अख्तियारमा प्रहरीको हालीमुहाली
निजामति असन्तुष्ट
काठमाडौं । भ्रष्टाचारसम्बन्धी दैनिक एउटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने लक्ष्य लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनुसन्धानको काममा प्रहरीमा निर्भर हुन थालेको छ । यसबाट निजामति कर्मचारी असन्तुष्ट देखिएका छन् ।
विगतमा निजामती कर्मचारीकै नेतृत्वको टीममले भ्रष्टाचारको छानबिन गर्ने र अनुसन्धानमा दोषी देखिएकालाई प्रहरीले पक्राउ गर्ने गरे पनि अहिले यो कामको अघिल्लो मोर्चामा प्रहरी खटिन थालेका छन् ।
अनुसन्धानको काममा प्रहरी अभ्यस्त भएकाले अख्तियारको काममा उनीहरूको सहयोगले बढी सहज हुने गरेको छ । त्यही भएर नै अहिले आयोगले प्रहरीतर्फको दरबन्दी पनि बढाएको छ । विगतमा प्रहरीतर्फ ४४ जनाको दरबन्दी भएकोमा अहिले ५८ जना बढाएर १ सय २ जना पुर्याइएको छ । यसको नेतृत्व डीआईजीले गर्छन्, जुन अहिले खाली छ । दुई जना एसएसपी योगेश्वर रोमखानी र यादव खनालसहित आठ जना डीएसपीसहित छन् । आयोगमा प्रहरीको छुट्टै महाशाखा छ । विगतमा सबै प्रहरी यही महाशाखामा मात्र हुन्थे । तर, अहिले सबै महाशाखामा प्रहरी खटाइएको छ । अनुसन्धानअन्तर्गत मात्र सात वटा महाशाखा छन् भने त्यसबाहेक मुद्दा तयारी, बहस पैरवी, मुद्दा पुनरावेदन तथा तामेली, अनुगमन, सम्पत्ति मूल्यांकन तथा विशेष अनुसन्धान महाशाखा पनि छन् । प्रहरीलाई सात वटा अनुसन्धान महाशाखामा खटाइएको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाले भने– ‘निजामती कर्मचारीभन्दा प्रहरी अनुसन्धानको काममा अभ्यस्त हुने भएकाले उनीहरूलाई खटाइएको होब्ग ।’
अनुसन्धानको प्रकृति, आकार र क्षेत्र हेरेर कहाँ प्रहरीको कुन दर्जाको मानिस जाने भन्ने तय हुने प्रवक्ता सापकोटाले बताए । उनले भने– ‘कुनै केसमा असई जाँदा नै हुन्छ, कहीँ एसएसपी नै जानुपर्छ ।’ खासगरी विमानस्थल, भन्सारजस्ता संवेदनशील ठाउँमा एसएसपी जाने गरेको उनले बताए । त्यसो त थुनुवा कक्षको सुरक्षाको जिम्मा पनि प्रहरी महाशाखाको हुने नै भयो ।
कस्तो छ थुनुवा कक्ष ?
आयोगको थुनुवा कक्ष सुविधासम्पन्न छ । एट्याच बाथरुम, लो बेड (पलङ), लचकदार मेट्ेरस जस्ता सुविधा थुनुवालाई भएको प्रवक्ता सापकोटाले बताए । आयोगले थुनुवा कक्षको क्षमता पनि बढाएको छ । पहिले ८ जना अट्ने थुनुवा कक्षमा अहिले त्यसको दोब्बर अट्नसक्ने बनाइको छ । अहिले सो कक्षमा १० लाख रुपियाा घुस लिादलिादै पक्राउ परेका सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिेसे, घुस लिादालिादै पक्राउ परेका जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा …………. र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पदमलाल देवकोटासहित १४ जना गरी १६ जनालाई राखिएको छ ।
भ्रष्टाचारको अभियोगमा पक्राउ परेकालाई आयोगले पक्राउ गरेको २४ घन्टाभित्र विशेष अदालटबाट म्याद लिएर थुन्न पाउने कानुनी व्यवस्था छ । त्यस्तै, अदालतले म्याद दिएमा बढीमा ६ महिनासम्म अभियुक्तलाई आयोगले आफ्नै थुनुवा कक्षमा राख्न सक्ने व्यवस्था पनि छ । उनले भने– ‘अहिले १६ जना छन् तर हरेक दिन नयाँ आउने, पुरानो जाने भइरहने, टुंगो हुँदैन ।’
कुन महाशाखाको भागमा के ?
आयोगका १५ महाशाखामध्ये सबैभन्दा महत्त्वपूर्ण महाशाखा अनुसन्धान महाशाखा नै हो । अनुसन्धानअन्तर्गतका सात वटा महाशाखामा पनि १ नं. महाशाखालाई अझै महत्त्वपूर्ण मानिन्छ । यो महाशाखाले गृह, सञ्चार, ऊर्जा, परराष्ट्र, सिँचाइजस्ता मन्त्रालयका साथै नेपाल ट्रस्ट, उपप्रधानमन्त्रीको कार्यालय पनि हेर्ने गर्छ । त्यस्तै, मुख्य–मुख्य मन्त्रालयमा २ नं. महाशाखाले अर्थ र भौतिक योजना, ३ नं. महाशाखाले कृषि र वन, ४ नं. महाशाखाले पर्यटन, ५ नं. महाशाखाले स्वास्थ्य, ६ नं. महाशाखाले शिक्षा र ७ नं. महाशाखाले स्थानीय विकास मन्त्रालयअन्तर्गत हुने अनियमितता हेर्ने गर्छन् ।
कामसँगै आलोचना
आयोगले पछिल्लो समयमा आफूलाई निकै सक्रिय बनाएको छ । तर, यो सक्रियतासँगै उसको आलोचना पनि कम भने आएको छैन । खासगरी, ठूलासँग डराउने र साना भ्रष्टाचारीलाई पक्रन उत्साहित हुने भन्दै आयोगको आलोचना हुने गरेको छ । तर, आयोगका प्रवक्ता सापकोटा यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्– ‘पहिलो कुरा त भ्रष्टाचार सानो र ठूलो भन्ने नै हुँदैन, दोस्रो कुरा बिगो रकमका आधारमा भनेको हो भने केही महिना अघि मात्र अर्ब रुपियाँभन्दा बढी घोटाला भएको नक्कली ट्रान्सफर्मर खरिदमा विद्युत् प्राधिकरणमा उच्च पदस्थ कर्मचारीलाई मुद्दा चलाइएको छ ।’
गत साउन महिनायता मात्र पनि आयोगले डेढ महिनाको अवधिमा ४० वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । यो भनेको पनि दिनमा करिब एउटा मुद्दाको अनुपात हुन आउँछ । तर, अघिल्लो वर्ष १ सय ६८ वटा मात्र मुद्दा दायर भएका थिए । जुन सरदर दुई दिनको एक अनुपातमा थियो । तर, अबबाट दिनको एकको अनुपात नघटाई सक्रियता बढाउने प्रवक्ता सापकोटाले बताए । तर, सक्रियता बढाए पनि विद्यालयका शिक्षक, कर्मचारी, निजामती सेवाका अधिकृतमुनिका कर्मचारीलाई बढी डामेको भन्दै आयोगको आलोचना पनि उत्तिकै हुने गरेको छ । त्यसबाहेक पछिल्लो समयमा दलीय पूर्वाग्रह साँधेर आयोगले कामकारबाही अगाडि बढाएको भन्दै असन्तुष्टि सार्वजनिक हुने गरेको छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply