एमाओवादी भन्छ– ‘एमाले नै ठीक’
काठमाडौं । चार वर्षअगाडि बाटै एमालेले अँगालेको सांगठनिक संरचनालाई पछ्याएको एमाओवादी एकपछि अर्को गर्दै वैचारिक लाइन पनि एमालेकै ठीक रहेछ भन्ने ठाउँमा आइपुगेको छ । हिजोदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टीको कार्यदिशा एमालेले गत असारमा सम्पन्न गरेको पार्टीको नवौं महाधिवेशनबाट पारित कार्यदिशासँग हुबहु छ ।
प्रचण्डको प्रतिवेदनको सार उसको हेटौंडा महाधिवेशनको कार्यदिशा पूरा भयो भन्ने छ । स्रोतका अनुसार प्रतिवेदनमा नेपाली समाजको चरित्र चित्रण गर्ने क्रममा उनले ‘पँुजीवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादी क्रान्ति पूरा गर्ने दिशामा लाग्नुपर्ने’ उल्लेख छ । एमालेको नवौं महाधिवेशनले यही कार्यदिशा पास गरेको थियो । एमालेले बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट बहुपदीय संरचना अँगालेपछि एमाओवादी पनि बहुपदीय संरचनामा गएको थियो । एउटै कम्युनिस्ट केन्द्र हुनुपर्ने आवाज झिनो स्वरमा उठिरहेका बेला एमाओवादीले पछ्याएको एमालेको बाटोलाई उमाओवादीभित्रै आश्चर्यका रूपमा हेरिएको छ । पछिल्लो समयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग आश्चर्यजनक रूपमा घाँटी जोड्न पुगेका प्रचण्डको प्रतिवेदनमा एमालेकै नक्कल गरिएको भन्दै एमाओवादीका कतिपय नेता कार्यकर्ताले आलोचना गरेको एमाओवादी स्रोतले बतायो ।
बाबुराम बोल्दा हिसिलातिर ध्यान
एमाओवादी छाडेर नयाँ शक्ति बनाएका एमाओवादीका पूर्व नेता बाबुराम भट्टराई अहिले पत्नी हिसिला यमीलाई लिएर नयाँ शक्तिको प्रचारमा लागेका छन् । कम्युनिस्ट आदर्श र सिद्धान्त सबैलाई चटक्कै छाडेर आर्थिक समृद्धिको एक मात्र नारा उछाल्दै हिँडेका भट्टराईले जुनसुकै कार्यक्रममा एउटै कुरा दोहोर्याउने गर्छन्– नयाँ शक्तिलाई भ्रष्टाचाररहित पार्टी बनाउँछु । पत्नी यमीलाई एकातिर छेउमा राखेर उनले त्यसो भनिरहँदा कार्यक्रममा उपस्थितहरूले भने यमीको मुखमा मात्र हेर्ने गरेको बताइन्छ । एसियाकै भ्रष्ट महिलाको पहिचान बनाएकी पत्नी यमीलाई छेउमा राखेर भट्टराईले पार्टीलाई भ्रष्टचाररहित बनाउँछु भन्दा को पछि लाग्लान् भन्दै पेरिसडाँडामा उनको कुरा काट्नेहरू ह्वात्तै बढेका छन् । नयाँ शक्तिको उनको अभियानमा साथ दिएका कतिपयले यमीलाई सार्वजनिक कार्यक्रममा बोकेर नजान र पार्टीको नेतृत्वमा नराख्न पनि सुझाव दिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply