एकाएक नराम्रो खबर

कालको मुखमा परेका शासकहरूले पनि समय चिन्न बुझ्न सके संसारको इतिहास किन यति धेरै युद्ध, क्रान्ति, विद्रोह र आन्दोलनहरूले भरिएको हुन्थ्यो ? विश्व इतिहासकी एक झलक (ग्लिम्पसेज अफ द वल्र्ड हिस्ट्री) मा जवाहरलाल नेहरूले लेखेका थिए ।
महाराजा वीरेन्द्र युवराज रहँदा ब्रिटेन र जापानमा अध्ययन गर्न बसेका थिए । ब्रिटेनमा युवा अविवाहित उमेरका वीरेन्द्रले ‘डेटिङ’ सुनेका थिए । तर, युवराज हुँदा उनी त्यो खुला परिवेशमा थिएनन् जसमा डेरामा बस्ने नेपाली विद्यार्थीहरू हुन्छन् । उनलाई पनि युवा उमेरको समाजमा सामान्य ‘डेटिङ’मा जाने रहर लाग्यो । उनले त्यसबेला लन्डनमा रहेका नेपाली राजदूतलाई भनेछन् । उनले त्यसबेला त डेटिङमा जाने सामाजिक सभ्यता र सुलभतामाझ एउटा राजकुमार, भावी राजाका लागि झन् डेटिङमा जाने केटी पाउन के गाह्रो ? एक दिनलाई उनले पनि डेटिङ गएर हेरेछन् । तर, उच्च शासकहरूका सन्तानले आफ्नो देशभन्दा बाहिरले प्रजातान्त्रिक देशको प्रजातान्त्रिक जीवन पद्धति भएको समाजमा केही समय पढ्दैमा प्रजातन्त्रवादी हुनुपर्छ भन्ने होइन रहेछ ।
महेन्द्रको मृत्युपछि वीरेन्द्र नेपालका महाराजा भए । तर, उनी संवैधानिक राजा नबनी निर्दलीय पञ्चायती सिभिलियन तानाशाहीका सर्वोच्च शासक नै बनेर बसे ।
महेन्द्रले २०१७ साल पुस १ गते नेपालमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा समाप्त पारेकै भोलिपल्टदेखि मौका परेका ठाउँ स्वतन्त्र वातावरण पाउँदा विरोध सुरु भएको एउटा साक्षी म छु । पुस १ गते २०१७ सालमा नेपालमा यत्रो ठूलो राजनीतिक दुर्घटना भयो । तर, मैले त्यसैदिन थाहा पाइनँ । म इलाहावाद युनिभर्सिटीमा एमए (अर्थशास्त्र) पढ्दै थिएँ । त्यस समय डिसेम्बर १९६० मा इलाहावादमा विन्टर स्कुल फर फरेन स्टुडेन्ट्स भन्ने एउटा केही दिनका लागि भारतको इतिहास, राजनीति र अन्य साधारण जानकारी लिन चाहने भारतमा रहेका कुनै पनि विदेशी विद्यार्थीले चाहे दुई हप्ता त्यहाँ भारत सरकारको आर्थिक मद्दतमा विश्वविद्यालयको इतिहास विभागले खान बस्न इन्तजाम हरेक वर्ष गर्ने गरेको थियो । नेपालको इलाहावादमा पढ्ने जगदीश उपाध्याय, यादव बराल र म कमल कोइराला त्यसमा नियमित भाग लिने भयौं । नैनी एग्रिकल्चर इन्स्टिच्युट र अरू ठाउँ पढ्नेहरूको टेक्निकल विषय हुँदा केवल आनन्द भवनमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू आउने एक दिन त्यसमा नेहरूसँग तीन घन्टा गफगाफ प्रश्न उत्तर इत्यादिको मात्र कार्यक्रम थियो ।
पुस १ गते म दिनभर विन्टर स्कुलको क्लासमा विदेशी विद्यार्थीहरूका साथ थिएँ । आजको जस्तो टेलिभिजन २४सै घन्टा प्रसारण थिएन । राति डिनर खाएर आई म सुतें । भोलिपल्ट दुईटा बसमा विन्टर स्कुलका विदेशी विद्यार्थीहरू बुद्धले पहिलो उपदेश दिएको ठाउँ सारनाथ स्तुप, म्युजियम र वाराणसी सहर हेर्ने र बनारस हिन्दू विश्वविद्यालयको इन्टरनेशनल होस्टेलमा साँझ डिनर खाएर इलाहबाद फर्कने कार्यक्रम थियो ।
१६ डिसेम्बर १९६० मा म बिहान हात मुख धोई एककप चिया पिएर सारनाथ जाने बस समात्न निस्कन लाग्दा मैले लिने गरेका इलाहबादको अंग्ेरजी दैनिक ‘द लिडर’ को ब्यानर हेडलाइन हेर्दा म सन्न भएँ । नेपालमा राजा महेन्द्रले क्रूरता गरेको र प्रधानमन्त्रीलगायत सबै मन्त्री र विरोधी राजनीतिक दलका नेताहरुलाई पनि पक्राउ गरिएको, विराटनगरमा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र कम्युनिस्ट नेता मनमोहन अधिकारी पनि पक्राउ परेको समाचार थियो । क्रमश:
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply