भोकभोकै जेलमा
भोलिपल्ट ८ गते फागुन कोही सबेर कोही अबेर उठ्दै गए । जोडले भोक लाग्न थाल्यो । बल्लबल्ल चियासम्म खान पाइयो । अब कुन बेला खान दिने हो, अब हामीहरू माझ मुख्य विषय भयो ।
तर हामीभन्दा पनि बिजोग बन्दुक लिएर तल ढोकामा पहरा दिइरहेका प्रहरी जवानहरूको जस्तो त्यतिबेला लाग्यो, जब माथि मलाई उभिएको नदेखी एउटाले अर्कोलाई भन्दै थियो– ‘हिजो बिहानदेखि केही खाएको छैन । बिहानैदेखि बन्दुक लिएर दौडादौडमा परियो । दिनभर केही खान पाइएन । रातभर भोकै सुतियो । भोकले मर्नै लागियो ।’
पक्राउ पर्नेहरू त दिउँसो १ बजे कार्यक्रम हुने हुँदा सबैले कम्तीमा बिहानको भात खाएकै थिए । तर, यी त हिजै बिहानदेखि खटाइएका र हिजो दुवै छाक नखाई दिनभर बन्दुक बोकेर दौडादौडमा परेका रहेछन् । दिउँसो १२ बज्दै थियो । अर्को प्रहरी जवानले भन्यो– ‘भात पकाउँदैछन् । एकछिन पछि खान पाइएला ।’
पहिलो प्रहरी जवानले भन्यो– ‘पहिले थुनुवाहरूलाई खान दिने भन्दै थिए । यति जनाले पालो–पालो गरी खाँदा हाम्रो पालो त दिउँसो दुई बजेतिर मात्र आउँछ होला ।’
तात्तातो भात खाजा तीन छाकदेखि भोकभोकै खटिएका उनीहरुको सबैभन्दा ठूलो चाहना भएको छ ।
खाना तयार हुँदै गयो । एकपटकमा १६/१६ जनाको दरले खान दिन थाले । फेरि भाँडा माझ्न समय र त्यसपछि अर्को गु्रप खाना खान थाल्यौं ।
भात खाएपछि बल्ल हामीहरू सबैको हाँसो मजाक र प्रसन्नताका क्षणहरू फटाफट फर्कन थाले । थुनाको सामूहिक बसाइ पनि रमाइलै हुन्छ ।
अब गीत, कविता, जोक, प्रवचन, प्रहसन सबै फुर्न थाले । भेट गर्न मेरी पत्नी र बाबाको कारको ड्राइभर बिछौनाहरू लिएर आए । उनी प्रसन्न थिइन् । तर, तरहरा कृषि फार्मको गटेभन्दा भित्र उनी आउन पाइनन् । उनलाई उनी काम गर्ने स्कुलको एक शिक्षिकाले बीबीसी हिन्दी कार्यक्रममा म पक्राउ परेको पनि समाचारमा भनिएको थियो भनी बताएकी रहिछन् ।
त्यस समय बीबीसीको हिन्दी कार्यक्रम नेपालीहरूका लागि समाचारको सही स्रोतको रूपमा थियो ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply