निर्वाचित र महिला सभासद् हिस्स
काठमाडौँ । संविधानसभाको निर्वाचन भएको डेढ वर्षपछि एमालेको संसदीय दलको सचेतकमा गोकुल घर्ती नियुक्त भएपछि एमालेका प्रत्यक्ष निर्वाचित सभासद् र महिला हिस्स परेका छन् । ७५ जना निर्वाचित सभासद्लाई हिस्स पार्दै दलका नेता केपी ओलीले गत साता समानुपातिकतर्फका सभासद् घर्तीलाई सचेतक नियुक्त गरेका थिए ।
यसअघि प्रमुख सचेतकमा पोलिट्ब्युरो सदस्य अग्निप्रसाद खरेललाई नियुक्त गरिएको थियो । उनी एमालेका दुवै सूचीका सभासद् नभई मन्त्रिपरिषद्बाट मनोनयन गरिएका व्यक्ति हुन् । दलको नेता र प्रमुख सचेतक पुरुष भएपछि कम्तीमा सचेतक महिला हुने अनुमानलाई हावा खुवाउँदै ओलीले गुटभक्तिका आधारमा घर्तीलाई नियुक्त गरेको एमाले सभासद्हरूले बताएका छन् । उनलाई सचेतक नियुक्त गर्दा पार्टीका कुनै निकायमा छलफल गर्नु त परै जाओस्, प्रमुख नेताहरूबीच समेत कुनै परामर्श नभएको थाहा भएको छ ।
यसैबीच, एमाले उपाध्यक्ष विद्या भण्डारीले स्थायी समितिको गत साता सम्पन्न बैठकमा घर्तीलाई सचेतक नियुक्त गरिएको आपत्ति प्रकट गरेकी थिइन् । उनले महिलालाई किन नबनाएको भनेर प्रश्न गरे पनि अध्यक्ष ओली मौन बसेको स्थायी समितिका एक सदस्यले बताए । उसो त एमालेमा निर्वाचित सभासद्को अपमान गरिएको यो नै पहिलो पटक चाहिँ होइन । यसअघि १० जना मन्त्री पठाउँदा ६ जना अनिर्वाचितलाई पठाएर सभासद्हरूको हुर्मत लिइएको थियो । तीमध्ये पनि बाजुराबाट निर्वाचित कर्णबहादुर थापा र सुनसरीबाटनिर्वाचित भीमप्रसाद आचार्यलाई कुनै निकायमा छलफलै नगरी बर्खास्त गरेर गत संविधानसभको निर्वाचनमा जनताबाट र महाधिवेशनमा कार्यकर्ताबाट पराजित महेश बस्नेत र जीवनक कहिल्यै चुनाव नलडेका दीपकचन्द्र अमात्यलाई मन्त्री बनाउँदा पनि सभासद् हिस्स परेका थिए । १० जना मन्त्रीमध्ये तीन जना वामदेव गौतम, पुरुषोत्तम पौडेल र कृपासुर शेर्पा मात्र निर्वाचित सभासद् छन् ।
सम्बन्धित समाचार
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- प्रधानमन्त्री ओलीले पठाए मोदीलाई नेपाल भ्रमणको निम्तो
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
Leave a Reply