प्रचण्डलाई चिनियाँ उपमन्त्रीको व्यंग्य !

काठमाडौं । सोमबार मध्याह्न एमाओवादी अध्यक्ष पुष्कमल दाहाललाई भेट्न लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेका चिनियाँ उपविदेशमन्त्री डोउ इनयोङले प्रचण्डलाई व्यंग्य गरेका छन् ।
शंकास्पद व्यापारी अजय सुमार्गीकी जेठी सासू सिलु अर्यालको नाममा खरिद गरिएको उक्त भव्य र सानदार निवासमा बस्दै आएका प्रचण्डलाई चिनिया टोली प्रमुख इनयोङले हल्का मुस्कुराउँदै ‘ए साह्रै भव्य होला निवास भन्ठानेको, ठीकै ठीकै पो रहेछ, बिहान वैद्यजीहरूसँग पनि भेटियो’ भनेपछि प्रचण्ड ट्वाँ परेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत रहेका उपमन्त्री इनयोङले प्रचण्डको निवासको माथिल्लो तला र करेसाबारी समेत अवलोकन गरेपछि त्यसअघि ११ बजे नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँग भेटेको सम्झना गर्दै अध्यक्ष प्रचण्डसँग उक्त प्रसंग कोट्याएका हुन् । ‘अरू नेताहरूकोमा पनि गयौं, तर ख्वै तपाईंको घर त त्यस्तो ठूलो लागेन त ?’ उपमन्त्रीले भन्दा प्रचण्डले आफूलाई व्यंग्य गरेको हो कि भन्ने जस्तो अनुभूति गरेको उनी निकट स्रोतले बतायो ।
आइतबार काठमाडौं आइपुगेको उक्त टोलीले विभिन्न राजनीतिक दलका नेतासँग भेटघाटलाई तीव्रता दिएको थियो । सोमबार लाजिम्पाट पुगेको सो टोलीले सुरुमै महासचिव कृष्णबहादुर महरासहित भेटेको थियो भने अध्यक्ष प्रचण्डसँग आधा घन्टा छुट्टै भेटेको थियो । चिनियाँ प्रतिनिधिले प्रत्येक दलका नेतासँग नेपालको संघीयताको रूपरेखा र प्रदेशको संख्याको बारेमा गम्भीर चासो राखेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply