प्रचण्डलाई चिनियाँ उपमन्त्रीको व्यंग्य !
काठमाडौं । सोमबार मध्याह्न एमाओवादी अध्यक्ष पुष्कमल दाहाललाई भेट्न लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेका चिनियाँ उपविदेशमन्त्री डोउ इनयोङले प्रचण्डलाई व्यंग्य गरेका छन् ।
शंकास्पद व्यापारी अजय सुमार्गीकी जेठी सासू सिलु अर्यालको नाममा खरिद गरिएको उक्त भव्य र सानदार निवासमा बस्दै आएका प्रचण्डलाई चिनिया टोली प्रमुख इनयोङले हल्का मुस्कुराउँदै ‘ए साह्रै भव्य होला निवास भन्ठानेको, ठीकै ठीकै पो रहेछ, बिहान वैद्यजीहरूसँग पनि भेटियो’ भनेपछि प्रचण्ड ट्वाँ परेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत रहेका उपमन्त्री इनयोङले प्रचण्डको निवासको माथिल्लो तला र करेसाबारी समेत अवलोकन गरेपछि त्यसअघि ११ बजे नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँग भेटेको सम्झना गर्दै अध्यक्ष प्रचण्डसँग उक्त प्रसंग कोट्याएका हुन् । ‘अरू नेताहरूकोमा पनि गयौं, तर ख्वै तपाईंको घर त त्यस्तो ठूलो लागेन त ?’ उपमन्त्रीले भन्दा प्रचण्डले आफूलाई व्यंग्य गरेको हो कि भन्ने जस्तो अनुभूति गरेको उनी निकट स्रोतले बतायो ।
आइतबार काठमाडौं आइपुगेको उक्त टोलीले विभिन्न राजनीतिक दलका नेतासँग भेटघाटलाई तीव्रता दिएको थियो । सोमबार लाजिम्पाट पुगेको सो टोलीले सुरुमै महासचिव कृष्णबहादुर महरासहित भेटेको थियो भने अध्यक्ष प्रचण्डसँग आधा घन्टा छुट्टै भेटेको थियो । चिनियाँ प्रतिनिधिले प्रत्येक दलका नेतासँग नेपालको संघीयताको रूपरेखा र प्रदेशको संख्याको बारेमा गम्भीर चासो राखेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply