०४३ को चुनाव निस्क्रिय बहिस्कार

समितिमा वातावरण निर्दलीय व्यवस्था रहँदारहँदै पनि पहिलेभन्दा काफी सजिलो बन्दै थियो । बद्रीप्रसाद खतिवडालाई अध्यक्ष मानव अधिकार संरक्षण मञ्च भनी प्रकाश काफ्ले, सुशील प्याकुरेलहरूले टंकप्रसाद आचार्यको काठमाडौंस्थित घरको कम्पाउन्डभित्र विभिन्न बहुदलीयताको पक्ष लिने नेता कार्यकर्ताहरूको जनमघट पनि आयोजित गरिन थालिएको थियो ।
शिक्षकहरूको गैरसरकारी संस्था नेपाल राष्ट्रिय शिक्षण संगठन पनि खडा भए । काठमाडौंमा शिक्षकहरूको माग लिएर देशभरिबाट जम्मा भएर जुलुस प्रदर्शन गर्न थालिसकेको थियो । त्यसका नेताहरू हामीहरूसँग कुरा गर्दा भन्दथे, ‘बुझ्नुभयो, नेपालका शिक्षकहरूको सोलिडारिटी हो ।’ त्यस समय कम्युनिस्ट देशहरूमध्ये सिर्फ एक पोल्यान्डमा मजदुरहरूले स्वतन्त्र मजदुर संगठन बनाउने अधिकार प्राप्त गरेका थिए । त्यो संस्थाका नाम ‘सोलिडारिटी’ अर्थात् ऐयक्बद्धता थियो । यसमा पोल्यान्डका लाखौं मजदुरहरू सामेल थिए । पछि यसकै नेता लेसवालेसाले पोल्यान्डका राष्ट्रपतिको चुनाव पनि जितेका थिए । त्यसैगरी के कम्युनिस्ट, के कांग्ेरस, के अरू पार्टी वा स्वतन्त्र सबैखाले शिक्षकहरूको एउटै संगठन थियो । जसमा लगभग ६० हजार प्राथमिकदेखि हाइस्कुलहरूका शिक्षकहरू आबद्ध थिए । अनेरास्ववियुले पनि पहिलेझैं अब बढी मात्रामा जुलुस र आमसभाहरू आयोजना गर्न थालेको थियो ।
विराटनगर, धरान इत्यादिमा जुलुसहरू र सभाहरू विद्यार्थीहरूको आयोजनामा पहिलेदेखि नै भइरहेका थिए भने त्यसबखत हाइस्कुलमा रहेका पूर्वी मोरङको रंगेली बजार अनेरास्ववियुले सार्वजनिक स्थलमा आमसभा राखी बोलाउँदा म मुख्य वक्ताका रूपमा पुगें । अगाडिदेखि प्रचार गरी नेकपा (माले)ले चारैतिरका गाउँहरूबाट राम्रो मात्रामा मानिसहरू जम्मा गरेको थियो । तर उनीहरूसँग त्यसताका नाम चलेका वक्ताहरू थिएनन् । मदन भण्डारी र अरूहरू भूमिगत हुनुहुन्थ्यो । धरान, विराटनगरप्रति त्यसो गर्दा मैले उनीहरूका सभाहरूलाई सम्बोधन गरिसकेको थिएँ । तर, पहिले सार्वजनिक आमसभा हुँदा रंगेलीमा त्यताको टाढाटाढाका गाउँहरूबाट मान्छे आएका थिए । पहिले–पहिले विद्यार्थीहरूले स–सानो वक्तव्य दिन्थें । अनि त्यसपछि उद्घोषकले भन्थे– ‘अब आउँदै हुनुहुन्छ, तपाईंहरूको सामु अन्तिम वक्ताका रूपमा वामपन्थी नेता कमल कोइराला ।’ उनीहरू मलाई जहिले पनि कम्युनिस्ट नेता नभनेर ‘वामपन्थी नेता’ भनेर भन्थे । मलाई पनि केही राम्रो नै लाग्दथ्यो । म मनमनै सोच्दथें कि कम्युनिस्ट त यिनीहरू आफू छोडी कसैलाई मान्दै मान्दैनन् । खैर जे भनेर बोलाए पनि सम्बोधन त मेरै हुन्थ्यो । हामीहरू दुवैको आवश्यकता एकअर्काको पूरक थिए । हामीहरूका कार्यकर्ता उनीहरूको झैं गाउँगाउँ थिएन भने उनीहरूसँग पनि त्यस समय खुलारूपले प्रस्तुत हुन सक्ने र कुरा पुर्याउन सक्ने वक्ताहरू २०४३ सालमा पनि हाम्रो पार्टी नेकपा (माक्र्सवादी)ले चुनावको निष्क्रिय बहिष्कार गरेको थियो । तर, झापाबाट मसँग २०२८ देखि नै गोपालकृष्ण प्रसाईंको भद्रपुरस्थित घरको एउटा कोठामा बस्ने द्रोणाचार्य क्षेत्रीसँग राम्रो परिचय थियो । त्यसताका र त्यसपछि पनि द्रोणजीले सुस्ता महेशपुर आदिमा सिमाना मिचिएको विरोध प्रकट गर्दै रचनाहरू लेख्नुहुन्थ्यो । आज पनि मलाई लाग्दछ कि २०४३ मा नेकपा (माले)ले चुनावमा भाग लिएर राम्रो गर्यो । त्यसपछि काठमाडौं नगरपालिकाको स्थानीय चुनावमा नेपाली कांग्ेरससँग आबद्ध हरि गजुरेल र तीर्थराम डंंगोल क्रमश: मेयर र उपमेयरका रूपमा जित्नुभयो । उनीहरूले पनि बीपीको सपना साकार पार्छौं भन्दै चुनाव प्रचार गरेका थिए । देशका सहरी क्षेत्रहरूमा धेरै ठाउँ कि कांग्ेरस कि त आफूलाई जनपक्षीय भन्नेहरू साथै नारायणमान बिजुक्छे रोहित वा थाहाका रूपचन्द्र विष्टले समर्थन गरेका व्यक्तिहरू निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply