पत्रकारिताको इतिहासमा कैयौं नाम
विमर्शका सम्पादक पद्म ठकुराठी बैंककबाट फर्के । तर, उनको टाउकोको अगाडि भागमा निधारमा खाल्टो देखिने गरी र एउटा आँखा गुमाएर फर्के । ज्यान जोगियो । जीवन रह्यो, त्यही सबैभन्दा ठूलो कुरा भयो ।
पत्रकारहरू स्वाभाविक रूपले भ्रष्टाचारविरोधी हुन्छन् र जनतामाथि अन्यायका विरुद्ध पनि उभिन पुग्दछन् । पत्रकारहरू पाठक जनताभन्दा अलग भएर रहन र बाँच्न सक्दैनन् । सत्ताधारीहरूको सत्ता दुरुपयोग, जनविरोधी कार्यहरू, ठूला उच्च पदस्थहरूले व्यक्तिगत स्वार्थका लागि देशको अहित गर्ने कार्यहरूको भन्डाफोर पत्रकारिताको आवश्यकता हुन्छ । फौजदारीका साना अपराधीदेखि व्यक्तिगत स्वार्थका लागि देश र समाजमा अहित गर्ने ठूला राजनीतिक अपराधीहरू साँचो र सक्कली चित्रण जनताले खोज्दछन् । जनताको सत्य जान्न चाहनेको परिपूर्ति पत्रकारहरूको पेसा हुन्छ । म देख्दछु कि कुनै विशेष सत्ताधारीको निकट र उसको आलोचना नगर्ने पत्रकारहरू पनि सत्तामा रहेका अरूहरूको आलोचना र भण्डाफोर गर्दछन् । किन ? किनभने त्यो पाठकहरूको अभिरुचि र जिज्ञासाको विषय हुन्छ । जति ठूलो मान्छेको गलत काम वा अपराधको भण्डाफोर गर्न सक्यो पत्रकार त्यति प्रसिद्ध हुन्छ । अमेरिकाको महाबली बहालवाला राष्ट्रपति रिचार्ड निक्सन जस्तो आफ्नो समयको संसारकै सबैभन्दा शक्तिशाली व्यक्तिको र उनको एटर्नी जनरलजस्ता उच्च पदस्थ व्यक्तिहरू दुइटा त्यतिबेला त्यति सानो नाम चलि नसकेका पत्रकार बुडवार्ड र बर्नस्टिन दुईले पर्दाफास गर्दा त्यस्तो जनमत देशमा बन्यो कि पदावधि रहँदारहँदै राष्ट्रपति पदबाट हट्नुपर्यो । पत्रकारहरू जनमतको सिर्जना गर्दछन् । सत्ता वा अधिकारको दुरुपयोग गर्ने व्यक्तिलाई जनमतले घचेट्न थाल्यो भने अड्न टिक्न सक्दैन । पञ्चायती शासनसत्ताको एक हस्ती बेलाबेला प्रधानमन्त्री हुने सूर्यबहादुर थापानिकट मानिने पत्रकार पदम ठकुराठीलाई उनको साप्ताहिकको लेखाइहरूले त्यही पञ्चायत शासनसत्ताको अर्को हिस्साको ज्यान नै मार्नुपर्नेलायक शत्रु देख्यो । तर टाउकोमा गोली खाए पनि पदम ठकुराठीको मृत्यु भएन, उनलाई जोगाउन चाहने प्रतिशक्ति उनलाई इलाज गराएर काठमाडौं फर्कियो । नेपालको पत्रकारिताको इतिहासमा कैयौं नाम विशेष प्रकारले दर्ज छन् ती नामहरूमध्ये वि.सं. २०४३ मा पदम ठकुराठी पनि नाम दर्ज भयो ।
पञ्चायती व्यवस्थाको भ्रष्टाचार र अत्याचारको त्यसभित्रै रहेका व्यक्तिहरूद्वारा पनि भयो । एउटा दुइटा पत्रपत्रिका वा पत्रकारहरू पक्षपाती पनि हुन सक्लान् तर प्ेरस र सञ्चार समाज पक्षपाती हुन सक्दैन किनभने यो विविधता र व्यापकतासाथ हुन्छ । यसरी वि.सं. २०४३ बितिरहेको थियो । २०४३/०४४ तिरको काठमाडौंमा अर्को उल्लेख्य घटना वि.सं. २०४४ कात्तिक १६ देखि १८ (नोभेम्बर २ देखि ४, १९८७) को सार्क शीर्ष सम्मेलन थियो । तर, शीर्ष सम्मेलनभन्दा बढी चर्चित घटना भारतीय प्रधानमन्त्री राजीव पत्नी सोनिया गान्धीले इटालियन मूलकी क्रिश्चियन हुँदा पशुपतिनाथको मन्दिर छिर्ने अनुमति पाइनन् ।
पशुपतिनाथको मन्दिरमा हिन्दू धर्मावलम्बीअन्तर्गत बुद्ध, जैन, शिख इत्यादि मानिँदै आएका छन् । राजीव गान्धीकी माता भारतका सर्वप्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी इन्दिरा गान्धीलाई स्वयम् भारतमै उडिसामा पर्ने जगन्नाथ मन्दिरमा जानबाट त्यहाँका पुजारीहरूले पारसीसँग बिहा गरेको भनी भित्र जान नदिएको घटना पनि भारतमै भइसकेको पृष्ठभूमिको जानकारी राजीव र सोनियालाई अवश्य थियो होला किनभने प्रधानमन्त्रीको जानकारी भनेको भारतको सरकारको जानकारी हुन्छ । त्यस समय पनि पशुपतिनाथका पुजारी भारतीय द्रबिड बाहुनहरू नै थिए । धेरै वर्षअघि जवाहरलाल नेहरू चाहिँ पशुपतिनाथ मन्दिर हेर्न गए । तर, जब पुजारीले उनको निधारमा चन्दनको टीका लगाउन खोजे उनले भारतीय राजदूत सीपीएन सिंहतिर हेरेर हकार्दै भने– ‘क्या हम पूजा करते हैं ?’ र टीका नलगाई मुन्टो बटारेर हिँडे । नेहरूलाई आफ्नो धार्मिक कट्टरताविहीन धर्म निरपेक्ष छवि भारतीय जनता र विश्वसमक्ष राख्नु थियो ।प्रधानमन्त्री इन्दिरा गान्धी नेपाल आउँदा उनले पशुपतिनाथ हेर्न इच्छा प्रकट गरिनन् । जगन्नाथ मन्दिरमा प्रवेश गर्न रोकिएको सम्झना थियो होला ।
पहिलेदेखि नै महाराजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजीव गान्धीमाझ वि.सं. २०४२ मा उनी र ऐश्वर्या चढेको गाडी केही सेकेन्डको फरकले ठूलो शक्तिशाली विस्फोट हुनबाट जोगिएदेखि नै खराब थियो । दरबारीया तत्कालीन गुप्त अनुमानहरूले यो घटनालाई भारतीय गुप्तचर एजेन्सीहरूको काम नै मानेको थियो । यो विषय पहिले २०४२ का घटनाक्रमताकाकै प्रसंगमा यसै बुधबारका केही अंकहरू अगाडि प्रकाशित छ । त्यसैले यहाँ नदोहोर्याउँ ।
पछि विस्तारमा र अहिले संक्षेपमा यति भनौं २०४२ देखि नै नराम्रो रहेको वीरेन्द्र र राजीव सम्बन्ध पछि झन्–झन् कटुतापूर्ण हुँदै गएको पाइन्छ । राजीवको प्रधानमन्त्रीकालमा मेघालय, आसाम र अरू प्रान्तहरूबाट पनि नेपालीहरूलाई डिपोर्ट गर्ने घटनाहरूले थप दुई देशमाझ झन् नराम्रो वातावरण भयो । चीनसँग वीरेन्द्रद्वारा हतियार किन्ने काम र चीनद्वारा त्यसको काठमाडौं कोदारी राजमार्ग हुँदै सप्लाई हुन थाल्यो । भारतीय सरकारले व्यापार पारवहन दुवै सम्झौताहरू समाप्त भएको घोषणा गर्यो । नेपाल आउने मट्टितेल, डिजेल, पेट्रोल, ग्यास सबैको आपूर्ति बन्द गरियो । कोलाकाता बन्दरगाहको विदेशबाट हुने आयात र नेपालबाट विदेश हुने निर्यात रोकियो । संयोगले यसको सेरोफेरोमा राजीव गान्धीको चीन भ्रमण भयो र दङ स्याओ पिङसँग कुराकानीमा नेपाल विषय पनि कुरा भएको हल्ला चल्यो । नेपालको राजनीति र स्वयम् राजपरिवारमै पनि नयाँ कुराहरू देखिन थाले ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply