निर्वाचित र महिला सभासद् हिस्स
काठमाडौँ । संविधानसभाको निर्वाचन भएको डेढ वर्षपछि एमालेको संसदीय दलको सचेतकमा गोकुल घर्ती नियुक्त भएपछि एमालेका प्रत्यक्ष निर्वाचित सभासद् र महिला हिस्स परेका छन् । ७५ जना निर्वाचित सभासद्लाई हिस्स पार्दै दलका नेता केपी ओलीले गत साता समानुपातिकतर्फका सभासद् घर्तीलाई सचेतक नियुक्त गरेका थिए ।
यसअघि प्रमुख सचेतकमा पोलिट्ब्युरो सदस्य अग्निप्रसाद खरेललाई नियुक्त गरिएको थियो । उनी एमालेका दुवै सूचीका सभासद् नभई मन्त्रिपरिषद्बाट मनोनयन गरिएका व्यक्ति हुन् । दलको नेता र प्रमुख सचेतक पुरुष भएपछि कम्तीमा सचेतक महिला हुने अनुमानलाई हावा खुवाउँदै ओलीले गुटभक्तिका आधारमा घर्तीलाई नियुक्त गरेको एमाले सभासद्हरूले बताएका छन् । उनलाई सचेतक नियुक्त गर्दा पार्टीका कुनै निकायमा छलफल गर्नु त परै जाओस्, प्रमुख नेताहरूबीच समेत कुनै परामर्श नभएको थाहा भएको छ । यसैबीच, एमाले उपाध्यक्ष विद्या भण्डारीले स्थायी समितिको गत साता सम्पन्न बैठकमा घर्तीलाई सचेतक नियुक्त गरिएको आपत्ति प्रकट गरेकी थिइन् । उनले महिलालाई किन नबनाएको भनेर प्रश्न गरे पनि अध्यक्ष ओली मौन बसेको स्थायी समितिका एक सदस्यले बताए । उसो त एमालेमा निर्वाचित सभासद्को अपमान गरिएको यो नै पहिलो पटक चाहिँ होइन । यसअघि १० जना मन्त्री पठाउँदा ६ जना अनिर्वाचितलाई पठाएर सभासद्हरूको हुर्मत लिइएको थियो । तीमध्ये पनि बाजुराबाट निर्वाचित कर्णबहादुर थापा र सुनसरीबाटनिर्वाचित भीमप्रसाद आचार्यलाई कुनै निकायमा छलफलै नगरी बर्खास्त गरेर गत संविधानसभको निर्वाचनमा जनताबाट र महाधिवेशनमा कार्यकर्ताबाट पराजित महेश बस्नेत र जीवनक कहिल्यै चुनाव नलडेका दीपकचन्द्र अमात्यलाई मन्त्री बनाउँदा पनि सभासद् हिस्स परेका थिए । १० जना मन्त्रीमध्ये तीन जना वामदेव गौतम, पुरुषोत्तम पौडेल र कृपासुर शेर्पा मात्र निर्वाचित सभासद् छन् ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply