वैदेशिकमा दुई कांग्रेसीसँग भिड्दै सरोज

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी १७ गते हुने निर्वाचनमा सरोज पोखरेल समूह बलियो देखिएको छ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको नाममा आम व्यवसायीहरूको साथ र समर्थन लिएर चुनावी मैदानमा आएकाले पोखरेल समूहले विजयको नजिक पुगेको दाबी गरेको हो ।मञ्चको संस्थापक अध्ययक्ष हुनुका साथै आम व्यवसायीका हक हितका पक्षमा डटेर लाग्न सक्ने खुबीका कारण पोखरेल तमाम मेनपावर व्यवसायीबीच परिचित छन् । उनले विशुद्ध कांग्रेसी व्यवसायीहरूको समूह र कांग्रेस र एमाओवादीलगायत अन्य खिचडी व्यवसायीहरूको समूहसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । आधिकारिक कांग्रेसी टिमको नेतृत्व बिमल ढकालले गर्दै छन् भने बागी कांग्रेसी र एमाओवादीका तर्फबाट किरणकिशोर घिमिरेले गर्दै छन् । व्यवसायी जगत्मा ढकाल र घिमिरे दुवै बदनाम र आफ्नो मात्र दुनो सोझ्याउने व्यवसायीका रूपमा चिनिएका छन् ।
अझ अचम्मको कुरा त दुवै समूहलाई बोक्ने वैदेशिक रोजगारका अगुवाहरू भने व्यवसायीको अहितमा लागू हुन खोजेको मेडिकल जाँचमा बायोमेट्रिक प्रणली लागू गर्ने, मलेसियन दूतावासको भिसा शुल्क भीएलएन वृद्धि गर्ने व्यवसायीका रूपमा चिनिन्छन् ।
अहिले हंश वाग्लेले किरण किशोर घिमिरे समस्याको समर्थन गरिरहेका छन् भने तिलक रानाभाटले विमल ढकालको समर्थन गरिरहेका छन् । घिमिरे कांग्रेस निकट व्यवसायी फोरमको सल्लाहकार थिए । संगठनले टिकट दिन नसकेपछि आफ्नै संगठनविरुद्ध उनी लाखौं खर्च गरेर बागी रूपमा मैदानमा आएका छन् । घिमिरे पैसाको प्रभावमा दूतावासका कर्मचारी नै खरिद गरेर सबै काम एकलौटी आफूले लिन खोज्ने व्यक्तिका रूपमा बदनाम छन् । उनले मधुवन पौडेल दुबही र कुवेतको राजदूत हुँदा त्यसरी प्रभावमा पारेर एकलौटी काम लिएका थिए ।
प्रगतिशील तथा व्यावसायिक पक्षधरता लिने पोखरेल समूहबाट गोविन्द थपलिया प्रथम उपाधयक्ष, हरि पाण्डे द्वितीय उपाध्यक्ष, मुक्तिनाथ अधिकारी तृतीय उपाध्यक्ष, रोहन गुरुङ महासचिव, राजेन्द्र भण्डारी सचिव तथा हरिप्रसाद थापा कोषाध्यक्षका उम्मेदवारका रूपमा मैदानमा आएका छन् । त्यस्तै, सदस्यहरूमा जनक रावल, डिकबहादुर खत्री कुमार, रमिला ताम्राकार, गोविन्द कटुवाल, मिलन कट्टेल, रामहरि थापा, सचिन शेरचन, श्ुाक्र पाख्रिन, रोशन कटुवाल र सरस्वती गुरुङले उम्मेदवारी दिएका छन् ।
सो समूहले हालै सरकारले व्यवसायीको परामर्शबिना लागू गर्न खाजेको शून्य लागत उपयुक्त नै भए पनि गृहकार्यबिना लागू नगराउन दबाब दिने, वैदेशिक रोजगार ऐन परिमार्जन गर्न पहल गर्ने, व्यवसायीविरुद्ध भइरहेको चौतर्फी आक्रमणविरुद्ध क्रियाशील हुने एजेन्डा बोकेकाले विजय निश्चित भएको मञ्चका निवर्तमान अध्यक्ष टंक राउतले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply