निर्वाचित र महिला सभासद् हिस्स
काठमाडौँ । संविधानसभाको निर्वाचन भएको डेढ वर्षपछि एमालेको संसदीय दलको सचेतकमा गोकुल घर्ती नियुक्त भएपछि एमालेका प्रत्यक्ष निर्वाचित सभासद् र महिला हिस्स परेका छन् । ७५ जना निर्वाचित सभासद्लाई हिस्स पार्दै दलका नेता केपी ओलीले गत साता समानुपातिकतर्फका सभासद् घर्तीलाई सचेतक नियुक्त गरेका थिए ।
यसअघि प्रमुख सचेतकमा पोलिट्ब्युरो सदस्य अग्निप्रसाद खरेललाई नियुक्त गरिएको थियो । उनी एमालेका दुवै सूचीका सभासद् नभई मन्त्रिपरिषद्बाट मनोनयन गरिएका व्यक्ति हुन् । दलको नेता र प्रमुख सचेतक पुरुष भएपछि कम्तीमा सचेतक महिला हुने अनुमानलाई हावा खुवाउँदै ओलीले गुटभक्तिका आधारमा घर्तीलाई नियुक्त गरेको एमाले सभासद्हरूले बताएका छन् । उनलाई सचेतक नियुक्त गर्दा पार्टीका कुनै निकायमा छलफल गर्नु त परै जाओस्, प्रमुख नेताहरूबीच समेत कुनै परामर्श नभएको थाहा भएको छ ।
यसैबीच, एमाले उपाध्यक्ष विद्या भण्डारीले स्थायी समितिको गत साता सम्पन्न बैठकमा घर्तीलाई सचेतक नियुक्त गरिएको आपत्ति प्रकट गरेकी थिइन् । उनले महिलालाई किन नबनाएको भनेर प्रश्न गरे पनि अध्यक्ष ओली मौन बसेको स्थायी समितिका एक सदस्यले बताए । उसो त एमालेमा निर्वाचित सभासद्को अपमान गरिएको यो नै पहिलो पटक चाहिँ होइन । यसअघि १० जना मन्त्री पठाउँदा ६ जना अनिर्वाचितलाई पठाएर सभासद्हरूको हुर्मत लिइएको थियो । तीमध्ये पनि बाजुराबाट निर्वाचित कर्णबहादुर थापा र सुनसरीबाटनिर्वाचित भीमप्रसाद आचार्यलाई कुनै निकायमा छलफलै नगरी बर्खास्त गरेर गत संविधानसभको निर्वाचनमा जनताबाट र महाधिवेशनमा कार्यकर्ताबाट पराजित महेश बस्नेत र जीवनक कहिल्यै चुनाव नलडेका दीपकचन्द्र अमात्यलाई मन्त्री बनाउँदा पनि सभासद् हिस्स परेका थिए । १० जना मन्त्रीमध्ये तीन जना वामदेव गौतम, पुरुषोत्तम पौडेल र कृपासुर शेर्पा मात्र निर्वाचित सभासद् छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply