पञ्चायतमै खुल्ला वातावरण
![पञ्चायतमै खुल्ला वातावरण पञ्चायतमै खुल्ला वातावरण](https://ebudhabar.com/wp-content/uploads/2015/05/kamal-koirala.jpg)
विक्रम सम्बत् २०४२ सालको सत्याग्रह असफल भयो । यो सत्याग्रह लामो जान सकिरहेको थिएन । रामराजाप्रसाद सिंहको बमकाण्ड र आतंकवादी कारवाहीलाई बहाना बनाउँदै रोकियो । तर, शान्तिपूर्ण आन्दोलनहरु तुरुन्तै सफल नभए पनि तिनले केही न केही शक्ति भविष्यका लागि आर्जन गर्छन् । त्यो सत्याग्रह कांग्ेरसले आह्वान गरेको थियो । तर पनि कम्युनिस्ट नेताहरु मनमोहन अधिकारी, साहना प्रधान, तुलसीलाल अमात्य इत्यादिले भाग लिएर पक्राउ परेको घटनाले पञ्चायतका विरुद्ध काम गरिरहेको कांग्ेरससँग सौहाद्रता बढेको थियो । यो सत्याग्रहमा सहभागी नेताहरुले दुई तीन महिनाभन्दा बढी थुनामा रहनुपरेन । नेताहरु र कार्यकर्ताहरुको भेटघाट बढ्दै गयो ।
२०४३ भदौको अन्तिम साता विराटनगरमा पत्रकारहरुको गैरसरकारी संगठन सुचारु गर्न राष्ट्रियस्तरको सम्मेलन आयोजना भयो । केही समय अघिमात्र नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री रहँदा प्रकाशन बन्द मात्रै होइन, प्रतिशोध साँध्न मणिराज उपाध्यायको ‘समाज’, गोविन्द वियोगीको ‘मातृभूमि’, मदनमणी दीक्षितको ‘समीक्षा’ र रमेशनाथ पाण्डेको ‘नयाँ सन्देश’माथि प्रतिबन्ध लगाउनु साथै प्ेरसमै ताला लगाएर थप आयआर्जन गर्न समेतबाट बञ्चित गरिएको थियो । यी सबै अखवारहरुले प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र उनका मन्त्रीहरुको विरोधमा लेख्थे । ‘नयाँ सन्देश’ले त झन् बढी व्यंग्यात्मक रुपले उनलाई उडाउने गरेको थियो । फलस्वरुप, उनले ती अखबारमाथि बदला लिएका थिए ।
सम्पादक र अखवारहरुका विरुद्ध जेहाद छेड्ने नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल साह्रै छोटो रह्यो । तीन महिनाभित्रै राजा वीरेन्द्रले उनको राजीनामा मागे । त्यसपछि मरिचमान सिंह प्रधानमन्त्री बनाइए । त्यसको केही समय पछि पत्रकारहरुको सम्मेलन आयोजना भएको थियो ।
गोविन्द वियोगी र अरुहरुसँग विराटनगरमा भेट भयो । तर, रमेशनाथ पाण्डेलाई चाहिँ देखिनँ ।
यस प्रकार पत्रकारहरु फेरि पञ्चायती सरकारका अभिव्यक्ति र प्ेरस स्वतन्त्रताविरोधी चरित्र र क्रियाकलापका विरुद्ध संगठित रुपमा आए ।
विद्यार्थीहरुले पहिलेदेखि संगठनको स्वतन्त्रता लिएकै थिए । उनीहरुले सुस्ता, महेशपुरमा भारतीय सीमा अतिक्रमण र आसामका केही ठाउँबाट नेपालीहरुलाई धपाउने कार्यहरुका विरोधमा प्रदर्शनहरु गरे ।
०४३ को मंसिरमा प्र. नेपाली कांग्ेरसका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम आयोजना भयो । यो तीन दिनसम्म चल्यो । पार्टीहरु प्रतिबन्धित रहे पनि उनीहरुको अस्तित्व र संगठन राजा वीरेन्द्रका पालामा स्वीकृत सरह भयो र उनीहरुले बन्द कोठा, हल वा पन्डालमै भए पनि कार्यक्रमहरु सञ्चालन गर्न पाएय । जुन महेन्द्रका पालामा सम्भव थिएन । यसो गर्न खोजे अग्रिम रुपले नै धरपकड र लामो थुनामा रहनुपर्ने हुन्थ्यो । यस कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सयौं कार्यकर्ता भेला भएका थिए । यसलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले सम्बोधन गरेका थिए ।
०४३ सालमा कम्युनिस्ट पार्टी र नेपाली कांग्ेरसबीच कार्यगत एकता हुनुपर्ने कुरा उठ्न थाले । नेपाली कांग्ेरस पहिले ०३८ देखि नै वीरेन्द्रले बालिग मताधिकारवाला चुनाव दिएपछि पञ्चायती वर्गीय संगठनका सदस्य हुनैपर्ने शर्तमात्र उठाई दिए मात्र पनि चुनावी प्रतिस्पर्धामा आउन तयार थियो । तर, पञ्चहरुको निजी स्वार्थले कांग्ेरसलाई चुनावमा भाग लिन दिए उनीहरु व्यापकरुपले हार्ने देखी त्यसो हुन दिएनन् । तर, भूमिगत नेकपा (माले) जनपक्षीय भन्दै बालिग मताधिकारवाला चुनावमा प्रतिस्पर्धा गरेर केही ठाउँ जितेर साथीहरुलाई राष्ट्रिय पञ्चायतमा पुर्याउन सफल भयो । मलाई लाग्छ– तत्कालीन नेकपा (माले)को यो व्यवहारवादी राजनीतिले उनीहरुलाई बहिस्कार गर्ने कम्युनिस्ट पार्टीहरुभन्दा बढी फाइदा नै पुर्यायो । जनपक्षीय सदस्यहरुका देखादेख अरु केही रापंसहरु पनि जनतामा लोकप्रियता आर्जित गर्न प्रत्यक्ष र अप्रत्यक्षरुपले आफूले बहुदल चाहेको अभिव्यक्ति दिन थाले ।
अर्कोतिर जनपक्षीय भनिएका रापंसहरुले ठाउँठाउँमा आयोजित कार्यक्रमहरुमा गई आफ्नो कुराहरु राख्ने काम पनि बराबर गर्न थाले । यसबाट पार्टी र उनीहरुलाई फाइदा नै भयो ।
०४३ चैतमा काठमाडौंमा नेपाली कांग्ेरसले पनि बालिग मताधिकारयुक्त काठमाडौं नगरपालिकाको चुनावमा भाग लियो र यस पार्टीका हरिबोल भट्टराई मेयर र तीर्थराम डंगोल उपमेयरमा निर्वाचित भए ।
०४३ सालको अन्त हुँदा नहुँदै ०१७ पुस १ गतेदेखिको ठूलो धरपकड र लामा–लामा थुनाका दिनहरु धेरै हटिसकेका थिए । आमजनतामा पनि १५/१६ वर्षपछि डर–त्रास धेरै घटिसकेको थियो ।
सम्बन्धित समाचार
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
-
देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
-
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
-
काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
-
झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply