संविधान निर्माण लम्ब्याउन सुशील सक्रिय

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा काम गर्न थालेपछि अहिले व्यवसाय गर्नेहरू मर्कामा पर्न थालेका छन् । नेपाली कांग्रेसको पृष्ठभूमि भएका सुवेदीले विभागका शाखाहरूमा कांग्रेसी कर्मचारीहरूलाई हुलेर तीव्र रूपमा कांग्रेसीकरण गर्न थालेपछि त्यसको आलोचना हुन थालेको छ ।
विभागको ओरियन्टेसन शाखामा कांग्रेसी कर्मचारीहरूलाई मात्र भर्ती गरेका सुवेदीले अहिले विभिन्न ओरियन्टेसन संस्थाहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा दु:ख दिन थालेका छन् । कारबाहीमा परेका ओरियन्टेसन संस्थाहरूमध्ये कसैलाई आममाफी दिने र कसैलाई भने निर्देशिका मिचेर ६–६ महिनासम्म कारबाही गर्ने गरिएपछि सुवेदीले राजनीतिक पूर्वाग्रह साँचेको स्वत: देखिन्छ । कतिपय ओरियन्टेसन संस्थाहरूबाट मोटो रकम असुल्ने काममा पनि महानिर्देशक सुवेदीले आफ्ना सहयोगीहरूलाई परिचालित गरेका छन् ।
त्यसरी, रकम असुल्ने कार्यका लागि सुवेदीले ओरियन्टेसन शाखाका निर्देशक भेषराज कार्कीलाई नै निर्देशन दिने गरिएको पाइएको छ । कार्की कांग्रेसनिकट कर्मचारी भएको हुँदा र सुवेदीको कृपाले उक्त शाखाको जिम्मेवारी पाएको हुँदा उनलाई पैसा असुल्ने धन्दामा संलग्न गराइएको बताइन्छ । कार्कीपछि कमाउधन्दामा सक्रिय कांग्रेसको ट्ेरड युनियनका नेता तथा भ्रष्टाचार प्रकरणमा पटक–पटक मुछिएका विश्वबन्धु कार्की र नायब सुब्बा सूर्य रेग्मी संलग्न रहेको पाइएको छ । रेग्मीद्वयलाई पनि महानिर्देशक सुवेदीले नै पैसा उठाउने र राजनीतिक पूर्वाग्रहका आधारमा ओरियन्टेसन संस्थाहरूलाई कारबाही गर्न निर्देशन दिएको बताइन्छ ।
भूकम्पले अधिकांश ओरियन्टेसन संस्थाहरूलाई असर पुर्याएको छ । तर, महानिर्देशक सुवेदीले भने ओरियन्टेसन संस्थाहरूले भोग्नुपरेको समस्यालाई भन्दा पनि कसरी हुन्छ ती संस्थाहरूबाट पैसा असुल्ने र राजनीतिक पूर्वाग्रह राखेर कारबाही गर्ने हर्कत देखाएपछि अहिले व्यवसायीहरू सुवेदीको क्रियाकलापप्रति चकित परेका छन् । तर, गत वर्ष फागुनमा भने महानिर्देशक भएर आएलगत्तै सुवेदीले रकमको प्रलोभनमा परेर कारबाहीमा परेका ४१ वटा ओरियन्टेसन संस्थालाई आममाफी दिएका थिए । त्यतिबेला कारबाहीका लागि सिफारिस गरिएका ४१ ओरियन्टेसनलाई कारबाही नै नगरी आममाफी दिइएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply