३ मंसिर २०७१, बुधबार ०७:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल आज आउने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश फर्किनुहुने भएको छ । भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको १२५औं जन्म जयन्तीको अवसरमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ गत आइतबार नयाँ दिल्ली जानुभएको थियो ।
भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको निमन्त्रणामा त्यहाँ जानुभएका नेपालले विज्ञान भवनमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा विश्वका विभिन्न देशका ५४ जना अन्तराष्ट्रिय नेताहरूको सहभागिता थियो । नेपालबाट नेपाल र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा सहभागी हुनुहुन्थ्यो ।
नेता नेपाल आज दिउँसो ३:३० बजे जेट एयरवेजमार्फत स्वदेश फर्कने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply