पुष्पलाल प्रतिष्ठानमा पुन: नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा स्थापित पुष्पलाल स्मृति प्रष्ठिानको अध्यक्षमा पुन: नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभाले नेपालको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सभाले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा लक्ष्मीभक्त उपाध्याय, दुई उपाध्यक्षमा लोककृष्ण भट्टराई र विजयलाल श्रेष्ठ, सचिवमा गंगालाल तुलाधर र कोषाध्यक्ष मोहन केसीलाई निर्वाचित गरेको छ । त्यस्तै, सदस्यहरूमा ई अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, बेदुराम भुसाल, भानुभक्त ढकाल, रत्न महर्जन, विष्णु रिजाल, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई र सुरेश कार्कीलाई निर्वाचित गरेको छ ।
उक्त साधारण सभामा ३३ जना नेपाल कम्युनिस्ट पार्टीका पहिलो पुस्ताका वरिष्ठ वामपन्थी नेताहरूको संस्मरण सँगालिएको ‘फर्केर हेर्दा’ नामक पुस्तक विमोचन गरिएको थियो । सो कार्यक्रममा भरतमोहन अधिकारी, मोहनविक्रम सिंह, अरविन्द रिमाल, राधाकृष्ण मैनाली, हर्ष स्याङ्बो, लक्ष्मीभक्त उपाध्याय, हिरण्यलाल श्रेष्ठ, केशरमणि पोखरेल, सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारीलगायतका पुराना नेताहरूको उपस्थिति थियो । त्यसैगरी, पुष्पलाल स्मृति प्रतिष्ठानका चितवन जिल्ला शाखाका अध्यक्ष रामप्रसाद श्रेष्ठ, कास्की शाखाका अध्यक्ष विजयबाबु वनबासी, पुष्पलाल मेमोरियल कलेज, चाबहिलका केदारराज पुडासैनीलगायतका कमरेडहरू पर्यवेक्षकको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रतिष्ठान सचिव गंगालाल तुलाधरले प्रतिष्ठानको सांगठनिक प्रतिवेदन र आउँदो ३ वर्षीय कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रत्न महर्जनले आर्थिक प्रतिवेदन र आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply