निर्वाचित र महिला सभासद् हिस्स
काठमाडौँ । संविधानसभाको निर्वाचन भएको डेढ वर्षपछि एमालेको संसदीय दलको सचेतकमा गोकुल घर्ती नियुक्त भएपछि एमालेका प्रत्यक्ष निर्वाचित सभासद् र महिला हिस्स परेका छन् । ७५ जना निर्वाचित सभासद्लाई हिस्स पार्दै दलका नेता केपी ओलीले गत साता समानुपातिकतर्फका सभासद् घर्तीलाई सचेतक नियुक्त गरेका थिए ।
यसअघि प्रमुख सचेतकमा पोलिट्ब्युरो सदस्य अग्निप्रसाद खरेललाई नियुक्त गरिएको थियो । उनी एमालेका दुवै सूचीका सभासद् नभई मन्त्रिपरिषद्बाट मनोनयन गरिएका व्यक्ति हुन् । दलको नेता र प्रमुख सचेतक पुरुष भएपछि कम्तीमा सचेतक महिला हुने अनुमानलाई हावा खुवाउँदै ओलीले गुटभक्तिका आधारमा घर्तीलाई नियुक्त गरेको एमाले सभासद्हरूले बताएका छन् । उनलाई सचेतक नियुक्त गर्दा पार्टीका कुनै निकायमा छलफल गर्नु त परै जाओस्, प्रमुख नेताहरूबीच समेत कुनै परामर्श नभएको थाहा भएको छ । यसैबीच, एमाले उपाध्यक्ष विद्या भण्डारीले स्थायी समितिको गत साता सम्पन्न बैठकमा घर्तीलाई सचेतक नियुक्त गरिएको आपत्ति प्रकट गरेकी थिइन् । उनले महिलालाई किन नबनाएको भनेर प्रश्न गरे पनि अध्यक्ष ओली मौन बसेको स्थायी समितिका एक सदस्यले बताए । उसो त एमालेमा निर्वाचित सभासद्को अपमान गरिएको यो नै पहिलो पटक चाहिँ होइन । यसअघि १० जना मन्त्री पठाउँदा ६ जना अनिर्वाचितलाई पठाएर सभासद्हरूको हुर्मत लिइएको थियो । तीमध्ये पनि बाजुराबाट निर्वाचित कर्णबहादुर थापा र सुनसरीबाटनिर्वाचित भीमप्रसाद आचार्यलाई कुनै निकायमा छलफलै नगरी बर्खास्त गरेर गत संविधानसभको निर्वाचनमा जनताबाट र महाधिवेशनमा कार्यकर्ताबाट पराजित महेश बस्नेत र जीवनक कहिल्यै चुनाव नलडेका दीपकचन्द्र अमात्यलाई मन्त्री बनाउँदा पनि सभासद् हिस्स परेका थिए । १० जना मन्त्रीमध्ये तीन जना वामदेव गौतम, पुरुषोत्तम पौडेल र कृपासुर शेर्पा मात्र निर्वाचित सभासद् छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
-
निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
-
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply