सुशीलको आडमा सुजाताको रवाफ
काठमाडौं । प्रधानमन्त्रीकै सामुन्ने अरू कसैले ‘म प्रधानमन्त्री बनेर देखाइदिन्छु’ भन्ने चुनौती दिन्छ भने प्रधानमन्त्रीलाई नै अप्ठ्यारो महसुस हुनुपर्ने हो । तर, नातावादका अगाडि भने ती कुरा त्यति अपाच्य हुँदोरहेनछ । प्रधानमन्त्री सुशील कोइरालाकै अगाडि नेतृ सुजाता कोइरालाले यस्तो ठाडो च्ुानौती दिँदा पनि प्रधानमन्त्री कोइराला सुनेको नसुनेझैं गरी बसे ।
प्रसंग नेपाली कांग्रेसको गत सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकको हो । बैठक पार्टी कार्यालय नभएर प्रधानमन्त्री निवास बालुवाटारमै बसेको थियो । बैठकमा केही केन्द्रीय सदस्यहरूले प्रधानमन्त्रीको खुलेर आलोचना गरे । सबैभन्दा बढी आलोचना सार्क सम्मेलनका बेला सुजातालाई प्रथम महिला बनाएकोमा भएको थियो । संविधानसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै अनुशासन समितिले कारबाही सिफारिस गरको व्यक्तिलाई प्रधानमन्त्रीले प्रथम महिला बनाएर पुरस्कृत गरेको भन्दै केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे र रमेश रिजालले विरोध गरेका थिए । आफूलाई मोहरा बनाएर प्रधानमनत्रीको आलोचना गरेको नेतृ कोइरालाले एकछिन त सुनिरहेकी थिइन्, यसै पनि रिसाइहाल्ने स्वाभावकी उनी रिजाल र आङ्दम्बेमाथि खनिइन्– ‘म फस्ट लेडी बनेकोमा यत्रो रिस रहेछ, म प्रधानमन्त्री भएर फस्ट लेडा बनाएर देखाइदिन्छु ।’
केन्द्रीय समिति बैठकले अनुशासन समितिले कारबाहीको सिफारिस गरेकामध्ये संविधानसभा निर्वाचनमा बागी उम्मेदवार बनेकाबाहेकको कारबाही फुकुवा गरेको थियो । समितिले नेतृ कोइरालालाई पनि कारबाहीको सिफारिस गरेको थियो । तर, उनको कारबाही ३ महिनाका लागि भएकाले यसअघि नै सकिएको थियो । अनुशासन समितिका सदस्य सुरेन्द्रराज पाण्डेले भने–हामीले १ सय ८३ जनाको कारबाहीका लागि सिफारिस गरेका थियौं, तर १ वर्षको सजाय भएका र त्यो भुक्तान हुन बाँकी ३५–४० जना मात्र बाँकी थिए । सभासद् गणेश विमलीको कारबाही अवधि बाँकी नै थियो । त्यस्तै, पूर्व राज्यमन्त्री तथा मुस्ताङका अध्यक्ष सुशीलमान शेरचनको पनि कारबाही अवधि बाँकी नै थियो । तर, अब उनीहरू सबैको कारबाही मिनाहा भएको छ । बागी उम्मेदवार बनेका सुप्रभा घिमिरे, पूर्ण गुरुङ, विकास कोइरालालगायतको कारबाही भने फुकुवा भएको छैन । गत संविधानसभा निर्वाचनमा घिमिरे गगन थापाको, गुरुङ रामचन्द्र पौडेलको, कोइराला सुशील कोइरालाको बागी बनेका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply