पुष्पलाल प्रतिष्ठानमा पुन: नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा स्थापित पुष्पलाल स्मृति प्रष्ठिानको अध्यक्षमा पुन: नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभाले नेपालको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सभाले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा लक्ष्मीभक्त उपाध्याय, दुई उपाध्यक्षमा लोककृष्ण भट्टराई र विजयलाल श्रेष्ठ, सचिवमा गंगालाल तुलाधर र कोषाध्यक्ष मोहन केसीलाई निर्वाचित गरेको छ । त्यस्तै, सदस्यहरूमा ई अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, बेदुराम भुसाल, भानुभक्त ढकाल, रत्न महर्जन, विष्णु रिजाल, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई र सुरेश कार्कीलाई निर्वाचित गरेको छ ।
उक्त साधारण सभामा ३३ जना नेपाल कम्युनिस्ट पार्टीका पहिलो पुस्ताका वरिष्ठ वामपन्थी नेताहरूको संस्मरण सँगालिएको ‘फर्केर हेर्दा’ नामक पुस्तक विमोचन गरिएको थियो । सो कार्यक्रममा भरतमोहन अधिकारी, मोहनविक्रम सिंह, अरविन्द रिमाल, राधाकृष्ण मैनाली, हर्ष स्याङ्बो, लक्ष्मीभक्त उपाध्याय, हिरण्यलाल श्रेष्ठ, केशरमणि पोखरेल, सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारीलगायतका पुराना नेताहरूको उपस्थिति थियो । त्यसैगरी, पुष्पलाल स्मृति प्रतिष्ठानका चितवन जिल्ला शाखाका अध्यक्ष रामप्रसाद श्रेष्ठ, कास्की शाखाका अध्यक्ष विजयबाबु वनबासी, पुष्पलाल मेमोरियल कलेज, चाबहिलका केदारराज पुडासैनीलगायतका कमरेडहरू पर्यवेक्षकको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रतिष्ठान सचिव गंगालाल तुलाधरले प्रतिष्ठानको सांगठनिक प्रतिवेदन र आउँदो ३ वर्षीय कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रत्न महर्जनले आर्थिक प्रतिवेदन र आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply