स्पेस’ नहुने भएकाले पार्टी नफुट्ने उनको तर्क छ । थापाले भने– ‘पुँजीवाद आयो भन्ने बाबुरामको स्पेस एमालेले लिन्छ ।’ त्यसमाथि एक त ओरालो लागेको एमाओवादी त्यसमा झन् फुटेको पार्टी भनेपछि कोही पछि नलाग्ने थापाको ठम्याइ छ । यी दुई नेताको सम्बन्ध जहिल्यै पनि मिल्नका निम्ति चर्काउने खालको भएकाले यस पटक पनि त्यस्तै हुने उनी बताउँछन् । यिनको गनगन कति सुनिरहने ? अलिक बढी नै सम्झौं गरेर गए कि भनेर प्रचण्डले यस पटक पार्टीभित्र एउटा नियम र पद्घति बसाल्न कारबाहीको कदम चालेको हुनसक्ने थापा बताउँछन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply