संविधान निर्माण लम्ब्याउन सुशील सक्रिय
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा काम गर्न थालेपछि अहिले व्यवसाय गर्नेहरू मर्कामा पर्न थालेका छन् । नेपाली कांग्रेसको पृष्ठभूमि भएका सुवेदीले विभागका शाखाहरूमा कांग्रेसी कर्मचारीहरूलाई हुलेर तीव्र रूपमा कांग्रेसीकरण गर्न थालेपछि त्यसको आलोचना हुन थालेको छ ।
विभागको ओरियन्टेसन शाखामा कांग्रेसी कर्मचारीहरूलाई मात्र भर्ती गरेका सुवेदीले अहिले विभिन्न ओरियन्टेसन संस्थाहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा दु:ख दिन थालेका छन् । कारबाहीमा परेका ओरियन्टेसन संस्थाहरूमध्ये कसैलाई आममाफी दिने र कसैलाई भने निर्देशिका मिचेर ६–६ महिनासम्म कारबाही गर्ने गरिएपछि सुवेदीले राजनीतिक पूर्वाग्रह साँचेको स्वत: देखिन्छ । कतिपय ओरियन्टेसन संस्थाहरूबाट मोटो रकम असुल्ने काममा पनि महानिर्देशक सुवेदीले आफ्ना सहयोगीहरूलाई परिचालित गरेका छन् ।
त्यसरी, रकम असुल्ने कार्यका लागि सुवेदीले ओरियन्टेसन शाखाका निर्देशक भेषराज कार्कीलाई नै निर्देशन दिने गरिएको पाइएको छ । कार्की कांग्रेसनिकट कर्मचारी भएको हुँदा र सुवेदीको कृपाले उक्त शाखाको जिम्मेवारी पाएको हुँदा उनलाई पैसा असुल्ने धन्दामा संलग्न गराइएको बताइन्छ । कार्कीपछि कमाउधन्दामा सक्रिय कांग्रेसको ट्ेरड युनियनका नेता तथा भ्रष्टाचार प्रकरणमा पटक–पटक मुछिएका विश्वबन्धु कार्की र नायब सुब्बा सूर्य रेग्मी संलग्न रहेको पाइएको छ । रेग्मीद्वयलाई पनि महानिर्देशक सुवेदीले नै पैसा उठाउने र राजनीतिक पूर्वाग्रहका आधारमा ओरियन्टेसन संस्थाहरूलाई कारबाही गर्न निर्देशन दिएको बताइन्छ ।
भूकम्पले अधिकांश ओरियन्टेसन संस्थाहरूलाई असर पुर्याएको छ । तर, महानिर्देशक सुवेदीले भने ओरियन्टेसन संस्थाहरूले भोग्नुपरेको समस्यालाई भन्दा पनि कसरी हुन्छ ती संस्थाहरूबाट पैसा असुल्ने र राजनीतिक पूर्वाग्रह राखेर कारबाही गर्ने हर्कत देखाएपछि अहिले व्यवसायीहरू सुवेदीको क्रियाकलापप्रति चकित परेका छन् । तर, गत वर्ष फागुनमा भने महानिर्देशक भएर आएलगत्तै सुवेदीले रकमको प्रलोभनमा परेर कारबाहीमा परेका ४१ वटा ओरियन्टेसन संस्थालाई आममाफी दिएका थिए । त्यतिबेला कारबाहीका लागि सिफारिस गरिएका ४१ ओरियन्टेसनलाई कारबाही नै नगरी आममाफी दिइएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply