एमाओवादी भन्छ– ‘एमाले नै ठीक’
काठमाडौं । चार वर्षअगाडि बाटै एमालेले अँगालेको सांगठनिक संरचनालाई पछ्याएको एमाओवादी एकपछि अर्को गर्दै वैचारिक लाइन पनि एमालेकै ठीक रहेछ भन्ने ठाउँमा आइपुगेको छ । हिजोदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टीको कार्यदिशा एमालेले गत असारमा सम्पन्न गरेको पार्टीको नवौं महाधिवेशनबाट पारित कार्यदिशासँग हुबहु छ ।
प्रचण्डको प्रतिवेदनको सार उसको हेटौंडा महाधिवेशनको कार्यदिशा पूरा भयो भन्ने छ । स्रोतका अनुसार प्रतिवेदनमा नेपाली समाजको चरित्र चित्रण गर्ने क्रममा उनले ‘पँुजीवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादी क्रान्ति पूरा गर्ने दिशामा लाग्नुपर्ने’ उल्लेख छ । एमालेको नवौं महाधिवेशनले यही कार्यदिशा पास गरेको थियो । एमालेले बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट बहुपदीय संरचना अँगालेपछि एमाओवादी पनि बहुपदीय संरचनामा गएको थियो । एउटै कम्युनिस्ट केन्द्र हुनुपर्ने आवाज झिनो स्वरमा उठिरहेका बेला एमाओवादीले पछ्याएको एमालेको बाटोलाई उमाओवादीभित्रै आश्चर्यका रूपमा हेरिएको छ । पछिल्लो समयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग आश्चर्यजनक रूपमा घाँटी जोड्न पुगेका प्रचण्डको प्रतिवेदनमा एमालेकै नक्कल गरिएको भन्दै एमाओवादीका कतिपय नेता कार्यकर्ताले आलोचना गरेको एमाओवादी स्रोतले बतायो ।
बाबुराम बोल्दा हिसिलातिर ध्यान
एमाओवादी छाडेर नयाँ शक्ति बनाएका एमाओवादीका पूर्व नेता बाबुराम भट्टराई अहिले पत्नी हिसिला यमीलाई लिएर नयाँ शक्तिको प्रचारमा लागेका छन् । कम्युनिस्ट आदर्श र सिद्धान्त सबैलाई चटक्कै छाडेर आर्थिक समृद्धिको एक मात्र नारा उछाल्दै हिँडेका भट्टराईले जुनसुकै कार्यक्रममा एउटै कुरा दोहोर्याउने गर्छन्– नयाँ शक्तिलाई भ्रष्टाचाररहित पार्टी बनाउँछु । पत्नी यमीलाई एकातिर छेउमा राखेर उनले त्यसो भनिरहँदा कार्यक्रममा उपस्थितहरूले भने यमीको मुखमा मात्र हेर्ने गरेको बताइन्छ । एसियाकै भ्रष्ट महिलाको पहिचान बनाएकी पत्नी यमीलाई छेउमा राखेर भट्टराईले पार्टीलाई भ्रष्टचाररहित बनाउँछु भन्दा को पछि लाग्लान् भन्दै पेरिसडाँडामा उनको कुरा काट्नेहरू ह्वात्तै बढेका छन् । नयाँ शक्तिको उनको अभियानमा साथ दिएका कतिपयले यमीलाई सार्वजनिक कार्यक्रममा बोकेर नजान र पार्टीको नेतृत्वमा नराख्न पनि सुझाव दिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply