अख्तियारमा कसरी हुन्छ अधिकांश मुद्दा तामेली ?
० शिक्षा मन्त्रालयका उपसचिव उपेन्द्र मण्डलले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको मुद्दामा आयभन्दा व्यय न्यून देखिँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको हालसम्मको अनुसन्धानबाट नदेखिएकाले पछि कहीँकतैबाट अन्य थप प्रमाणहरू फेला परी पुष्टि हुन आएका बखत कानुनबमोजिम हुने हुँदा आयोगको मिति २०७०–४ ११ को निर्णयअनुसार तामेलीमा राखिएको ।
० नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक महेन्द्रसिंह रावलले अकुत सम्पत्ति कमाएको भन्ने सम्बन्धमा परेको उजुरीमा अन्य आय समेतलाई जोडी हेर्दा निजको आय–व्ययको अवस्था धनात्मक नै देखिएकाले निजले आर्थिक घोटाला गरी अकुत सम्पति आर्जन गरेको भनी पुष्टि हुन सक्ने अवस्था नदेखिएकाले पछि कहीँकतैबाट थप प्रमाण प्राप्त हुन आएमा कारबाही हुन सक्ने नै हँुदा प्रस्तुत उजुरीलाई आयोगको मिति २०७०–४–११ को निर्णयअनुसार तामेलीमा राखिएको ।
यी दुई उदाहरण, मुद्दामा कसरी गोलमटोल र काइते भाषा लेखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राख्छ भन्नेबाटै पुष्टि हुन्छ । र, आयोगमा अधिकांश मुद्दा तामेली र मुल्तबीमा नै रहने गरेका छन् । गत आर्थिक वर्षमा पनि ४ सय ४७ मुद्दा तामेली र २९ मुद्दा मुल्तबीमा रहेको आयोगले जनाएको छ । आयोगको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा १ सय ६८ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो भने त्यसको झन्डै दोब्बर मुद्दा तामेलीमा राखेको थियो । आयोग आफैंले दायर गरेको तथा उजुरी प्राप्त भएका दुवैथरी मुद्दा अन्तत: तामेलीमा राख्ने गरिएको छ । वर्षमा ४ सय ४७ मुद्दा तामेलीमा रहनु भनेको हरेक दिनजस्तो २ वटा मुद्दा तामेलीमा रहनु हो । जानकारहरूका अनुसार आयोगका कर्मचारी तथा पदाधिकारीहरूले अधिकांश चलखेल नै मुद्दा तामेलीमा राख्दा गर्ने गर्दछन् ।
कस्ता–कस्ता मुद्दा छन् तामेलीमा ?
आयोगको २४औं प्रतिवेदनअनुसार आयोगमा पर्न आएका उजुरीहरूमा अनुसन्धान भई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १९ को उपदफा १२ तथा आयोग नियमावली २०५९ को नियम १० बमोजिम आयोगबाट आर्थिक वर्ष २०७०–७१ मा तामेलीमा राख्ने निर्णय भएका मुद्दाहरू अधिकांश अकुत सम्पत्ति आर्जनसँग सम्बन्धित छन् ।
त्यसमध्ये केही उच्चपदस्थ कर्मचारी र केही भ्रष्ट भनेर चिनिएका कर्मचारीहरूका पनि मुद्दा तामेलीमा राखिएको छ । राष्ट्रिय सहकारी संघका महाप्रबन्धक रामभजन साह, जिल्ला विकास समिति रौतहटका तत्कालीन एलडीओ विष्णुराज लामिछाने, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक कल्याणबहादुर मल्ल, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन नं १ विराटनगरका तत्कालीन ओभरसियर महेन्द्रप्रसाद महासेठ, नेपाल वायुसेवा निगमका प्राविधिक नायब महाप्रबन्धक गणेश ठाकुर, प्रहरी नायब निरीक्षक सञ्जय तिमल्सिना, सडक विभाग अन्तर्गत राजपत्रांकित प्रथम श्रेणीका इन्जिनियर हरिभक्त श्रेष्ठ, नेपाल प्रहरीका तत्कालीन प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका प्राविधिक सहसचिव दिनकर शर्मा, नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रबन्धक सञ्जीवसिंह कठायत, नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष शालिग्राम सिंह, सशत्र प्रहरी बलका पूर्व सशस्त्र प्रहरी उपरीक्षक लक्ष्मण सिलवाल क्षेत्री, समाज कल्याण परिषद्का निर्देशक मदन रिमाल, उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव नारायण कोइराला, सीटीईभीटीका तत्कालीन उपाध्यक्ष देवीप्रसाद घिमिरे, नेपाल आयल निगमका उपनिर्देशक करुणा बस्नेत, नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्धक रामेश्वरप्रसाद कलवार, जिल्ला भूसंरक्षण कार्यालय धनुषाका भूसंरक्षण अधिकृत राजेन्द्रप्रसाद यादव, अध्यागमन विभागका नायब सुब्बा सोमनाथ खनाल, तत्कालीन शिक्षा सचिव दीपेन्द्रविक्रम थापा, नेपाल विद्युत् प्राधिकरणका तत्कालीन इन्जिनियर पदमा कार्यरत रही समाज कल्याण परिषद्मा सदस्य–सचिवका रूपमा कार्यरत रबीन्द्रकुमार यादव, आयुर्वेद चिकित्सालय नरदेवीका कन्सल्ट्यान्ट चिकित्सक रामदेव यादव, कृषि विकास मन्त्रालयका सहसचिव डा. प्रभाकर पाठक, डिभिजन सडक कार्यालय चितवनका तत्कालीन कार्यालय प्रमुख अशोक तिवारी, मालपोत कार्यालय कलंकी काठमाडौंका प्रमुख मालपोत अधिकृत लुम्बप्रसाद सिवाकोटी, हेबी इक्विपमेन्ट डिभिजनका अवकाशप्राप्त सीडीई हरिकुमार श्रेष्ठको मुद्दा तामेलीमा राखिएको छ ।
यस्तै, तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हाल राष्ट्रिय मुस्लिम आयोगमा कार्यरत उपसचिव जगन्नाथ पन्त, सहायक वन अधिकृत पूर्णशंकर यादव, गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रमुख राजबाबु पाण्डे, तातोपानी भन्सार कार्यालयका नायब सुब्बा दिनेशकुमार श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंक मान्म शाखा कार्यालयका प्रबन्धक कृष्णप्रसाद पौडेल, डीआईजी जयबहादुर चन्द, डीएसपी अशोक सिंह, डिभिजन सडक कार्यालय भरतपुरका लेखा अधिकृत हिरण्यप्रसाद पराजुली, वायुसेवा निगमका वरिष्ठ अधिकृत राजकुमार श्रेष्ठ, भरतपुर नागरिक उड्ययन कार्यालयका प्रमुख बच्चुराम श्रेष्ठ, बाराका तत्कालीन एलडीओ कोमलप्रसाद काफ्ले, अध्यागमन विभाग कालिकास्थानका शाखा अधिकृत टीकाराज पोखरेल, जिल्ला पशुसेवा कार्यालय पर्साका कार्यालय प्रमुख डा. गोविन्द झा, भेरी अञ्चल अस्पताल नेपालगञ्जका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. विमल ढकाल, नेपाल विद्युत् प्राधिकरणका सहनिर्देशक हुमबहादुर केसी, बिमा समितिका तत्कालीन अधिकृत प्रकाश खनाल, नेपाल टेलिकममा कार्यरत नायब प्रबन्ध निर्देशक राजेन्द्र नकर्मी, ललितपुर उपमहानगरपालिकाका इन्जिनियर रुद्रप्रसाद गौतम, हेटौंडा सिमेन्ट उद्योगका तत्कालीन नायब महाप्रबन्धक सरोजकुमार श्रीवास्तव, जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवानीपुरका इन्जिनियर श्यामदेव राउत, सिँचाइ विभागमा कार्यरत हाल अवकाशप्राप्त इन्जिनियर लोकिन्द्रप्रसाद भट्टराई, तत्कालीन नेपाल खानेपानी संस्थानका महाप्रबन्धक रामकुमार यादव, जिल्ला विकास समिति धनुषाका लेखापाल जीवनाथ चौधरी, उच्चमावि शिक्षा परिषद्का सदस्य–सचिव भीमलाल गुरुङ, कृषि सामग्री कम्पनी लिमिटेडका पूर्व प्रबन्ध सञ्चालक पशुपति गौतम, नेपाल राष्ट्र बैकका निर्देशक शिवराज श्रेष्ठ, नेपाल दूरसञ्चार कम्पनीका १०औं तहका इन्जिनियर विजयकुमार ठाकुर, क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख तह १० का प्रबन्धक देवनारायण यादव, नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक दीपेश आचार्य, राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक धर्मानन्द भट्ट, नेपाल मेडिकल काउन्सिलका डा. नीलमणि उपाध्याय, दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक सियारामप्रसाद यादव, नेपाल राष्ट्र बैंकका कार्यरत निर्देशक भीष्मराज ढुंगाना, नेपाल विद्युत् प्राधिकरणका तत्कालीन महाप्रबन्धक दीपकुमार उपाध्याय, नेपाल आयल निगम मध्यमाञ्चल क्षेत्रीय कार्यालय एवम् इन्धन डिपो अमलेखगञ्जका प्रमुख मुकुन्दप्रसाद घिमिरे, मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भरतबहादुर केसी, सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्की, नेपाल दूरसञ्चार प्राधिकरणका इन्जिनियर अम्बर स्थापित, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र बस्नेत, भन्सार अधिकृत लक्ष्मीदत्त जोशी, मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत बद्रीबहादुर कार्की, नेपाल आयल निगमका उपनिर्देशक रबिनचन्द्र अधिकारी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका उपसचिव ठाकुरप्रसाद निरौला, काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हाल अवकाशप्राप्त डा. बाबुराम गौतम, नेपाल वायुसेवा निगमका निर्देशक पदमा कार्यरत डा. किरण पौडेल राणा, वीर अस्पतालका शाखा अधिकृत रीता तुलाधर, डीआईजी बमबहादुर भण्डारी, लोकसेवा आयोगका कार्यरत शाखा अधिकृत जगन्नाथ खनाल, नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक रामचन्द्र पाण्डेय, नेपाल टेलिकममा निर्देशक भगतमानसिंह प्रधान, नेपाल आयल निगमका निमित्त निर्देशक वीरेन्द्र गोइत, नेपाल नागरिक उड्ययन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय गौचरमा महाप्रबन्धक पदमा कार्यरत दिनेशप्रसाद श्रेष्ठ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुहरि उपाध्यायले पनि आफ्नो मुद्दा तामेलीमा राख्न सफल भएका छन् ।
कसरी गरिन्छ तामेली ?
आयोगमा विषयगत उजुरी हेर्न विभिन्न सात महाशाखा छन् । हरेक महाशाखाको प्रमुख एक जना सहसचिव हुन्छन् । उनको नेतृत्वमा हरेक मुद्दा हेर्न पाँच जनाको कमिटी रहेको हुन्छ । अनुसन्धान अधिकृतले आवश्यक प्रमाण नपुगेको भनेर मुद्दा तामेलीमा राख्ने राय दिएपछि सो रायलाई महाशाखा प्रमुखको नेतृत्वमा बसेको बैठकले निर्णय गर्नुपर्ने नियम छ । उक्त निर्णय आयुक्तबाट अनुमोदन भएपछि मात्र विषय तामेलीमा रहन्छ ।शन्तराम बिडारी
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply