वैदेशिकमा दुई कांग्रेसीसँग भिड्दै सरोज
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी १७ गते हुने निर्वाचनमा सरोज पोखरेल समूह बलियो देखिएको छ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको नाममा आम व्यवसायीहरूको साथ र समर्थन लिएर चुनावी मैदानमा आएकाले पोखरेल समूहले विजयको नजिक पुगेको दाबी गरेको हो ।मञ्चको संस्थापक अध्ययक्ष हुनुका साथै आम व्यवसायीका हक हितका पक्षमा डटेर लाग्न सक्ने खुबीका कारण पोखरेल तमाम मेनपावर व्यवसायीबीच परिचित छन् । उनले विशुद्ध कांग्रेसी व्यवसायीहरूको समूह र कांग्रेस र एमाओवादीलगायत अन्य खिचडी व्यवसायीहरूको समूहसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । आधिकारिक कांग्रेसी टिमको नेतृत्व बिमल ढकालले गर्दै छन् भने बागी कांग्रेसी र एमाओवादीका तर्फबाट किरणकिशोर घिमिरेले गर्दै छन् । व्यवसायी जगत्मा ढकाल र घिमिरे दुवै बदनाम र आफ्नो मात्र दुनो सोझ्याउने व्यवसायीका रूपमा चिनिएका छन् ।
अझ अचम्मको कुरा त दुवै समूहलाई बोक्ने वैदेशिक रोजगारका अगुवाहरू भने व्यवसायीको अहितमा लागू हुन खोजेको मेडिकल जाँचमा बायोमेट्रिक प्रणली लागू गर्ने, मलेसियन दूतावासको भिसा शुल्क भीएलएन वृद्धि गर्ने व्यवसायीका रूपमा चिनिन्छन् ।
अहिले हंश वाग्लेले किरण किशोर घिमिरे समस्याको समर्थन गरिरहेका छन् भने तिलक रानाभाटले विमल ढकालको समर्थन गरिरहेका छन् । घिमिरे कांग्रेस निकट व्यवसायी फोरमको सल्लाहकार थिए । संगठनले टिकट दिन नसकेपछि आफ्नै संगठनविरुद्ध उनी लाखौं खर्च गरेर बागी रूपमा मैदानमा आएका छन् । घिमिरे पैसाको प्रभावमा दूतावासका कर्मचारी नै खरिद गरेर सबै काम एकलौटी आफूले लिन खोज्ने व्यक्तिका रूपमा बदनाम छन् । उनले मधुवन पौडेल दुबही र कुवेतको राजदूत हुँदा त्यसरी प्रभावमा पारेर एकलौटी काम लिएका थिए ।
प्रगतिशील तथा व्यावसायिक पक्षधरता लिने पोखरेल समूहबाट गोविन्द थपलिया प्रथम उपाधयक्ष, हरि पाण्डे द्वितीय उपाध्यक्ष, मुक्तिनाथ अधिकारी तृतीय उपाध्यक्ष, रोहन गुरुङ महासचिव, राजेन्द्र भण्डारी सचिव तथा हरिप्रसाद थापा कोषाध्यक्षका उम्मेदवारका रूपमा मैदानमा आएका छन् । त्यस्तै, सदस्यहरूमा जनक रावल, डिकबहादुर खत्री कुमार, रमिला ताम्राकार, गोविन्द कटुवाल, मिलन कट्टेल, रामहरि थापा, सचिन शेरचन, श्ुाक्र पाख्रिन, रोशन कटुवाल र सरस्वती गुरुङले उम्मेदवारी दिएका छन् ।
सो समूहले हालै सरकारले व्यवसायीको परामर्शबिना लागू गर्न खाजेको शून्य लागत उपयुक्त नै भए पनि गृहकार्यबिना लागू नगराउन दबाब दिने, वैदेशिक रोजगार ऐन परिमार्जन गर्न पहल गर्ने, व्यवसायीविरुद्ध भइरहेको चौतर्फी आक्रमणविरुद्ध क्रियाशील हुने एजेन्डा बोकेकाले विजय निश्चित भएको मञ्चका निवर्तमान अध्यक्ष टंक राउतले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply