सुशीलको आडमा सुजाताको रवाफ

काठमाडौं । प्रधानमन्त्रीकै सामुन्ने अरू कसैले ‘म प्रधानमन्त्री बनेर देखाइदिन्छु’ भन्ने चुनौती दिन्छ भने प्रधानमन्त्रीलाई नै अप्ठ्यारो महसुस हुनुपर्ने हो । तर, नातावादका अगाडि भने ती कुरा त्यति अपाच्य हुँदोरहेनछ । प्रधानमन्त्री सुशील कोइरालाकै अगाडि नेतृ सुजाता कोइरालाले यस्तो ठाडो च्ुानौती दिँदा पनि प्रधानमन्त्री कोइराला सुनेको नसुनेझैं गरी बसे ।
प्रसंग नेपाली कांग्रेसको गत सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकको हो । बैठक पार्टी कार्यालय नभएर प्रधानमन्त्री निवास बालुवाटारमै बसेको थियो । बैठकमा केही केन्द्रीय सदस्यहरूले प्रधानमन्त्रीको खुलेर आलोचना गरे । सबैभन्दा बढी आलोचना सार्क सम्मेलनका बेला सुजातालाई प्रथम महिला बनाएकोमा भएको थियो । संविधानसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै अनुशासन समितिले कारबाही सिफारिस गरको व्यक्तिलाई प्रधानमन्त्रीले प्रथम महिला बनाएर पुरस्कृत गरेको भन्दै केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे र रमेश रिजालले विरोध गरेका थिए । आफूलाई मोहरा बनाएर प्रधानमनत्रीको आलोचना गरेको नेतृ कोइरालाले एकछिन त सुनिरहेकी थिइन्, यसै पनि रिसाइहाल्ने स्वाभावकी उनी रिजाल र आङ्दम्बेमाथि खनिइन्– ‘म फस्ट लेडी बनेकोमा यत्रो रिस रहेछ, म प्रधानमन्त्री भएर फस्ट लेडा बनाएर देखाइदिन्छु ।’
केन्द्रीय समिति बैठकले अनुशासन समितिले कारबाहीको सिफारिस गरेकामध्ये संविधानसभा निर्वाचनमा बागी उम्मेदवार बनेकाबाहेकको कारबाही फुकुवा गरेको थियो । समितिले नेतृ कोइरालालाई पनि कारबाहीको सिफारिस गरेको थियो । तर, उनको कारबाही ३ महिनाका लागि भएकाले यसअघि नै सकिएको थियो । अनुशासन समितिका सदस्य सुरेन्द्रराज पाण्डेले भने–हामीले १ सय ८३ जनाको कारबाहीका लागि सिफारिस गरेका थियौं, तर १ वर्षको सजाय भएका र त्यो भुक्तान हुन बाँकी ३५–४० जना मात्र बाँकी थिए । सभासद् गणेश विमलीको कारबाही अवधि बाँकी नै थियो । त्यस्तै, पूर्व राज्यमन्त्री तथा मुस्ताङका अध्यक्ष सुशीलमान शेरचनको पनि कारबाही अवधि बाँकी नै थियो । तर, अब उनीहरू सबैको कारबाही मिनाहा भएको छ । बागी उम्मेदवार बनेका सुप्रभा घिमिरे, पूर्ण गुरुङ, विकास कोइरालालगायतको कारबाही भने फुकुवा भएको छैन । गत संविधानसभा निर्वाचनमा घिमिरे गगन थापाको, गुरुङ रामचन्द्र पौडेलको, कोइराला सुशील कोइरालाको बागी बनेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply